कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पत्रकारिता क्षेत्रको विकास लागि प्रदेश सरकार प्रतिवद्ध भएको बताइका छन् । उनले भने, ‘यो सिमित स्रोत साधनका वावजुद पनि प्रदेश तहवाट पत्रकार र सञ्चारक्षेत्रको विकासका लागि सरकारले काम गर्छ । त्यसका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले गत कार्तिक १७ गते जाजरकोट रामीडाँडामा गएको भूकम्पले प्रभावित जाजरकोट, पश्चिम रुकुम र सल्यानका पत्रकारहरुका लागि केन्द्रीत भएर मुख्यमन्त्री शर्मालाई ज्ञापन पत्र वुझाएको हो ।
ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शर्माले विपदवाट हुने जोखिम न्यूनिकरणका लागि नयाँ नीति र कार्यक्रम सहित अघि वढ्नुको विकल्प नभएको बताए ।
पत्रकारले भूकम्प पश्चात खोज ,उद्धार राहतमा झै पुर्ननिर्माणमा सकृयता देखाउन मुख्यमन्त्री शर्माले आग्रह गरे । उनले भने, ‘जनताको नजिकका सरकार स्थानीय तह र प्रदेश सरकारले विपदमा समयमा खेलेको भूमिका महत्वपूर्ण रहेको छ । संघीयताका सकारात्मक विषय उजागर गनुपर्दछ ।’
यसै विच आथिर्क मामिला तथा योजना मन्त्री वेदराज सिहले पत्रकार महासंघको माग जायज रहेकाले सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।
भूकम्प प्रभावित जिल्ला जाजरकोट, पश्चिम ,रुकुम र सल्यान पत्रकार महासंघले स्स्थलगत अध्ययन गरेको छ । अध्ययनपछि भुकम्प प्रभावित सञ्चारकर्मी र सञ्चार माध्यमको सहज सञ्चालनका लागि यहाँका सञ्चारकर्मी र सञ्चार माध्यमका लागि छुट्टै कार्यक्रमको आवश्यकता महसुस गरिएको छ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले बताए ।
उनले भने, ‘सरकारले थालेको राहत र पुर्ननिर्माणको कार्यमा पनि सञ्चारकर्मीलाई सक्रिय र उत्साहित बनाइ राख्न विशेष कार्यक्रम मार्फत अगाडि बढ्न सरकारसंग जोडदार माग गर्दछौ ।’
युग संवाददाता । सुर्खेत । १० पुष २०८०, मंगलवार १५:३६