एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण


एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कार्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात एक जिम्मेवार अत्यावश्यक सेवाप्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व) मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

एनसेलले बिहीवार आफ्नो प्रतिबद्घता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यलय, सुर्खेत पुगेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णालीप्रदेश सरकारको उद्योग, वनतथा पर्यटन मन्त्रि कृष्णबहादुर बिसीलाई एक कार्यक्रम माझ हस्तान्तरण गरेका थिए ।

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनिसहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत । पुर्नस्थापनामा ठूलो रकमलाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ ’ वनतथा पर्यटन मन्त्री कृष्णबहादुर बिसीले भने ।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्ने बारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ र भुकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदानगर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

‘यस प्रकारको कठिन समयमाप्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने ।

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु.मुख्य सचिव चुडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै एक करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमाहार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया