साँघुरो सडकका कारण सल्लिवजारमा दैनिकी दुर्घटना वढ्न थाल्यो

सल्यानको सल्लिवजारमा मोटर साइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा भे ९ प २४४० को मोटर साइकलिमा सवार बनगाड कुपिण्डे नगरपालिका १ अम्राका २२ वर्षिया विरेन्द्र बुढा घाइते भएका छन् ।

छिन्चु जाजरकोट सडक खण्डको देवस्थल देखि सल्लिवजार तर्फ आउदै गरेको रा १ त ३४२४ को ट्याक्टर र विपरीत दिशा सल्लिवजार देखि देवस्थल जाँदै गरेको मोटरसाइकिल एकआपसमा ठोकिएको जनाएको छ ।

घटनाको कारण भने अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरीको भनाइ रहेको छ ।वुढाको बायाँ खुट्टा र मुखमा चोट लागेको जनाएको छ ।अवस्था भने खतरामुक्त रहेको वताएको छ ।वुढालाइ सल्लिवजारमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

केही दिन अगाडि वाइकको ठक्करबाट सोहि स्थानमा एक जना स्थानीय घाइते भएका थिए ।साँघुरो सडकका कारण सल्लिवजारमा दैनिकी दुर्घटनाको संख्यामा वृद्धि हुन थालेको छ ।

तपाईको प्रतिक्रिया