सहकारी महासंघका सञ्चालक योगीलाई सम्मान

राष्ट्रिय सहकारी महासंघ लि. को केन्द्रीय सञ्चालकमा निर्वाचित हरिहरनाथ योगीलाई बधाई तथा सम्मानको कार्यक्रम सम्पन्न भएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–४ को आयोजनामा बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सञ्चालक योगीले देशभरीका सहकारीहरुको साझा थलो भएकाले राज्यको ३ खम्बे अर्थनितिलाई प्रभावकारी बनाउन आफ्नो योग्दान हुने बताए । उनले सहकारी क्षेत्रको आफ्नो लामो अनुभवलाई राज्यको नीति निर्माणमा योगदान गर्ने अवसर मिलेको बताउँदै कर्णाली प्रदेशमा सहभागिले भोगेका समस्यालाई निति निर्माण तहमा पुरयाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जनहितकारी सहकारी संस्थाका निवर्तमान कोषाध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान सञ्चालक सदस्य लोक प्रसाद ढकालले स्वागत मन्तव्य राखेका थिए भने सहकारीका ब्यवस्थापक हिमलाल गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया