कर्णाली प्रदेशमा रहेका १० वटा जिल्ला मध्येमा प्रदेशको केन्द्र हो सुर्खेत । विकासका दृष्टिले देशकै सबैभन्दा पछाडी परेको प्रदेश हो कर्णाली प्रदेश । यसमा रहेका जिल्लाहरुमध्येमा सबैभन्दा विकसित र अन्य जिल्लाका नागरिकको रहेको केन्द्रविन्दु हो सुर्खेतको वीरेन्द्रनगर । जहाँ विभिन्न ठाउँबाट सुर्खेत झरेर बस्नेको बाहुल्यता रहेको छ ।
अझ भनौ गाउँमा बिगौ बिगा जमिन भएका जमिनदारको पनि एउटै सपना रहन्छ कि वीरेन्द्रनगरमा ५ मिटर भएपनि जग्गा लिएर सपनाको घर बनाएर बस्ने । यसरी हेर्दा पनि थाहा हुन्छ कि सुर्खेतको वीरेन्द्रनगर प्रदेशको मुटु र धेरैको सपनाको संसार हो । जहाँ मानिस सुखभोग गर्न,राम्रो शिक्षा लिन,सुविधासम्पन्न स्वास्थ्योपचार पाउन लगायतका चिज यहाँ पाउने अपेक्षासहित जनसङ्ख्याको धेरै हिस्सा यहाँ बसोबास गर्दछन ।
यसरी आफ्नो सपनाको संसारमा रमाउने जुन सपना देख्छन मान्छे त्यो पुरा गर्ने एउटा साधन हो हवाई यातायात ।
हवाई यातायात प्रदेश स्थापनाभन्दा अगाडी वीरेन्द्रनगरबाट कर्णालीका जुम्ला, हुम्ला,मुगु,डोल्पा लगायतका जिल्लामा मानिस ओसारपसार गर्थे । यसैगरी खाद्यान्न र अन्य आवश्यक चिजहरु समेत ओसार पसारमा हवाई सुविधाले सहज बनाएको थियो ।नेपाली सेनाका नेता बोकेका हेलिप्याड हिजो पनि उड्थे र आज पनि उड्छन ।
बिडम्वना के भन्दा पहिला सुर्खेत काठमाण्डौ उडान नियमित थिएन । कर्णालीका दुर्गम जिल्लामा नियमितजसो उडान हुन्थ्यो । अहिले भने सुर्खेतको विमानस्थल सुर्खेत–काठमाण्डौंदैनिक तीन उडानमा मात्र सिमित भएको छ । नयाँ भएजस्तो देखिएता पनि पुरानो हँुदै आएका उडानहरु नेपालगञ्ज सरेको छ । हवाई यातायात नेपालगञ्ज सरेसङ्गै कर्णाली प्रदेशमा हुने व्यापार व्यवसाय पनि मान्छेसितै लुम्बिनि प्रदेशमा गएको छ । काठमाडौ–सुर्खेत सिधा उडानले केही चहलपहल बढेको भने छ । यहाँका होटल रेष्टुरेण्टदेखी अन्य व्यवसायमा पनि यसले थप टेवा पु¥याउँछ । स्थानीय उत्पादनले बजार पाउँछ । स्थानीय युवाले रोजगारी पाउँछन ।
जति धेरै हवाई यातायात सञ्चालन भयो त्यति नै धेरै व्यक्तिहरुले यहाँका चिज वस्तुहरु प्रयोग गर्छन । उनीहरुले कर्णालीका खर्च गरेको रकमले कर्णालीको विकासमा मद्धत गर्छ । एयरपोर्ट विस्तारको कुरा बर्षमा एक पटक जसो नेताले आफु छुँ है भन्नलाई विषय उछलकुद गर्छन तर हात लाग्यो सुन्य छ । ल ठिक छ विस्तारको कुरा समय लाग्ला, लाग्छ तर भएको एयरपोर्टलाई पुरै फेजमा चलाएर कर्णालीका जिल्ला लगायत देशका अन्य शहरहरुमा उडान सुचारु गर्न केल्ले रोक्यो होला ? हुन त चुनाव आउन अझै केही समय बाँकी छ । नजिक–नजिक चुनाव आउँदा चर्चा गरे भोट आउला ।
अहिले नै कथम कदाचित सुचारु भए चुनावी नारा के बनाउने भन्ने नेताहरुलाई चिन्ताको विषय पनि त होला ? चुनावी फण्डाको लागि काईदाको मसला भाछ सुर्खेत विमानस्थल विस्तार र दुर्गम उडानको नारा । जुन नाराले धेरैलाई नेता बनायको छ तर आफु बन्न सकेको भने छैन । कुरिराछ सुर्खेत विमानस्थलले कि कुरीकुरी मान्ने कोही नेता जन्म्यो होला कि नाई भनेर ।
भाषणमा अनेक सम्भावनाका ढोकामा लागेका ताल्चा देखाउने नेताहरुका आँखा कहिलेदेखी विरामी छन् कुन्नी ? हुन त के नेतालाई मात्र दोष दिनु छ र यहाँ । आफ्नो पार्टीका नेता सत्तामा नहुँदा अर्कोले केही विकास गरिपो हाल्ला कि? मेरा नेता ओझेलमा पर्लान कि? फेरी आफ्ना नेताको चुनावी नारा के लगाएर सत्तामा पुग्लान ।
भनि चिन्ता गर्ने तलुवाचट कार्यकर्ता पनि कहाँ कमका छन् र ? साउनमा आँखा फुटेकालाई सधैं हरियो देखाउनमा । सुर्खेतको विमानस्थल विस्तार हुँदा त्यो जमिनमात्र विस्तार हुने त होइन त । स्थानीयले पनि बरु हामीलाई विकल्प माग्ने हो सरकारसङ्ग कि हाम्रो बसोबास स्थान अधिग्रहण गर्दा हाम्रो सुनुवाई कसरी गर्छ सरकारले ? उचित सम्बोधनको विकल्प सहित आफ्ना कुराहरु स्पष्ट राखेर विमानस्थल विस्तारमा हातेमालो गर्दा सबैलाई फाईदा हुने कुरातिर पो ध्यान दिने कि?
युग संवाददाता । सुर्खेत । ७ फाल्गुन २०८०, सोमबार १२:४७