कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म र भावना अनुसार तिनै तहका सरकार सहमति र सहकार्य गरेर विकासमा लाग्नुपर्ने बताएका छन् ।
उनले भने, ‘एक्ला एक्लै हिडेर होईन, तिनै तहका सरकार एक आपसमा सहमति,सहकार्य गरेर विकास गरेर अघि वढौ ।’
जिल्ला समन्वय समिति सुर्खेतको सातौ जिल्ला सभाको उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले तिन तहका सरकारले आ आफ्ना एकल र साझा अधिकारलाई प्रयोग गरि जनतलाई विकासको अनुभूति दिलाउनु पर्ने वताए ।
उनले भने, ‘तिनै तहका सरकारले गर्ने काम भनेको स्थानीय तहमै हो । जनतालाई केन्द्रमा राखेर गर्ने हो । त्यही भएर सहकार्य गरेरै काम गर्ने हो ।’
अनुमगन र सन्तुलनतका लागि जिल्ला समन्वयलाई जिम्मेवारी भएपनि दक्ष जनशक्ति अभाव भएकाले यसतर्फ पनि सोच्नुपर्ने, छललफलको आवश्यकता छ शर्माले भने । स्थानीय तह, जिल्ला समन्वय र प्रदेश सरकार विच समस्या र अवसरका विषयमा छलफल गरेर अघि वढौ ।
वजेट खर्च न्यून भयो भनेर होईन, खर्च भएको वजेटको प्रभावलाई ध्यान दिनुपर्ने भएको छ । विकास विकासलागि होईन जनताको हितलाई प्राथमिकता दिनुपर्छ शर्माले बताए । अनुगमन मूल्याकलन गरेर खर्च भएको वजेट जनतालाई फाईदा के भयो खोज्नै पर्ने भएको बताए ।
सुर्खेत राजधानी सडकलाई रुप र सारमा सुन्दर र विकास गर्न प्रदेश सरकार योजनावद्ध रुपमा अघि वढेको छ उनले भने, ‘शहर र गाउँलाई विकासमा जोडेर अघि वढिरहेका छौ । शिक्षा स्वास्थ्य,र रोजगार, सुशासन र पूर्वाधारलाई प्राथमिकता दिएर कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ ।’
पछिल्नो समयमा संघीयता विरोधी प्रतिगामी शक्ति कृयाशिल हुन खोजेकाले तिनै तहका सरकारले काम गरेर प्रतिवाद्ध गर्नुपर्ने बताए । उनले भने, ‘तिन तहका सरकारलाई विभाजन गर्न खोजेको देखिन्छ । एकिकृत र साझा वुझाईका साथ अघि वढौ । संघीयता विरोधी शक्तिलाई परास्त गरौ ।’
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता माननिय यामलाल कँडेलले जनताको त्याग वलिदानवाट प्राप्त ब्यवस्था, लोकतन्त्र ,गणतन्त्रलाई प्रश्न गर्ने माथी कामले बिर्को लगाउनु पर्ने बताए । उनले भने, ‘संघीय ब्यवस्था, लोकतन्त्र र गणतन्त्रमाथी यदा कदा प्रश्न उठाईन्छ । हामीले काम गरेर लोकतन्त्र र गणतन्त्र विरोधीलाई विर्को लगाउनुपर्दछ ।’
अहिलेको राजनीतिको युग होईन बिकास र समृद्धिभएकाले सवै एकतावद्ध भएर अघि बढनुपर्ने कँडेलको भनाई छ ।
युग संवाददाता । सुर्खेत । २५ पुष २०८०, बुधबार १६:००