१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केही महिनापछि कर्णाली प्रदेशमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुद तयारीका सन्दर्भमा चर्चा परिचर्चा संगै पूर्वाधार निर्माणदेखि खेलकुद तयारीको नेतृत्व गरिरहेका व्यक्तिको सामान्य चर्चा हुनु स्वभाविकै हो । खेलकुदको महाकुम्भ मेलाको तयारीमा जुटेका उनै व्यक्तिको बाल्यकालदेखि वर्तमानसम्मको हामीले चर्चा गरेका छौं ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र संज्याल । उनी कालीकोट जिल्लासान्नी त्रीवेणी गाउँपालिका–६ मा २०३७ फागुण २८ गते जन्मिएका हुन् । उनको परिवार शिक्षामा सामान्य नै थियो । सामान्य परिवारमा हुर्किएका उनको बाल्यकाल रमाईलो नै थियो । उनको बुबाआमाले त्यति पढ्नु त भएको थिएन् । तर संज्यालको पढाई भने सानैदेखि राम्रो थियो । उनी प्रत्येक कक्षामा प्रथम नै आउने गर्थे ।
संज्याल गाउँकै पञ्चदेवल माध्यमिक विद्यालयमा पढ्ने गरेका थिए । त्यस विद्यालयमा उनले १० कक्षासम्म अध्ययन गरेका हुन् । संज्यालको घरमा पञ्चदेवल माध्यमिक विद्यालयमा अध्यापन गराउने एक जना शिक्षक पनि उनको घरमा कोठा लिएर बसेका थिए । आफ्नो घरमा शिक्षक बसे पछि उनलाई पढाईमा पनि सहजता भने भएको थियो । उनी समय–समयमा घरमा कोठा लिएर बस्ने गरेका शिक्षक सँग पढ्ने पनि गर्थे ।
शिक्षकको संज्याल प्रति आशा पनि थियो कि संज्याल भविष्यमा राम्रो विषय लिएर राम्रो काम गर्न सक्छ । शिक्षकले संज्यालको अभिभावकसंग बिश्वामित्र ठुलो भयो भने कि डाक्टर कि इन्जिनियर बन्छ भन्ने गर्थे । संज्यालको मनमा शिक्षकले भनेका कुरा नै आउने गथ्र्यो । साना बालकलाई जे भन्यो त्यहि दिमागमा बस्ने भएर पनि होला उनको दिमागमा पनि शिक्षकले भएको कुरा नै याद हुने गथ्र्यो । उनले पनि सोचे ठुलो भएपछि डाक्टर कि इन्जिजियर पढ्छु भन्ने । शिक्षकले संज्याललाई डाक्टर बने यो हुन्छ, इन्जिनियर बने त्यो हुन्छ भन्ने समेतका कुरा संज्याललाई सुनाउने गर्थे ।
एसएलसी जिल्ला प्रथम हुँदा
संज्यालले २०५३ सालमा रास्कोट बडिमालिका माध्यमिक विद्यालयबाट उनले एस.एल.सीको परीक्षा दिएका थिए ।पञ्चदेवल माध्यमिक विद्यालयको परीक्षा सेन्टर भने रास्कोट बडिमालीका माध्यमिक विद्यालयमा पर्ने गथ्र्यो । २०५४ सालमा संज्यालको एसएलसीको नतिजा पनि प्रकाशन भयो । नतिजा प्रकाशित भएको दुई दिनपछि मात्र संज्यालले थाहा पाएका थिए । त्यस बेला उनी कालिकोट जिल्लाको जिल्ला प्रथम भएका थिए ।
उनको परिवारमा संज्याल प्रथम भए भन्नेमा भन्दा पनि उनि पास भए भन्नेमा नै उनको परिवार खुसि थियो । सामान्य शिक्षा भएको परिवारमा त्यो नै खुशी भयो । उनको बाजेमाएस.एल.सी. पास भएपछि ठुलो भयो अब पढ्नु हुन्न भन्ने सोच थियो । संज्याललाई भने आफ्नो घरमा पढाउने शिक्षक भएर नै पढ्नु पर्छ भन्ने मनमा थियो ।
संज्याललाई भने कि डाक्टर कि इन्जिनियर पढ्छु त भन्ने भयो तर कसरी पढ्ने त्यो भने उनलाई थाहा नै थिएन् । कालिकोटबाट पढ्नका लागि उनले काठमाडौं जाने सोच गरे । उनको जिद्धिले नै काठमाडौंका लागि पढ्न घरबाट पनि हिडे । २०५४ असारको महिना पानीकै झरीमा कालीकोटदेखि ४ दिन लगाएर पैदल यात्रा गरी सुर्खेत पुगेको उनले सुनाए ।
सुर्खेत आएपछि उनले काठमाडौंको टिकट काटेर काठमाडौं पढ्नका लागि गए ।
बसमा एक जना दाईसँगै कुराकानी गर्दै गएका थिए । ती दाईले पनि विज्ञान विषय लिएर काठमाडौं पढ्ेका रहेछन् । पछि पढ्न नसकेर सुर्खेत आएर नै अन्य विषय लिएर पढेका रहेछन् । उनको कुराले केहि खिन्नताबोध भने भयो संज्याललाई । तर पनि उनको मनमा सक्छु भन्ने नै थियो जुन कुरामा हार भने मानेन् ।घरमै बस्ने गरेका शिक्षकको शब्दले पढ्न सक्छ भन्ने कुरा उनको यादमा भने रहिरयो ।
काठमाडौंमा पुगेपछि पनि कालिकोटबाट गएका अन्य दाईहरुले विज्ञान विषय लिएर फरक विषय पढ्ने गरेका भने रहेछन् । त्यसबेला सिमित मात्रामा कालिकोटका मानिस काठमाडौं पढ्न जाने भएर पनि प्रायः थाहा हुन्थ्यो । त्यहा पनि उनलाई उत्साहित भन्दा निरुत्साहित बनाउने नै धेरै भए ।
उनले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा उनले इन्ट्रान्स पनि दिए । तर त्यहाँ उनको नाम निस्किए पनि सात सय पछाडी नै उनको नाम निस्कियो । फेरी उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा इन्ट्रान्स दिएका थिए । त्यहाँ पनि कोटामा पर्न सकेनन् ।
दुर्गम कोटाबाट नाम आएपछि
सरकारी विद्यालयमा पढेर पछाडी परे जस्तो महशुस गरेका संज्याल काठमाडौंको त्रिचन्द्र क्याम्पसले दुर्गम कोटाको लागि फर्म आवेदन गरेपछि उनले फर्म लगाए । र उनको नाम पनि पर्यो ।उनी काठमाडौंको त्रिचन्द्र क्याम्पसमै विज्ञान विषय लिएर पढ्न थाले । काठमाडौंमा भने त्यति टिकेनन् उनी । एक बर्ष मात्र विज्ञान विषय लिएर उनले काठमाडौं पढे् । पछि उनले कहाँ कुन विषय पढाई हुन्छ भन्ने बारे बुझ्दै गए ।
बुझ्दै जाँदा पोखरामा इन्जिनियर पढाई हुन्छ भन्ने उनलाई थाहा भयो । त्यहाँ पनि एउटा दुर्गम कोटा खाली छ भन्ने उनले जानकारी पाए । एक बर्ष मै विज्ञान विषय छोडेर उनी पोखरा लागे । उनले तीन वर्षे सिभिल ओभरसियर कोर्ष गर्न थाले । तीन बर्षे ओभरसियरसँगै उनले पोखरामै विज्ञान विषय ट्रासफर गरी विज्ञान विषय पनि पास गरे ।
साथीहरु सबै नास्ता खाना जाँदा उनले भने गाउँबाट लगेको दालको पिठोको ढिरो आफुले नास्ताका रुपमा खाने गरेको सुनाए । पढाई मै ध्यान केन्द्रित भएर पनि उनलाई सिभिल ओभरसियर कोर्ष सहज नै लाग्यो, पास पनि गरे ।
जागिर सुरुगरेपछि
२०५८ सालदेखि उनले जागिर पनि सुरु गरेका थिए । उनले दार्चुला जिल्लामा गएर जागिर सुरु गरे । त्यसबेला द्धन्द्धको बेला भएर पनि प्रायःकाम गर्ने मानिस भने थिएनन् । काम गर्नलाई पनि सहज नै भयोे उनलाई । त्यसबेला सडकको ४० मिटर ट्याक खोल्ने काम थियो । दुई वर्ष दार्चुलामै बसेर काम गर्ने गरेको अनुभव सुनाए । उनले भने,‘काम गर्ने शिलशिलामा रोटी र मोही मात्र खाने गरेँ । तीन, चार दिनमा एक पटक मात्र भात खाने गरेका थियौं । त्यो चिसोमा बस्न त साह्रै गाह्रो थियो ।’
जहाँ गएपनि साथमा सधैं किताब बोकेर लग्ने गरेको बानी थियो । डिप्लोमा इन्जिनियर कोर्ष मात्र गरेकोले उनको मनमा थियो कि इन्जिनियर बन्न अझै बाँकि छ । उनको लक्ष्य भने त्यतिमै पुरा भएको थिएन् । जागिर छोडेर उनले २०६१ मा काठमाडौंमा इन्जिनियरको इन्ट्रान्सको परीक्षा दिएका थिए ।
इन्जिनियर पढ्नका लागि उनले आफुले जागिर गरेर नै जम्मा गरेका थिए । जो–जो चाउचाउले एक पैसाको इन्जिनियर बन्ने विज्ञापन गरेको थियो त्यसबेला ।त्यसमै उनले इन्ट्रान्स (परीक्षा) दिए । नाम पनि आयो । नेपाल इन्जिनियर कलेजमा ४ वर्षे सिभिल इन्जिनियर कोर्ष उनले पढ्न थाले र पास पनि गरे ।सिभिल इन्जिनियरको शैक्षिक योग्यता पत्र उनको हातमा पर्यो । अनि उनलाई लाग्यो बल्ल इन्जिनियर भएँ । धेरै जसो कन्सलटेन्सीसँग कुरा गरेर उनले सहजै रुपमा काम पनि पाउने खालको वातावरण भइसकेको थियो । उनले विभिन्नसामाजिक संघ, संस्था (एनजियोे, आएनजियो) मा पनि जागिर गर्ने गरेका थिए ।
खेलकुदमा यसरी लागे
२०६८ मा उनले सुदुरपश्चिम प्रदेशमा आएनजियोकै काममा उनी त्यहाँ पुगेका थिए । धेरैसँग भेटभए पछि राष्ट्रिय खेल हुँदैछ भन्ने हल्ला थियोत्यहाँ । खेल सम्बन्धीकाधेरै संरचना गराउनु पर्नेछ जस्ता कुरा त्यहाँ आउने गरेका थिए । त्यहि क्रममा उनीसँग साथ, सहयोग समेत माग्न थाले ।
उनले विभिन्न कन्सलटेन्सीका काम धेरै गरिसकेका थिए । राष्ट्रिय खेलकुद भएका कारण धेरै काम गर्न बाँकी नै थियो । ६ महिना खेलकुद क्षेत्रमा काम गर्ने भनि खेलकुदमा छिरेका उनी हालसम्म पनि खेलकुद मै नेतृत्व गरिरहेका छन् । उनले खेलकुदका पूर्वाधार बनाउने क्रममा प्राविधिकका रुपमा उनी सुदुरपश्चिम रहेका थिए । नेपालमा किक्रेटका खेलकुद पूर्वाधारहरु बनाउनु परेको उनले अनुभव सुनाए । पूर्वाधार बनाउने क्रममा समिति चयन गर्दा सदस्य भएका थिए । सरकारले नेपालको कुन–कुन ठाउँमा किक्रेटका पूर्वाधार बनाउने त्यतिबेला नै निर्णय गरेको उनले जानकारी दिए ।
१० वर्ष लाग्यो तर काम अहिले सम्ममा पनि नसकिएको उनले बताए । खेलकुदको पूर्वाधार निर्माणमा उनी प्राविधिक समितिको सदस्य भएर उनले खेलकुदका पूर्वाधारमा काम गरेका थिए । काम गर्दै गर्दा सातौँ, आठौँ, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाधारका काम गर्ने अवसर पाए ।
राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि खेल भएको बेला जाने अवसर उनलाई मिल्यो । विदेशमा खेलकुदका पूर्वाधारको अध्ययन् समेत गर्ने अवसर प्राप्त भएको उनले सुनाए । जुन अवसरले उनलाई पूर्वाधार कै विज्ञ हुन थालेको महशुस भयो । उनीखेलकुदका विभिन्न कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, यूरोप, फ्रान्स, स्वीजरल्याण्डलगायतका देशमा पुगेका छन् । अन्तर्राष्ट्रियस्तरमा बनेका खेलकुदका पूर्वाधारको अवलोकन र अध्ययन् गर्ने अवसर पाएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा गर्ने भनि निर्णय भएको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले संज्याललाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका कर्णाली जान आग्रह गरेपछि संज्याल सुर्खेत आएको बताए ।
उनले पूर्वाधार निर्माणको लागि प्रदेश सरकार सामु कुरा राख्नु पर्ने थियो । त्यतिबेला प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही थिए । प्रदेशको मुख्यमन्त्रीपनि कालिकोटकै भएका कारण कुरा गर्नलाई सजिलो पनि भयो उनलाई ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारे सबै कुरा उनले मुख्यमन्त्रीलाई बताए । मन्त्री शाहीले उनलाई आएर काम गर्न आग्रह गरे । उनले आफुले गरिरहेको जागिर समेत छोडे । कर्णाली प्रदेश सरकारले उनलाई खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त ग¥यो ।कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवपनि भए संज्याल ।
दशौं राष्ट्रिय खेलकुदको तयारी
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली जुटेको उनले बताए । खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको बताए ।
यस रङ्गशाला निर्माणले कर्णालीले ९० को दशकमा सर्वोच्चता कायम गर्ने खालको वातावरण सिर्जना गर्ने उनको भनाई छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा कर्णालीका खेलाडीले नै नेतृत्व गर्ने बताए । कर्णालीलेनवौँ राष्ट्रिय खेल पोखरामा, धनगडीमा भएको एसियन खेलको छनौंट प्रतियोगिता भएको थियो ।
खेलाडीको लागि प्रोत्साहन गर्ने, खेलाडीलाई खेलमा मेरो जीवन छ भन्ने आधार परिषदले तय गरेको उनले बताए । दशाँै राष्ट्रिय खेलकुदमा छनौंट भएका खेलाडीलाई मासिक भत्ताको रुपमा पाँच हजार रुपैयाँका दरले उपलब्ध गराउने र खेलका वर्गिकरण अनुसार प्रदान गर्ने निर्णय परिषदले गरेको उनले बताए ।
खेलकुद परिषद्बाट बाहिरिएपछि
अहिलेको उनको पद नेपाल सरकारले नियुक्ती गर्ने पद भएकोले यहि पदमा रहिरहन्छु भन्ने त छैन् संज्याललाई । आफ्नो कार्यकाल सकिएपनि खेलकुद क्षेत्रलाई गर्नुपर्ने लगानी, सहयोग र साथ भने गरिरहने उनले बताए । आफु खेलकुद परिषद भन्दा बाहिर भएर हेर्दा पनि खेलकुद क्षेत्र राम्रो भएको उनलाई हेर्न इच्छा छ ।
खेलकुद परिषदमा आफु नरहेमा केहि समय पढाइलाई दिएर पिएचडी गर्ने उनको सोच रहेको उनले बताए । सानैदेखि आफ्ना धेरै सपना पुरा गरेको र आफ्नो नाम अगाडी डाक्टर लेख्ने सपना अझै बाँकी रहेकोले पिएचडीको तयारी गर्ने तत्कालको सोच रहेको संज्यालले बताए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । ३ पुष २०८०, मंगलवार १२:४६