भेरी नदीको किनारमा एक पुरुषको शव फेला


रुकुम पश्चिमको सानी भेरी गाउँपालिका–३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतवार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी किनारमा शव रहेको सूचना प्रहरीलाई दिए । सूचनापश्चात् इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी सिम्लीबाट गएको प्रहरी टोलीले शव पानीबाट बाहिर निकालेको थियो । शवको पहिचान भने हुन सकेको छैन ।

शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । शवलाई घटनास्थल प्रारम्भिक कार्यपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया