सम्पादकीय : शान्ति सुरक्षामा ध्यानदेउ

कर्णाली प्रदेशको राजधानि हो वीरेन्द्रनगर सुर्खेत । यो प्रदेश स्थापना भएसङ्गै सपनाको सहर पनि बनेको छ । शिक्षा,स्वाथ्य र रोजगारीका हिसाबले पनि वीरेन्द्रनगर कर्णालीका अन्य जिल्ला भन्दा सुगम मानिन्छ । धेरै ठाउँका मानिसको यहाँ बसोबास रहको पाईन्छ । तर पछिल्लो समयमा यहाँको शान्ति, सुरक्षाको बिषयमा चासो र चिन्ता रहेको छ । दिन दहाडै कुनै व्यक्तिलाई गोलि प्रहार हुन्छ ।

राजधानिजस्तो शहरमा त लाखौं मानिसको बसोबास रहेको स्थान हो । तर सुरक्षाको हिसाबले असाध्यै कमजोर रहेको महसुस भएको छ । सुरक्षा निकायमा शान्ति स्थापनार्थ बिभिन्न कार्यक्रमहरु छन । त्यो हुँदाहुँदै पनि यसरी गोली प्रहार हुनु आफैमा दुखद् त हो नै । त्यसैमा पनि यतिमात्र होईन अन्य यहाँ आउनेमा पनि डर,त्रास र भय भैनैराख्ेन भयो ।

जब प्रत्येक पाईलामा एउटा त्रास रहन्छ तब कसरी जीउछन् होला त्यस ठाउँका मान्छेहरु ? छोडौं बिकासका कुरा, छोडौं के के थिए सपना अधुरा, यहाँ त कहाँनिर कस्ले कतिबेला के गर्ने हो भन्ने त्राहिमाम अवस्थामै बाँच्नुपर्ने । कस्तो बिडम्बना , कस्ता ठाँउका नागरिक हामि ? घरबाट निस्कनेबेला आमा भन्नुहुन्छ– बाबु नगए हुँदैन आज तेरो काममा हेर त हिजो त्यसरी गोलि हानेर मान््छे झण्डै मारेनछन् ।

तँ त मेरो साहारा हाम्रो घरको आशाको केन्द्र तँलाई पनि कोही दुष्मनलागे भने ? तँलाई केही भैहाल्यो भने ? लामो सास, मलिन अनुहार लाउदै आमा भन्नुहुन्छ । पियारी भन्छीन होस् बरु यहाँ नबसौ बुढो अन्त कतै कसैले नचिन्ने ठाँउमा गएर बस्न पाएनी है । कम्तिमा प्रत्येक सास कतिबेला अन्तिहुन्छ भन्ने डर त नहुँदो हो नि है ? छोराछोरीका आँखा पढ्यो ति निर्दोस बच्चाको आँखामा पनि डरका झिल्काहरुले आगो दन्कीयको महसुस सजिलै गर्न सकिन्थ्यो । घरबाट पढ्न विद्यालय गएका छोराछोरि कुशल मंगल फर्केलान कि नफर्केलान ? कमाउन गएको छोरो, अफिस गएकाहरु, मेलापात गएकाहरु के हुने होला ? सोच्दासोच्दै कामका सेड्युयलहरु बिग्रन्छन् ।

रातहरु अनिदा हुन्छन । भेटभएका साथिभाई, एउटै थाल जुठो खाएको,एउटै कोखबाट जन्मिएकाहरुमाथि पनि पुरा विश्वास गर्न नसकिने यो कस्तो दिन आयो ? के एकाग्र भएर आफ्ना जिम्माका काम गर्न, आफ्नो जीन्दगि खुलेर बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार पनि हामिले उपभोग गर्न पाउनु पर्ने होईन र ? द्धन्दकालमा झै प्रत्येक सासमा डर लिएर बाँच्नुपर्ने अवस्था आएको हो त ? नागरिकको शान्ति सुरक्षाको लागि भनेर नेपाल प्रहरी,बिभिन्न सुरक्षा निकायहरु छन नेपाल सरकारको ।

तर पनि अनुभूती कहिले गर्ने आम नागरिकले ? बिभिन्न कार्यक्रमहरु पनि सञ्चालन त भैरहेको कुरा सञ्चार माध्यमबाट सुनिन्छ । तर त्यसको कार्यान्वयनको पाटोमा ध्यान अलि कम भयो कि ? जे भएपनि शान्ति, सुरक्षा र आमनचयनको बाताबरण सरकारले बनाउनुपर्छ । न कि कहिलेकाहींका दुर्घटना भनेर टार्दिने काम नहोस् । कुनै पनि सर्त बिना नागरिको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ ।
गलत गरेकालाई सहि दिशा निर्देश गर्ने ,कानुन बमोजीम कार्बाही गर्ने, राज्यबाट दिने सुबिधा कर्टौती गर्ने, सामाजिक बहिस्कार गरेर गलत कार्यलाई निरुत्साहीत गर्नुपर्छ ।

अझ हाम्रो देशमा त दोशीलाई मामाघरमा झैं मेजमानिसङ्ग बसिबसि खान दिनु पर्ने कतिलाई गलत क्रियाकलापमा लाग्नलाई प्रोत्साहन गरिरहन्छ । दोषि ठहर नियमानुसार भएकालाई एउटा प्रष्ट कानुन बनायर बिकास निर्माण र शारिरिक श्रम गर्न लगाउनु पर्छ निगरानिमा राखेर कि उसमा गलत बिचार आउन त के हजारचोटी सोचोस् की गल्तीगर्नुभन्दा पहिला उस्ले ।

अरबौ अरब लगाएर कारागार बनायर भात खुवाएर पाल्नु हुदैन अपराधिहरुलाइ । आम्दानि पनि हुने गलत बिचार पनि आउन नसक्ने गरि शारिरिक श्रम गराउने नियम बनायर कडाईका साथ लागु गरे अपराधकर्म गर्नेहरुको सङ्ख्यामा पक्कै कमि त आउछ नै , देश बिकासमा पनि यसले टेवा पुराउछ ।

तपाईको प्रतिक्रिया