मप विश्वविद्यालयले ‘नीति प्रयोगशाला’ सञ्चालन गर्ने


मध्यपश्चिम (मप) विश्वविद्यालयले ‘नीति प्रयोगशाला’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक नीति निर्माणमा प्राज्ञिक तथा प्राविधिक क्षमताको आवश्यकता बढ्दै गएको तथा विश्वव्यापी रुपमा आएको परिर्वनले नीति निमार्णको प्रक्रियासमेत पेचिलो हुँदै गएकाले विश्वविद्यालयले प्रयोगशाला स्थापना गर्न थालेको हो ।

विश्वविद्यालयद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा नीति प्रयोगशालाका संयोजक प्राध्यापक डा. चन्द्रप्रसाद रिजालले प्रयोगशालाले नीति विज्ञ तथा अभ्यासकर्तालाई नीति निर्माण सम्बन्धी समस्याहरुको समाधान गर्न सहयोग पु¥याउने जानकारी दिए ।

यसका लागि मंगलवार एक कार्यक्रमको आयोजना गर्दै कर्णाली प्रदेश सरकार, स्थानीय तह तथा विश्वविद्यालयका उच्च अधिकारीबिच नीति प्रयोगशाला विषयमा छलफल हुने उनले जनाए ।

सार्वजनिक नीति क्षेत्रमा विश्वव्यापी र क्षेत्रीय संलग्नताको माध्ययमबाट गुणस्तर, प्राभावकारिता, विश्वव्यापी पहिचान र सार्वजनिक क्षेत्रमा नविन संस्कृतिलाई प्रर्वद्धन गर्न योगदान पु¥याउने डा. रिजालकोे भनाई छ ।

हालसम्म मध्यपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले ‘नीति प्रयोगशाला’ सञ्चालन गरेको उनले जानकारी दिए । यस बारे आवश्यक जनशक्ति व्यवस्थापन विश्वविद्यालयले नै गर्ने डा. रिजालले बताए ।

यसैगरी विश्वविद्यालयले गर्ने गरेका विभिन्न अध्ययन अनुसन्धानहरु सरकारको सार्वजनिक नीति निर्माणमा समेत समावेश गर्न सहयोग पु¥याउने तथा नौला क्षेत्रमा नीतिहरु निर्माण गर्न प्रयोगशाला उपयुक्त हुने डा. रिजालले बताए ।

यस प्रयोगशालाका लागि भने युएनडिपीको सहयोग रहेको उनले जनाए । प्रयोगशालाका लागि हाल विश्वविद्यालयमा ११ जनाको समुह कार्यरत रहेको उनले बताए । कर्णाली प्रदेश सरकार, मध्यपश्चिम विश्वविद्यालय र युएनडिपीको सहकार्यमा संस्थागत रुपमा ‘नीति प्रयोगशाला’ सञ्चालन गर्न लागिएको उनले बताए ।

तपाईको प्रतिक्रिया