मोहन सर नमस्कार । सर्वप्रथम तपाइँ नेपाल राष्ट्रिय शिक्षक संगठनको कर्णाली प्रदेशको अध्यक्ष हुनुभयो त्यो पनि सर्वसहमतिमा । यो सन्दर्भमा हार्दिक बधाइ छ । यो अवसरमा तपाइँ कसलाई के भन्न चाहानुहुन्छ ?
धन्यावाद । यो मेरो लागि एक अवसर र चुनौति दुबै हो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकहरुको एक पेशागत संगठन हो । यसले राजनीति र श्रमिकको ट्रेड युनियनप्रति सचेत हुन्छ । कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनबाट भारी विश्वासका साथ सर्वसम्मत रुपमा मलाई अध्यक्ष जस्तो जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण प्रतिनिधि साथीहरु , जिल्ला अध्यक्ष ज्युहरु, अध्यक्ष मण्डल, निर्वाचन मण्डल , निवर्तमान अध्यक्ष पूर्णबहादुर डाँगी सर,
उद्घाटनसत्रमा आएर महत्वपूर्ण सल्लाह, सुझाव र मार्गदर्शन वढाई दिनुहुने प्रमुख अतिथि, अन्य अतिथि ज्युहरु, सम्पूर्ण निवर्तमान पदाधिकारी तथा सदस्य ज्युहरुलाई धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्दछु । साथै यस अधिवेशनमा उपस्थित भएर महत्वपूर्ण भूमिका खेल्नुहुने दश वटै जिल्लाका सम्पूर्ण नेपाल राष्ट्रिय शिक्षक संगठनमा कर्मठ र जुझारु शिक्षक मित्रहरु प्रति पनि विशेष धन्यवाद व्यक्त गर्दछु ।
तपाइँको जन्म र बाल्यकालको बारेमा अलिकति बताइदिनुहोस् न ? बाल्यकालको बारेमा बताउँदा त धेरै लामो हुन्छ कि ? तपाइँ शिक्षण पेशामा कहिले प्रवेश गर्नु भयो र कहाँबाट ?
म २०४५ साल मंसिर २९ गते शिक्षकको रुपमा हाल सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकामा रहेको श्री शारदा मा वि छिन्चुमा नियुक्ति लिएँ । अहिले त यो यात्रा पनि करिब पैँतिस वर्ष पुगेछ ।
शिक्षक नेताहरु पनि विगतका विद्यार्थी नेता वा त्यस्तै पृष्ठभूमीबाट आएको देखिन्छ । तपाइँको विगतको राजनीतिक र संगठनात्मक जीवन कसरी शुरु भयो अनि कसको प्रभावबाट ?
म विद्यार्थी कालदेखि नै राजनीतिप्रति चासो लिने हुनाले शिक्षकमा पनि पेशागत संगठनको महत्व बुझेको थिएँ । म शिक्षक हुँदा सायद २०४५ सालमा नै शिक्षक संगठनको साधारण सदस्यता पनि लिएँ २०४३ सालमा क्याम्पस प्रवेश संगै राजनीतिक जीवनमा चासो राख्थेँ । विद्यार्थी जीवनमा नै मेरा गुरु मदन भट्टको संगत र निर्देशनमा नेपाल प्रगतिशील विद्यार्थी युनियनमा आवद्ध भएको थिएँ ।
म पेशागत जीवनको बारेमा सचेत थिएँ । विं.स २०४८ मा गुमी सुर्खेतमा अधिवेशन भयो । राष्ट्रिय प्रतिनिधि सदस्य भएँ । २०४९ सालमा शिक्षा क्याम्पस सुर्खेतको स्ववियू सचिव भएँ । वि.सं २०५३ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सहसचिव भएँ । २०६५/०६६ तिर नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष भएँ । २०७५ पौष देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको कर्णाली प्रदेश सचिव भएँ । म यसै गरी शिक्षक हित शाखाको अध्यक्ष भएर लामो समय काम गरेँ । सहकारी सञ्चालनका साझा मान्यताहरुप्रति पनि म परिचित छु ।
तपाइँ शिक्षक भएदेखिको विद्यालय यात्रा बताइदिनुहोस् न ?
हाल म नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत छु । शारदा माध्यमिक विद्यालय छिन्चुबाट वीरेन्द्रनगरको नेराप्रावि, चाँदनीचौक अलायचौरमा म केही वर्ष रहेँ । त्याहाँ हुँदा रमाइलो अनुभव छ । नेपाल सरकारबाट खोजेर प्राप्त हुने पौष्टिक आहार खान दिएर विद्यार्थी संख्या बढाइयो । सामान्य स्रोत व्यवस्थापन गर्न भैली समेत खेलेर अलिअलि पैसा जम्मा गरेर सामान्य विद्यालयका समस्या हल गरियो । २०५८ असोजमा छवि प्रावि, कालागाउँमा सरुवा भएर आएँ ।
२०७२ सम्म काम गरेँ । २०७२ साउनमा नेरामावि वीरेन्द्रनगरमा सरुवा भएँ । २०७३ देखि सहायक प्रअ भइ काम गरिरहेको छु । विद्यार्थी वृद्धि गर्नमा पहल गरेको छु । प्राविधिक धार तर्फको सिटिईभिटी कार्यक्रमको लागि पनि धेरै दौडधुप गर्नुप¥यो । कक्षा स्वीकृत गराउनमा धरौटी राखि सहयोग गरिदिनमा र अन्य स्रोत साधन जुटाउने काममा समेत लागी पर्दै पहिलेको डाँडा स्कुल र अहिलेको डाडाँ स्कुलको भिन्नता ल्याउनमा धेरै भूमिका खेल्नु प¥यो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको सैदान्द्धिक आधार के हो ?
नेपाल राष्ट्रिय शिक्षक संगठन एक विशुद्ध पेशागत व्यवसायीक संगठन हो । व्यक्तिगत रुपमा प्रत्येक शिक्षकको आफ्नो नीति र आस्था हुन सक्छ । तर पेशागत रुपमा शिक्षक समुदायको साँझा आकांक्षा र समस्याहरु छन् । यसले शिक्षक समुदायको साझा हितलाई ध्यान दिन्छ । समानताको सिद्धान्त अवलम्बन गर्छ । मैत्रीभावको विकास गर्छ । शिक्षक एकता कायम राख्ने प्रयत्नमा लागिरहन्छ ।
तर शिक्षकको पेशागत जीवनमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केही भूमिका छ र ?
हाल सम्म शिक्षकले जे जे प्राप्त गरेका छन्, त्यो सबै नेपाल राष्ट्रिय शिक्षक संगठनको जगमा प्राप्त भएका हुन् । वि.सं २०३६ सालमा नेपालका सबै शिक्षकहरु एकजुट थिए । अहिलेको जस्तो छुट्टै शिक्षकका पशल र खोलेस थिएनन् । सबैको एकता भएको हुनाले शिक्षकमा ठूलो तागत थियो ।
वि.सं २०३६ साल साउन १ गतेदेखि संचयकोष दिने, निवृत्तिभरण दिने, संगठन खोल्न पाउने, उपदान दिने, दरबन्दी व्यवस्था गरी शिक्षकलाई पनि स्थायी गर्ने, नीति निर्माणमा पनि शिक्षकलाई सहभागी गराउने र खोसुवामा परेका शिक्षकहरुलाई पुनर्वहाली गर्ने जस्ता सम्झौता भए र विस्तारै ति कार्यान्वयनको चरणमा पुगे । वि.सं २०६३ मा ५० प्रतिशत शिक्षकहरु स्थायी भए । यति मात्र होइन विभिन्न चरणका आन्दोलनका साथै समन्वय र माग पूरा गराउनमा हामी महत्वपूर्ण संगठनमा छौँ ।
नेपाल शिक्षक राष्ट्रिय शिक्षक संगठनले १०४ दिने शैक्षिक हड्ताल गरेको थियो । केही जानकारी छ ?
नेपाल राष्ट्रिय शिक्षक संगठनले २०३८ बैशाख ४ गतेबाट राष्ट्रव्यापी शैक्षिक हड्ताल शुरु गरेको हो । दर्जनौँ शिक्षकको हत्या भयो । धेरै जेल चलान भए । कैँयनलाई अवकास दिइयो । कतिलाई दुख दिनकोलागि सरुवा गरियो । अन्तत नेपाल राष्ट्रिय शिक्षक संगठनसँग १५ बुँदे सम्झौता गरेर आन्दोलनको समाप्ती भयो ।
तत्कालिन पञ्चायत सरकारले १५ बुँदे सम्झौता त ग¥यो भन्नु भयो । खास सम्झौता के के विषयमा भए ?
हड्तालको बेला गरेका सबै कार्वाही फिर्ता भए । थुनाका शिक्षक पुनर्वहाली भए । विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक बाहेक एक शिक्षक प्रतिनिधिको पनि व्यवस्था भयो । प्रक्रिया पु¥याएर स्थायी गरिने लगायतका विषयमा विभिन्न सम्झौता भए ।
नेपालका तत्कालिन राजनीतिक नेताहरुले गरेको कुनै आन्दोलनमा शिक्षकले केही भूमिका खेलेका छन् ? शिक्षकले भूमिका नखेलेर कसले भूमिका खेलेको छ त ? वि.सं २०४२ सालमा नेपालमा प्रजातन्त्रको स्थापनाको लागि भएको सत्याग्रह आन्दोलनमा यस संगठनको महत्वपूर्ण भूमिका छ । पछि २०४६ र २०६२/०६३ सालको महत्वपूर्ण फ्रन्टलाइनमा नेपाल राष्ट्रिय शिक्षक संगठन रहयो । बरु भन्नु न कुन आन्दोलनमा शिक्षकको भूमिका रहेन ? नेपालको शिक्षक जगतमा दलीय राजनीतिको प्रभाव कहिलेबाट परयो र किन ?
यो नेपालमा प्रजातन्त्र आए पछि नै यस्तो भएको हो । वि.सं २०४७ सालमा नेपाल शिक्षक संघ बनाइयो । यो नेपाली काँग्रेससँग निकट थियो र छ अहिले पनि । लगत्तै नेपाल राष्ट्रिय शिक्षक परिषद र नेपाल शिक्षक मञ्चको गठन भयो । यो फुटाउ र शासन गर भन्ने दलिय मानसिकता हो ।
तपाँइले अरु शिक्षक संघ संगठनसँग कस्तो सम्बन्ध राख्नुहुन्छ ?
हुन त नेपाल राष्ट्रिय शिक्षक संगठन सबै शिक्षक समुदायको साझा संगठन हो । विभिन्न कारणले उनीहरु अहिले विभिन्न छुट्टै संगठन बनाएका छन् । नेपाल शिक्षक संघ प्रमुख प्रतिस्पर्धि संगठन हो । तर तपाइँलाई पनि यो अवगत होला कि नेपाल राष्ट्रिय शिक्षक संगठन सबैको नेता संगठन पनि हो । साझा मुद्धामा सबै संगठनलाई सँगै लिएर जानुपर्छ किन कि एकतामा बल हुन्छ ।
वर्तमान अवस्थामा कर्णालीका शिक्षकका समस्याहरु के के हुन् र तपाइँको योजना के हो ?
देशभर जस्तै कर्णालीमा पनि विभिन्न प्रकारका शिक्षकहरु रहेका छन् । स्थायी । अस्थायी । रातह । संघीय अनुदानका । पालिका अनुदानका । साविक उमावि दरबन्दीका । साविक उमावि अनुदानका । स्वयंसेवक । प्राविधिक धारका । द्वन्द्व पिडित । बालबिकास र साथमा विद्यालय कर्मचारी पनि । कतिपय पालिकाले शिक्षकमाथी अन्याय समेत गरेका छन् ।
कर्णालीको नतिजा पनि सन्तोषजनक छैन । यसको लागि सुधारात्मक कार्यका लागि सबै प्रकारका सरकारहरुलाई पनि प्रभाव पार्न सकिन्छ र शिक्षकको मात्र नभइ शिक्षा विकास कै हितमा काम गर्न सकिन्छ । शिक्षकको पेशागत मर्यादा र ग्यारेन्टी नै मुख्य समस्या हुन् ।
भर्खरै केही समय अघि काठमान्डौँमा भएको शिक्षक आन्दोलनलाई कसरी सम्झिनुहुन्छ ?
शिक्षक र शिक्षकका पेशागत हक अधिकारलाई वेवास्ता गर्दै सरकारले संघिय शिक्षा ऐन ल्याउन तयार भएपछि काठमान्डौँ केन्द्रीत शिक्षक आन्दोलन भएको हो । आन्दोलन पछि पटक पटक नेपाल शिक्षक महासंघ, राहत शिक्षकको साथीहरु र नेपाल सरकारबीच सम्झौता भएको छ विभिन्न बुँदामा ।
यसको कार्यान्वयनको लागि लागि पर्नुपर्नेछ । त्यो तलकै धरातल पालिका देखि । त्यसमा प्रदेशको त महत्वपूरुण जिम्मेवारी हुन्छ । खबरदारी समन्वय देखि लिएर आवश्यक परे आन्दोलन सम्मको लागि नेतृत्वमा बस्ने मानिसहरु तयार हुनुपर्छ भन्ने मैले बुझेर नै म नेतृत्व लिन अग्रसर भएको हुँ ।
अब आउने शिक्षा ऐनमा खास शिक्षकका मुद्धामा मात्र केन्द्रित हुन्छन् । खास विद्यार्थी र विद्यालयका कुरामा चासो दिन्नन् भन्ने छ नि ?
अब आउने शिक्षा ऐनमा गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्नु पर्छ। विद्यालयमा विद्यार्थी टिकाउने कुरा र गुणस्तर कसरी कायम गर्ने भन्ने कुरालाई नजरअन्दाज गरेर स्वार्थ बाझिएकाहरूबीच भागबन्डा मिलाउने र शिक्षकलाई सम्मानित महसुस हुन नदिने नियतले मस्यौदामा अनावश्यक कुरा आएकोले नै हामीले आन्दोलन गरेका हौँ ।
समग्रमा यसरी समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूलाई निकृष्ट, चरित्रहीन र अवसरवादी स्वार्थी प्राणीका रूपमा शंकाका दृष्टिले हेरी नियन्त्रण गर्ने मनसाय नहोस् भन्ने मेरो भनाइ हो । यसका धेरै संशोधन प्रस्ताव त परेका छन् । विषयगत समितिमा छलफल र यसले शिक्षक, शिक्षक आन्दोलनको भावना र शैक्षिक क्षेत्रलाई कसरी अगाडि बढाउँछ । त्यो त हेर्न नै बाँकी छ ।
कर्णाली प्रदेशका शैक्षिक समस्याका समाधानका उपायहरू के होलान् ?
शिक्षा सबैको साझा विषय हो र सो बनाउनु पनि पर्छ । साँच्ची नै देशको शिक्षा सुधार गर्ने हो भने सामुदायिक विद्यालयमा लगानि बढाउनै पर्छ । कुल बजेटको न्युनतम २० प्रतिशत शिक्षामा लगानि गर्नुपर्छ । प्रदेश र स्थानीय तहले पनि त्यसै अनुरुप गर्नु जरुरी छ । स्थानीय तहले आफ्नो ऐन बनाउन सक्ने हुँदा ऐन बनाएर स्रोतसाधन जुटाएर त्यो बजेट शिक्षामा लगानी गर्नुपर्छ तब मात्र देश विकासको आधार बन्छ । शैक्षिक समस्या समाधानका लागि तिनै तहका सरकारले तत्काल केही कुराहरूलाई सच्याउनु पर्छ ।
पाठ्यक्रम समय सान्दर्भिक बनाउनुपर्छ । प्रदेश र स्थानिय सरकाले पनि शिक्षामा लगानि बढाउनुपर्छ । शिक्षालाई प्रभावकारी, गुणस्तरीय र जनमुखि बनाउनतिर सबैको ध्यान जानुपर्छ । प्रतिभा पहिचान र त्यसैलाई फलाउने फुलाउने र अहिलेको युगमा बालबालिकालाई रुचि कता छ, हाम्रो शिक्षा त्यतैतिर मोडिनुपर्छ तर नैतिक धरातल र राष्ट्रप्रेमको भावना ओतप्रोत बनाउने विषयवस्तुलाई जोड दिनुपर्छ । ललितकला, गणित, प्रशासकीय पक्ष, इलेक्ट्रिकल, मेकानिकल, अटोवोमाइल आदि प्रकारको शिक्षा कर्णालीका कुनाकुनामा पु¥याउनुपर्द्छ ।
यसको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले विभिन्न माध्यमबाट नीतिगत र व्यवहारिक रुपमा पहरेदारको काम गरिरहेको छ र गर्ने छ । वालवालिका टाइ बेल्ट लगाएर, सक्स सुज लगाएर, ब्याग भिरेर जाउन् र घर आउँदा फरर अङ्ग्रेजी बोले भने त्यो मात्रै गुणस्तरीय शिक्षा हो भन्ने बुझाइलाई परिवर्तन गर्नुपर्छ । अब यो चाहाना हामीले सामुदायिक विद्यालयमा नै पूरा गर्ने वातावरण निर्माण गर्नुपर्दछ तर नैतिक शिक्षा सहितको ।
स्थानीय तहमा शिक्षाको विकासको लागि तपाइँको तर्फबाट एक शिक्षक नेताको रुपमा के भूमिका हुन सक्छ ?
शिक्षा सबैको चासो र सरोकारको विषय हो । स्थानिय सरकारले पहिलो काम त स्थानिय तहका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति, निर्वाचित वडा अध्यक्षहरू, मेयर, उपमेयर, हामी सहितका पेशागत सङ्गठनहरू, शिक्षा क्षेत्रका कार्यरत सरकारी गैर सरकारी संस्थाहरू, शिक्षक अभिभावक संघ र विद्यार्थीसहितको एक बृहत संयुक्त कार्यशाला सञ्चाल गर्नुपर्छ । त्यसमा हाम्रो सक्रिय योजना सहितको सक्रिय सहभागिता हुन्छ ।
त्यसै कार्यशालाले एउटा एक्शन प्लान बनाउएर अघि बढ्न सकिन्छ । मुलुकमा स्वतन्त्रता प्राप्तिका लागि, राजनैतिक अधिकार प्राप्तिका लागि, गणतन्त्र प्राप्तिका लागि, हिजोका ति वलिदानीपुर्ण क्षेत्रहरूमा यो क्षेत्रको ठूलो भूमिका शिक्षकको पनि छ ।
अब हामीले शैक्षिक गुणस्तर र दक्षजनशक्तिको निर्माणको लागि भूमिका बदलेर अघि बढ्नुपर्ने बेला आएको छ । यसमा सरकाले शिक्षकको मनोबल बढ्ने गरी सेवा सुविधाको ग्यारेन्टी गरिदेओस् । मैले एक पेशागत संगठनको नेतृत्व गरेको हुनाले शिक्षकलाई आफ्नो पेशागत उन्नयन तथा कर्तव्यको लागि दत्तचित्त भएर लाग्नको लागि अभिप्रेरित गर्ने हौसला दिने भूमिकामा रहन्छु तर सरकारले साथ दिनुपरयो । (२०८० पौष १२ गते विहिबार प्रकाशित)
ध्रुबकुमार अधिकारी । सुर्खेत । १९ पुष २०८०, बिहीबार ११:०५