मिलन समीर यसरीत मेरोलागी नयाँ नाम होइन । राष्ट्रिय साहित्य महोत्सव २०६८ मा उहाँ सुर्खेत आउँदा एउटा होटलको बैठक रुममा भेट भएको थियोे । देश भरबाट सुर्खेत आउनु भएका साहित्यकारको हुलमा उहाँ पनि हुनुहुन्थ्यो । होटलको बैठक कोठमा एउटा मुसायरा चल्दै थियोे । सबैले आफ्नो परिचय सहित रचना सुनाए । पहिलो पटक उहाँलाई चिन्ने अवसर त्यति खेरै जुरेको थियोे । परिचय भएर पनि एक आपसमा घनिभुत रुपले अन्तरघुलन हुने मौका त जुरेन तर उहाँको नामबाट म भने टाढा कहिल्यै भएन । भुल्ने नबनाउनु उहाँले स्याङ्जामा गरिरहने साहित्यिक गतिविधि नै प्रमुख कारण हुन् ।
सन २०२३ सेप्टेम्बर १, २ र ३ गते काठमाडौंमा कलिङ्ग लिटेचर फेष्टिभल भएको थियोे । हाम्रो बसाइँ थियोे ठमेलको स्काईलाइन होटलमा । होटलको ग्यालरीमा देशभरबाट जम्मा भएका साहित्यकारहरु जम्मा भएका थिए । त्यस भिडको सदस्य मध्ये स्वयम म पनि एक थिएँ । हुललाई माझ भागबाट छिचोल्दै मिलन समीर म तिरै बढ्नु भयो र प्रिय दुश्मन उपहार स्वरुप हातमा थमाउनु भयो । मलाई पहिलेनै उहाँको हातमा पुस्तक देखेर डर लागि सकेको थियोे । पुस्तक ग्रहण पश्चात कवि मिलन समीर जी को एउटै वाक्य थियोे । सर अध्ययन पश्चात् कविता संग्रहमाथी धारणा अवश्य पाउँ । प्रिय दुश्मन त समीर जीले उपहार नदिए पनि किन्ने मोड त थियोे नै मेरो । तर प्रिय दुश्मन हातमा परेपछि मलाई ग्रहौं बनायो । उपहार पाउँदा मान्छे खुशी त हुन्छनै तर कतिय उपहारले मान्छेलाई चुनौती थपेर जिम्मेवार बनाउने रहेछ ।
प्रिय दुश्मन कविता संग्रह भित्र कवि मिलन समीरका ३१ वटा कविताहरु समाविष्ट छन् भने ११ जना बौद्धिक व्याक्तित्वहरुको आलेख सहितको दृष्टिकोण प्रिय दुश्मन माथी रहेकोछ ।
पुस्तकको मूल्य तीनसय रहेको छ भने उक्त कविता संग्रहको प्रकाशक राजीव ज्ञवाली हुनुहुन्छ र वितरक सम्पूर्ण किताब नारायणगढ चितवन रहेको छ ।
मान्छेको जीवनमा मान्छेहरु दुश्मन बनेर ठोक्किन्छन् नै यद्यपि के साच्चै मान्छेको जीवनमा प्रिय दुश्मन हुन्छ होला त ? कविता संग्रहको आवरणमा लेखिएको शीर्षक पढेपछि सबैलाई अनौठो लाग्ने प्रश्न यही हो । मलाई प्रश्नले हैरान मात्रै बनाइएन म केही दिनसम्म सोच मग्नमै भएर बुद्धिसागरमा डुबे । किताबमाथी आफ्नो दृष्टिकोण कसरी पोखौं । म रनभुल्लमै परे । कविताको अध्ययनले मान्छेको मनमा बिचारको तरंग प्रवाह गरेका उदाहरण थुप्रै छन् तर कृतिको नामलेनै पाठकलाई तरंगित बनाउनु कविको अनुपम कलाकारिता हो । बाल्यकालमा गुलेली खेलेर देशको सिपाही हुने सपना बुन्ने मिलन समीर, मोजाको बल खेलेर राष्ट्रिय खेलाडी बन्ने हुर्मत पालेका मिलन समिर एक कुशल शिक्षक भएर डस्टर र चकमा लडिबुडी गरेर शिक्षाको मसाल बालेर देश उज्यालो बनाउने सपना बुने होलान कि नाई ? समिरको बेगमा चोटिला कविता लेखेर समाजका दुश्मनलाई नाङ्गेझार पार्छु भन्ने सपना थाङ्नाको बलको लागि साथीभाईसंग झगडा गर्दा सोचे होलानकी नाई ? आमाले झोलामा नास्ता राख्न भुल्दा र बुवाले कापी, कलम किनेर स्कुल पठाउँदा म एउटा कवि हुन्छु भन्ने कुरा समिरले बाल्यकालमा सम्झेहोलान कि नाई ? प्रिय दुश्मन पढेपछि मिलन समिरको बाल्य अवस्था तिर फर्किन मन लाग्यो । लगतै फोन पनि गरिहाले । पहिलो घण्टीमानै उहाँले फोन रिसिभ गर्नुभयो । नभन्दै डाक्टर, इन्जिनियर, खेलाडी, लाहुरे हुने सपना उन्नबाट उहाँ अछुतो रहनुभएको रहेनछ । संयोगले उहाँ त्यो क्षत्रतिर जानू भएन । उता गएको भए कवि पो हुनुहुन्थेन कि ? गएको भएत यति राम्रा कविता जन्मिनबाट नियतले हामीलाई ठग्ने रहेछ भन्ने लाग्यो ।
प्रिय दुश्मन समाजको एउटा बिकृति र बिसंगति विरुद्धको बृत्त चित्र हो । नेताहरुले समाजलाई कसरी दुरगति तिर लिइरहेका छन् । आफुलाई समाजको समाजसेवी ठान्ने मान्छेहरुले कसरी समाजलाई बिक्रि त पारेका छन् । साथी हुँ भन्ने ले साथीलाई कसरी ठगेको छ । शिक्षक हुँ भन्ने ले शिक्षककै जरा कसरी काँटी रहेको छ । आफुलाई सन्त महात्मा बताउँने साधुले धर्मको नाउँमा समाज कसरी दुषित बनाएको छ । याबत कुरालाई मिलन सिरले मिहिन रुपले प्रिय दुश्मनमा उठाएका छन् । दुश्मनले नुहारनदेखीको बल लगाएर आफू माथी राजनीतिक, धार्मिक, शैक्षिक, बौद्धिक, भौतिक, साँस्कृतिक, सामाजिक तथा बाहुबली प्रयोग गरेर प्रहार गरिरहँदा पनि लेखक दुश्मनप्रति एक निमेष नकारात्मक नहुनु लेखकिए मुख्य तागत भनेकै यही हो । हाम्रो जनजिब्रोमा झुण्डिएको उखान नै छ’ मर्ने बेला कुखुराले पनि छडी हान्छ’ उक्त उखानलाई कविले लेखकिए कलाले मात दिएका छन् ।
कवि मिलन समीरद्वारा लेखिएका कविताको अनुषरण जो कोहीले गर्ने हो भने रिस आबेग र द्वयस कसैको मनमा रहने छैन । युधिष्टिर धर्मका अनुयायी हुन् सात हजार बर्ष पुरानो महाभारत युद्ध हुनुमा युधिष्टरको पनि केही न केही हात छ । धर्मका पालक भएर पनि युधिष्टिरले धर्मको रक्षा गर्न नसकेको उदाहरण महाभार अध्ययन गरेका जो कोहीले सहजै अनुमान गर्न सक्छ । यो संग्रह भित्र लेखक र प्रिय दुश्मन एक अर्का विरुद्ध निख्खर दुश्मन भएर चट्टाने भीर झै उभिएका छन् । दुश्मनले लेखकप्रति प्रहार गरिरहँदा पनि बदलामा कविले दुश्मनलाई सच्चिन र समाजको सबल नागरिक बन्न सुझाएको बिषयले गलत काम गरिरहेको दुश्मननै लेखकको अर्ति उपदेशबाट थकित भएर रत्नाकरबाट वाल्मिकि हुने अवस्थामा पुगेको देखिन्छ । दुश्मनप्रति लेखकको सहानुभुती रहीरहनु दुश्मनलाई लेखक प्रिय र लेखकलाई दुश्मन प्रिय लाग्न थालेको घटनाले कवितामा कौतुहल्ता उत्पन्न गर्छ । कवि आफ्नो कट्टर प्रिय दुश्मनलाई कविताका बङ्कीहरुद्वारा प्रास्त गरेर आफ्नो प्रिय मित्रहुन यसरी सुझाउँछन् ।
प्रिय दुश्मन
हामीबीचको खतरनाक दुश्मनीलाई
संधैका लागि
सहृदयी सिर्जनशील मित्रतामा
अनुवाद गर्न सक्छौ भने आऊ
संगै मिलेर
एकआपसमा हातेमालो गर्दै बढौं
प्रिय दुश्मन
तिमीलाई सदैव हार्दिक स्वागत छ ।
एक दार्शनिकले भनेका छन् । मान्छेबाट गल्ती हुनु ठूलो कुरा होइन गल्तीलाई महसुस गरेर सुन्दर कर्मको लागि अघि बढ्नु राम्रो कुरा हो । एक पटक गलत गरेको नाउँमा उसलाई सामाजिक बहिस्करण गरेपछि उक्त मान्छेबाट अन्य ठुला दुर्घटनाहरु घटेर अकल्पनिय घटनाहरु समाजमा घटेका उदाहरण छन् । त्यसैले अकल्पनिय घटना नघटुन भन्ने कुरामा कवि सहज हँुदै गल्ती गर्ने मान्छे सच्चिनु त पर्छ नै उसलाई क्षमादान गर्ने कुरामा पनि कविको मन उदार देखिन्छ । स्थायी दुश्मनको रुपमा कसैलाई पनि हेर्नू हँुदैन भन्ने समीरको मत रहेको छ ।
खहरेजस्तै सम्झिएर होला
आँधीखोलालाई
दुवाली थुनेर चिप्रिक्कै सुकाउन खोजिरहेका छौँ
सबैलाई आफुजस्तै सम्झिएर
चुकाउन खोजीरहेका छौँ ।
समाजको स्वार्थलाई गौण ठानेर जस्ले आफ्नो स्वार्थलाई प्रमुख ठान्छन् । अर्थात यसो भनौ, आफ्नो बैयक्तिक स्वार्थको लागि आमालाई पोईल लगाएर जारी खानपछि नपर्ने कुलाङ्गार पात्रहरुलाई समिरको चुनौती छ । आफुलाई फुटेको ऐनामा देखिने प्रतिबिम्बको रुपमा नहेर्न सुझाएका छन् । प्रकृति विश्वासको धरहोर हो, प्रकृति जीवनज्यूने आस्थाको धरहोर हो । प्रकृति प्रेमको धरहोर हो । प्रकृति दैविक आस्थाको धरहोर हो । कवि समीरले आफुलाई प्रकृतिसंग तुलना गरेका छन् । त्यसैको रुपहो स्याङ्जाको आँधी खोला । हजारौं मान्छेका सुख दुःखमा साथ दिदै युग कालदेखि निरन्तर बगि रहेको आँधी खोलालाई खहरेको रुपमा नबुझ्न कवि को चेतावनी छ । खहरे भरिएको र सुकेको उसैलाई थाह हुँदैन । युगकालदेखि निरन्तर बहँदै आएको आँधी खोलामाथी छेणखानी गरेर सुकाउने र सताउने हुर्मत कसैले गर्छ भने उसैको लागि दोआली गलपासो बन्ने कुरामा कविको चेतावनी पूर्ण सुझाब पनि देखिन्छ ।
मन मस्तिष्को फराकिलो मझेरीमा
ओछ्याएर समझदारीको सुन्दर गलैँचा
दुबै काँधको करेसामा लटरम्म फलाएर
गहन जिम्मेवारीका तीते करेलाहरु
हृदयको फराकिलो आँगनीमा फिँजाएर
मान्छेको शरीरमा हुने आधारभुत संरचनाले मात्रै मान्छे मान्छे हुन सक्दैन । मान्छेको दृष्टिकोण, उसको चेतना, मानवभित्र हुने मानवीय गुण मान्छे भित्र हुनुपर्ने प्रमुख गुण हुन् । अहिले पनि जंगलमा मान्छेहरु छन् । उनीहरु कन्दमुल र जंगली जीव प्राणीको सिकारमा उनीहरुको जीवन चली रहेको छ । २१ औं शताब्दीको मानव र बर्बरयुको मानव हुनुमा के फरक थियोे होला भनेर अहिले आएर खोज अनुसन्धान गर्ने सहास गर्यौं भने हामी कल्पना समेत गर्न सक्दैनौं अहिले पनि फिरन्ते जीवन यापन गरिरहेका राउटे समुदायलाई देख्ने हो भने पनि । राउटे समुदायहरुको शिक्षा, स्वास्थ्य, आहारविहार, भौतिक सुख सुविधामा उनीहरुको अवस्था अहिले पनि नाजुक छ । तर नाजुक हँुदा हँुदै पनि उनीहरु आफ्नो समूहमा मिलेर बसेका उदाहरणले आफुलाई चेतनशील बताउने मान्छे र उहाँहरुमा के कुराको फरक रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । भौतिक सुविधाको सानमा लक्जरी जीवन जिउनु मात्रै मानवताको परिचय होइन । मान्छे हुन लाइत सानो ठाउँनै किन नहोस समाजमा मिलेर बस्न सक्नुनै ठुलोकुराहो भन्ने कुराको बोध राउटे समुदाएको जनजीवनले प्रस्टाएको छ । खाली हात आएको मान्छेरुपी चोला खाली हातनै जानु पर्छ भन्ने कुराको दिशाबोध मान्छेले किन गर्दैन भन्ने कुराप्रति कविले गम्भीर चिन्ता प्रकट गरेका छन् ।
तिते करेला आफैमा तितो तरकारी हो । सबैलाई तिते करेलाको स्वाद राम्रो न लाग्न सक्छ । हुन त औषधी पनि तितै हुन्छ । तर औषधीले हजारौं मानिसको ज्यान बचाउँछ । तिते करेलाई औषधीसंग तुलना गर्दै । धेरै नरम बोल्न नसके पनि सबैको आँखमा नौनी बनेर परेलीमा अटाउन नसके पनि जसरी तितेकरेला प्रेसर घटाउनको लागि मान्छेको जीवनमा केही समयको लागि भएपनि दबाईको काम गर्छ । त्यसैगरी हामी पनि मानव समाजको लागि तितेकरेला हुन सकौं कविको जिज्ञासा रहेको छ । मनको साघुरो चौकिल्लालाई फराकिलो बनाएर सुन्दर मस्तिक्स र खुल्ला हृदयका साथ मानवले मानव समाजको सेवामा लागौं । रिस राग र द्वयस मनमा नराखौं भन्ने अटुट चेतनारुपी सन्देश कवितामार्फत छन् खोजेका छन् ।
मिलन समीर युवा कवि त हुन नै । अल्लारे पनबाट जोगिँदै भावको गाम्भिर्यतालाई आत्मसाथ गरेर कविताका बाङ्कीमा बौद्धिक जलप लगाउनुले उनलाई पाको कविको रुपमा मैले बुझेको छु । आफुलाई पाको कविको रुपमा उभाई राख्नु जो सुकै कविको प्रमुख धर्म पनि हो । समाजमा बिग्रह नआओस । गलत बिषय बस्तुको कथाको भागिदार समाजमा नहोस । सन्तुलित र सुन्दर समाज निर्माण गर्ने कुरामा समाज नचुकोस भन्ने उद्देश्यका साथ समिरले समाजमा हरेक तहबाट देखा पर्ने गलत प्रवृत्तिका विरुद्ध समीरले तीखो प्रहार गरेका छन् । उनले, नेता, समाजका अगुवा, शिक्षक, डाक्टर, इन्जिनियर, ठेकेदार, कालो बजारी, साथी, आफन्त र घर भित्रकै मान्छेलाई पनि प्रहार गर्न समीर चुकेका छैनन् । गलत गर्ने जोकोही समाजको दुश्मन त हो नै तर उसलाई मित्रवत आलोचनाको आरनमा गालेर राम्रो मान्छे संगै प्रिय साथी बनाउनु पनि उनको प्रमुख उद्देश्य रहेको छ । उनका कविता अध्ययन गर्दा दुश्मनको व्यबहारप्रति अध्यताको नै रिसको पारो तातेर नब्बे डिग्रीसम्म उम्लन्छ तर लेखकले गरेको क्षमादानलाई आत्म साथ गर्दै गर्दा एक्कासी रिसको पारो घटेर जिरो डिग्रीमा झर्छ र रिस पनि मर्छ । केही अघि कट्टर दुश्मन लाग्ने मानिस माथी केही समयपछि दयाभाब जागेर उसमाथी प्रेमको सागर दौडने गर्छ । लेखकको उक्त कलाले सबैको पाठकको मन छुन्छ ।
कविता उम्दा हुँदाहुँदै पनि केही केही ठाउँमा कवि चुकेको अनुभुती पाठकलाई पनि लाग्ने गर्छ । कविता लामा र छोटा दुई प्रकारका छन् । छोटा कवितामा भावको गरुङ्गो आत्माले कवितालाई खदिलो बनाएको त छ नै तर लामा कवितामा उहीँ प्रकारको भाव बारम्बार दोहोरीनाले कविताको भाबलाई हलुङ्गो बनायो की ? यो बिषयमा कविले आउने दिनमा नजरअन्दाज नगरी अघि बढेको खण्ठमा कविताले अझै जीवन्तता प्राप्त गर्ने कुरामा दुई मत छैन । कविता लेखनीमा कविले अभिधा भाषा शिल्पको प्रयोग मनग्य गरेको पाइएको छ । त्यसको साथ साथै लक्षण र व्यञ्जना भाषा शिल्पको प्रयोग गरेर कवितामा शब्दको कसी लगाएको भए कविताहरु अझै स्पात र सशक्त बन्ने थिए भन्ने मेरो ब्यक्तिगत धारणा रहेको छ । खैर केही छैन लेखनी आफ्नो कला हो । त्यहीँ शैली लेखकको पहिचान पनि हो । एउटै दुश्मनको लागि फरक फरक कोणबाट बिषय बस्तुको उठान गरेर लेख्न सक्नु मिलन समिरको महत्वपूर्ण बौद्धिक कला हो ।
धिरेन अनुपम । सुर्खेत । २० माघ २०८०, शनिबार ११:१५