कविताः लाहुरे सँस्कृती

युगौयुग भयो वीर भै बहादुर भएको
भाडाका नायक जंगबहादुरले बठाएको
लाहुरे भै अंग्रेजी गोर्खापल्टन गएको
अझै छुटेको छैन लाहुरे संस्कृतीको

विश्व साम्राज्यवादी सुरक्षाको लागी
प्रथम, द्रोसो युद्धमा लाखौ रगत बगायौं
भारतीय स्वतन्त्रताको जालीवाला बागमा
सेनानीहरुको रगतको होली खेलायो ।

साम्राज्यवादी दमनको सहयोगी भै इराक जा“दा
इराकी विद्रोहीले बहादुरको मृत्यु लस्कर लगायो
कहिले अफ्गानिस्थान विद्रोह दमन रगत बगायो ।
कहिले ब्रोनाईको जनतन्त्र जनविद्रोह दवायो

अहिले भारतीय सुरक्षा का“श्मिर गल्वाङ छ ।
लिम्पियाधुरा कालापानी भारतीय सुरक्षामा छ ।
आजकल भाडामा युके्रन रुस युद्धमा सामेल छ ।
भाडापाए बहादुर भएर विश्वमा राइफलमा उभिन्छ ।

सामान्तवाद विरुद्धका स्वतन्त्रताका सेनानीहरुले
हजारौं हजार सहिदहरु लस्कर लगाए ।
स्वतन्त्रता समाजवाद आत्मनर्भर सपनामा
जनलुटेरा सामान्तवादहरुलाई सहज अवतरण गराए ।
वहुमुल्य प्राकृतीक मेरो देशको सम्पदा
युवाको श्रमले सजाउन अझै लाग्दैनन् ।
म्यानपावर कम्पनी खोल्न लगाए
भाडा परदेश श्रमदास बनाउन छोडेनन् ।

युवाले श्रम पठाएको विप्रेशनमा
निरंकुशजंगहरुकै पथ समाती रहेछन् ।
सत्ताको छिना झिम्टी उपस्थित भैरहेका छन् ।
विकृत कमाउ धन्दा दलवादी लागी रहेछन् ।

युगौयुग भयो वीर भै बहादुर भएको
भाडाका नायक जंगवहादुरले बठाएको
लाहुरे भै अंग्रेजी गोर्खापल्टन गएको
अझै छुटेको छैन लाहुरे संस्कृतीको ।

 

– पृथ्वी बहादुर सिंह
(सिम्ता–४, पिल्क, सुर्खेत)

तपाईको प्रतिक्रिया