तरकारी खेतीबाट आत्मनिर्भर ‘अनिता’

हरियाली त्यो आफुले लगाएको तरकारी देख्दा राम्रो देखिँदा उनलाई खुशी समेत लाग्छ ।

भेरीगंगा नगरपालिका–१२ की अनिता पौडेल २०४६ सालमा जन्मिएकी उनी ३४ वर्षकी भईन् । उनले साना किसान कृषि सहकारी संस्था लि. भेरीगंगा छिन्चु, सुर्खेतको सहयोगमा तरकारी खेती गर्दै आईरहेकी छिन् । तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै घरपरिवारको खर्च धान्न सक्ने भएकी छिन ।

उनले भेरीगंगा नगरपालिका–१२ मा तरकारी खेती गर्न थालेको दुई बर्ष पुरा भईसकेको छ । शुरुमा एक रोपनी जग्गामा तरकारी खेती गर्दै आईरहेकी अनिता अहिले भने आठ रोपनी जग्गामा तरकारी खेती गरिरहेकी छिन् । अनितासहकारीको सेयर सदस्य हुँदै अहिले सञ्चालक समितिमा पनि छिन् ।

संस्थामार्फत तरकारीका वीउविजन पाउँन थालेपछि तरकारी खेतीमा रुची बढ्न थालेको उनले बताईन् । केही वर्षसम्म घरधन्दामा सीमित उनी अहिले सामुहिक तरकारी खेतीमा अग्रसर भएकीछिन् । श्रीमानको कमाइमा निर्भर बन्दै आएका महिलाले थोरै–थोरै गरेर भएपनि रकम कमाएर घर खर्च चलाउन सफल हुने गरेको अनिताको भनाई छ ।

उनले भनिन, ‘म मात्र हैन् गाउँमा थोरै–थोरै गरेर तरकारी खेती गर्दै आएका छन् । यहाँका महिलाले सामूहिकरूपमा तरकारी खेती गर्न थालेपछि आयआर्जनमा बृद्धि भएको मात्रै छैन, यहाँका महिला व्यावसायिक पनि बनेका छन् ।’

तरकारीखेतीले सफलता पाउँदै गएपछि महिलाले आधा समय सामूहिक खेती र आधा समय आफ्नो व्यक्तिगत तरकारी खेतीमा समय दिन थालेको उनको भनाई छ ।अहिले काउली, बन्दा, टमाटरलगायतका मौसमी तथा बेमौसमी तरकारी अनिताले उत्पादन गर्दै आएकीछिन् ।

अनिताले भनिन, ‘पहिले घरधन्दामात्रै गर्ने गरेको थिए, पछि संस्थाले केहि तरकारीको बीउ केहि अनुदान र कम मुल्यमा बीउ दिन थालेपछि मैले पनि तरकारी खेती गर्न थाले ।’कम लगानीमा गर्न सकिने तरकारी खेती आफु जस्ता महिलाको लागि रोजगारी नै भएको जस्ता लाग्ने गरेको अनिताले बताईन् ।

अहिले भने अनिताको टनेलमा आलु, बन्दा, धनियाँ रहेका छन् । आलु, बन्दा र धनीयाँलाई कुनै पनि विषादी प्रयोग गर्न नपरेको पनि उनले जानकारी दिईन् । बेमौसमीको बेला बन्दा उत्पादन गर्दा बन्दाले भने अहिले बजार पाएको उनले बताईन् ।

एकै पटक धेरै विक्रि गर्दा मण्डीमा प्रतिकिलो बन्दालाई ३० रुपैयाँमा विक्रि गरेको उनले जानकारी दिईन् । आफुले घरबाटै फुटकर मुल्यमा भने प्रतिकिलो ४० रुपैयाँको दरले विक्रि गर्ने गरेको अनिताले बताईन् । धनियाँलाई पनि हातको मुठी अनुसार २०-१५ रुपैयाँमा विक्रि गरेको अनिताले बताईन् ।

आलु खेतीबाट तीन लाख बढी आम्दानी

गत बर्ष अनिताले आठ रोपनी जग्गामा आलु मात्र लगाएकी थिईन् । उनले ६ क्वीन्टल आलुको बीउँ आठ रोपनी जग्गामा लगाईन् । आलुको दाँना अनुसार नै जग्गामा के कति लाग्ने भनेर थाहा हुने गरेको उनको भनाई छ । उनले भनिन्, ‘आलुको दाना सानो भयो भने कम आलुको बीउँ लाग्छ ।’

उनले आठ रोपनी जग्गामा आलु लगाउन बीउँलाई २५ रुपैयाँ लाग्यो । त्यसमा मल, विषादी सहित ५० हजार रुपैयाँ जति लाग्ने गरेको उनले जानकारी दिईन् । आलुमा मात्रै ५० हजार रुपैयाँ खर्च गर्दा तीन महिनामा मात्रै एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाई छ । आलु लगाएको तीन महिनामा निस्कने अनिताले बताईन् । कृषि क्षेत्रमा राम्रोसँग गरेमा राम्रो आम्दानी हुने उनको भनाई छ ।

बार्षिक रुपमा तीन लाख बढी आम्दानी हुने गरेको उनले जानकारी दिईन् । तरकारी खेती विस्तारै सफल हुँदै गएपछि आफुलाई पनि छुट्टै खालकोजागरुकता आउने गरेको अनिताले बताईन् । तरकारी खेतीले महिलामा कृषिखेतीप्रतिको सोच नै बदलेको अनिताको भनाइ छ । आलुबाट भने साचे भन्दा राम्रो आम्दानी भएको उनले जानकारी दिईन् ।

कृषिमै सन्तुष्ट छिन् अनिता

अनिता यो खेतीप्रति सन्तुष्ट छिन । घर परिवारमा घरपरिवारसँगै तरकारी खेतीमा काम गर्दाको आनन्द भने उनलाई बेग्लै लाग्ने गर्छ । हरियाली त्यो आफुले लगाएको तरकारी देख्दा राम्रो देखिँदा उनलाई खुशी समेत लाग्छ अनितालाई । उनी प्रायजसो तरकारी बारी मै व्यस्त हुने गर्छिन् ।

उनी बिहान घरको काम सकेर, छोराछोरीलाई विद्यालय पठाएर आफु दिनभर खेतबारीमै व्यस्त हुने गरेको बताईन् ।
अनिताले भनिन्, ‘बीउँ, टयांकी, मल अनुदानमना आएन भने र हामी आफै कृषकले किन्नु परे त मर्कामा नै पर्छौ । तर यो समस्या भने संस्थाले नै उपलब्ध गराएको छ ।’ आफुले लगाएका तरकारीको दरले बजार नपाउँदा, लगाएको तरकारी तुसारोले खाँदा भने तनाव सिर्जना हुने गरेको उनको भनाई छ । तरकारी विक्रि नहुँदा कुहाएर फाल्नु पर्ने अवस्था पनि आउने गरेको अनिताले बताईन् ।

तर पनि बजार पाउँदा भने साह्रै खुशी लाग्ने गरेको उनको भनाई छ । अनिताले भनिन्, ‘पछिल्लो समय यहाँका महिलाहरु तरकारी खेती सँगै कृषि खेतीमा आकर्षित हुन थालेका छन् ।’

कृषि विकास निर्देशनालयमार्फत साना किसान कृषि सहकारी संस्था छिन्चु, सुर्खेतले सिजन अनुसार गरिने खेती संस्थाबाट अनुदान स्वरुप बीउँ भने उपलब्ध गराउने गरेको उनले जानकारी दिईन् । अनिताले ६ वटा टनेलमा तरकारी खेती गर्दै आईरहेकी छिन् ।

तपाईको प्रतिक्रिया