परिमल जुम्लीको गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक
साहित्यकार रामकृष्ण बुढ्थापा परिमल जुम्लीको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन गरिएको छ। कर्णालीको सन्देश साप्ताहिक जुम्लाले सोमबार रामकृष्ण बुढ्थापाक ‘परिमल जुम्ली’ द्वारा लिखित गीति नाटक ‘प्रतिज्ञा’ नामक पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य, उच्च अदाल सुर्खेत जुम्ला ईजालस जुम्लाका न्यायाधीश कैलाश गुरुङ सहित वरिष्ठ पत्रकार, बुद्धिजीवी लगायतको उपस्थिती थियो।
समाजमा सु–व्यवस्थाा कायम राख्न साहित्य समाज र कुशल पत्रकारिताको ठूलो भुमिका रहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। उनले भने, ‘साहित्य समाजको ऐना हो।लेखकको संघर्षपूर्ण जीवनबारे छोटोमा समिक्षा गर्दै थोरै समयमा व्याख्या गर्न सम्भव नभएको जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले बताए।
‘म सानो हुँदा लेखकले मेरो गाउँमा गरेको कार्यक्रम सम्झिँदा चलचित्र हेरेझैँ लाग्थ्यो,’ उनले भने।उनले लेखको राजनीतिक जीवनबारे पनि चर्चा गरेका थिए। उनले थपे, ‘लेखकलाई राज्य सत्ताको प्रमुखको भूमिकामा देख्न चाहेको थिएँ। तर त्यो आशा निराशामा परिणत भयो।’उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश गुरुङले पुस्तक पढ्दा मुनामदनको झल्को दिएको बताए।
विकृति विसंगति न्यूनीकरण गर्न लेखक तथा रचनाकारको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे।एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले गीतिनाटक प्रतिज्ञाका लेखक बुढ्थापा एक कुशल व्यक्ति र समाजसेवी रहेको बताए।कार्यक्रमको समापनमा लेखकले आफ्नो कष्टकर जीवनको समिक्षा गरेका थिए। सानै देखि साहित्यमा रुचि रहेको उनले बताए।सार्वजनिक भएको पुस्तक उनको तेस्रो संस्करण हो।
यस गीति नाटकमा तीन जना पत्रलाई समेटिएको छ। जो बैशागी, चैते र गोपाल नामका छन्।उनीहरुको गरिबीको पीडा बारे नाटक केन्द्रित रहेको लेखकले बताए। लेखक हाल ७७ वर्षका भए।‘नाटक विधा मेरो लेखन जीवनका अविस्मरणीय घटनाहरु मध्य प्रमुख हो,’ उनले भने, ‘साहित्यलाई जुम्लामा जोगाई राख्न युवा पुस्ताले पनि यसलाई अध्ययन गर्नु पर्ने ठानेको छु।’
उनी जुम्लाको चन्दननाथ नगरपालिका – २ खोलीकोटका स्थायीको बासिन्दा हुन्।यसअघि ‘शपथ र नाता’ (नाटक), ‘हाम्रो स्वर्ग र छोरी’ (उपन्यास), ‘परिमल जुम्लीका चिठ्ठीहरू’ (लेखसंग्रह)लगायतका पुस्तकहरु प्रकाशन गरिसकेका छन्।




