जुम्लामा १० हजारबढी बालबालिकाले दादुरा-रुबेला विरुद्दको खोप लगाउन पाउने भएका छन्।
यहीँ फागुन महिनाको १३ गतेबाट जुम्लाका ८ वटै स्थानीयतहका १० हजार ७ जना बालबालिकालाइ दादुरा-रुबेलाको खोप लगाइनेछ।जिल्लाका १५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई ८ स्थानीयहमा दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन्।
राष्ट्यि खोप कार्यक्रम अन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा-रुबेला खोपमुक्त नेपाल घोषणा गर्ने लक्ष्यनुसार खोप अभियान सञ्चालन हुन लागेको प्रमुख सापकोटाले बताए। उनले भने,’खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुने छन् । भने सबै पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
खोप उमेर समुहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुद बनाईएको छ ।’ जन्मेदेखि १५ महिना अवधिभर लगाउने पर्ने विभिन्न खोप नलगाएपछि दादुरा-रुबेला रोग संक्रमरण हुने भएकोले दादुराको खोप अनिर्वाय लगाउनु पर्नेमा उनको भनाइ छ।
पहिलो चरणमा चन्दननाथ नगरपालिका,गुठिचौर,पातारासी र तातोपानी गाउँपालिकामा यहीँ फागुन १३ देखि १८ गतेसम्म र दोस्रो चरणमा तिला,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान संचाला हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले बताए।
सरकारी तथ्यांकनुसार खोपउमेर समुहका १६ प्रतिशत बालबालिका अझै नियमित खोपबाट बन्चित रहेका छन्।नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएपनि सफल हुन सकेन् । पुनस् नेपाललाई सन् २०२६ सम्म दादुरा(रुबेला निवारण गर्ने घोषणाका लागि यहीँ फागुन १३ गतेदेखि देशभर खोप अभियान थालिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले लक्ष्यनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउनु पर्ने बताए।उनले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
गाेल्डेन बुढा । जुम्ला । ९ फाल्गुन २०८०, बुधबार १९:५७