धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा दौडिएका छन् । चार पटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका धावक अमृत बस्नेतले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली मेची एक्लै खाली खुट्टा दौडिएका हुन् । उनले यो दौड ‘शोकका लागि दौड‘ भन्ने नाराका साथ उनले दौड सुरु गरेको हुन् ।
काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक अमृत बस्नेतले खाली खुट्टा दौडिएर चार पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको नाम कोरी धावक अमृतको यो एकल खाली खुट्टा दौडको उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्नु रहेको उनले बताए ।
यस दौडको लम्बाई कुल १ हजार ५० किलोमिटर रहेको छ । उनले अहिलेसम्म पाँच सय किलोमिटर दौड पूरा गरेका छन् । अब ५ सय ५० किलोमिटरको दुरी दौड्न बाँकी रहेको छ । उनको दौडअनुसार फागुन ६ गते,१० औँ दिनमा यो दौड सम्पन्न हुने अपेक्षा गरिएको छ ।
आईतवार उनको छैटौँ दिन नारायणघाटदेखि बारा जिल्लातर्फ दौड यात्रा सुरु भएको छ । हालसम्म उनले स्थानीय सरकार, संघ संस्थाबाट कुनै पनि सहयोग नपाएको उनले बताए । दौडको यात्रामा सबैबाट साथ र सहयोगको अपेक्षा गरेका छन् ।
युग संवाददाता । जाजरकोट । २८ माघ २०८०, आईतवार १३:३१