लागुऔषध ब्राउनसुगर सिहत एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–३ तातापानि बस्ने अन्दाजि ३६ वर्षिय बलभद्र खत्री हरेका छन् । घरमा लागुऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले बलभद्र खत्रीको घरको कोठामा चेकजाँच गर्ने क्रममा उक्त कोठामा लुकाई छिपाई राखेको अवस्थामा शुद्द ८ ग्राम दुई सय ८० मिलिग्राम लागुऔषध ब्राउनसगुर जस्तो धुलि पदार्थ फेलापारी बरामद गरेको छ ।
खत्री लाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई अनुसन्धान भईरहको प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
युग संवाददाता । सुर्खेत । ६ मंसिर २०८०, बुधबार १३:५७