सल्यानमा एक पुरुष होटलमा सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको कालिमाटी गाउँपालिका–२, भान्टाकुरा घर भएका वर्ष ३६ का मोहनलाल कामी सेतीखोला स्थित न्यु मध्यपस्चिम मम एण्ड नास्ता पसलमा सुतेकै अवस्थामा आइतवार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार विक शनिवार मात्र दैलेखबाट आएका थिए ।
घर फर्किन अबेर भएकाले उनी आफन्त पर्ने होटल ब्यबसायी प्रेम विकको नास्ता पसल तथा होटलमा गएर सुतेका थिए । आइतवार विहान अबेरसम्म नउठेपछि होटल साहु प्रेम विक उठाउन जाँदा सुतेकै अबस्थामा मृत फेला परेका थिए ।
आफन्तको होटलमा सुतेका कामीको के कारण मृत्यु भयो भन्ने खुल्न नसकेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी निरीक्षक धमलाले बताए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
युग संवाददाता । सल्यान । १४ माघ २०८०, आईतवार १७:४९