म यस्तो छु भनेर
हो म यस्तो छु
म यस्तो छु भनेर
आफैँ आफ्नो म कसरी बयान गरौ“
त्यो त तिमीले मलाई
जस्तो देख्छौ, जस्तो बुझ्छौ
अनि जस्तो सोच्छौ, हो म त्यस्तै छु ।
वर्षौदेखी म यस्तै छु, म यस्तै रहनेछु
तिम्रो दृष्टिले कस्तो देख्छौ
तिम्रो हृदयले कस्तो सोच्छौ
अनि मलाई थाहा छ हो तिमी मलाई
त्यस्तै परिभाषित गर्छौ ।
म त सधैं आफैलाई
अनि आफ्नो दिल–दिमागलाई
सफा अनि निश्चल राख्दछु
जो तिम्रो हेराई र बुझाई भन्दा नि धेरै पृथक छ ।
तिमी मेरो बारेमा के सोच्छौ अनि के भन्छौ
मलाई नै थाहा छैन
तर म अचम्मको छु
हो अरु–भन्दा धेरै फरक छु ।
तिमीले जुन हिसावले लेखाजोखा गरे पनि
जहा“बाट नापतौल गरेपनि
पत्ता लगाउने सक्ने छैनौ, म कस्तो छु भनेर
त्यसैले त म भन्छु, हो म यस्तै छु
तिमीले जस्तो देख्छौ, जस्तो बुझ्छौ
हो म त्यस्तै छु ।
हो म मेरो लागि ऐना जस्तै छर्लङ्ग छु
अनि पानी जस्तै सङ्गलो छु
फूल जस्तै कोमल अनि चट्टान जस्तै कठोर पनि
आकाश जस्तै खुल्ला अनि धर्ती जस्तै विशाल पनि
हो म यस्तै छु……
तिमीले जस्तो देख्छौ हो म त्यस्तै छु
हो म यस्तै छु ।।
युग संवाददाता । सुर्खेत । ७ पुष २०८०, शनिबार १२:३८