मुगुको सदरमुकाम नजिकै छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन खोला र मुन्दु, कोटिला जाने बाटोमा पर्ने खोलामा दुईवटा फलामे बेलिबृज पुल निर्माण भएका छन् ।
छायाँनाथरारा नगरपालिका मुगुको आर्थिक तथा प्राविधिक सहयोगमा पुलहरू निर्माण भएका हुन । चैन र कोटिल्ला हुँदै मुन्दु जाने बाटोमा पर्ने चैन र गमगाड खोलामा बेलिब्रिज पुलको निर्माण कार्य पूरा भएको हो । दुईवटै पुल निर्माणका लागि जलप रबिचक्र जेभि खतेड–३ ले जिम्मा लिएको थियो ।
आर्थिक वर्ष २०७८ मा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएका यी बेलीव्रिज पुलहरू दुई वर्षमा निर्माण कार्य पूरा भएका हुन् । कुल ६ करोड ९२ लाख ८५ हजार ५६ रूपैयाँको अनुमानित लागत रहेका दुईवटै पुलहरू ६ करोड ८८ लाख ५६ हजार ६ सय ३९ रूपैयाँ ८८ पैसाको सम्बन्धित निर्माण कम्पनी सँग नगरपालिकाले ठेक्का सम्झौता गरेर पुलहरू निर्माण भएको छाँयानाथरारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
निर्धारित समयमा नै पुलहरू निर्माण भएपछि चैन खोला हुँदै मुन्दु सम्म सवारीका साधन लगायत स्थानिय लाई सदरमुकाम गमगढी आउजाउमा सहजता भएको छ ।
विगतमा वर्षाको समयमा खोलाबाट आवतजावत गर्न कष्टकर यात्रा गर्नु पर्ने बाध्यता रहेका यी स्थानहरूमा बेलिब्रिज पुलहरूले स्थानीयहरू लगायत गाडि चालकहरूलाई ठुलो राहत मिलेको छ ।
युग संवाददाता । मुगु । ३ मंसिर २०८०, आईतवार १३:३६