हिमपातले ‘सुविकाल’ हिउँ परेपछि कृर्षक उत्साहित


जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन् । हिउँको प्रतीक्षामा बसेका उनलाई हिउँ परेपछि सुविकाल (सुखद समय) हुने आस पलाएको हो । ‘खडेरीले अनिकाल हुने चिन्ताले कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो,’उनले भने, ‘आँगन सेतो हुने गरी हिउँ पर्दा मनै खुसी भयो ।’ उनले भने,जति धेरै हिउँ आयो, उति धेरै जेठबाली र स्याउ ,ओखर फलफूलको सुविकाल हुने बताए ।

‘वर्षा र हिउँ परेपछि धूलो हटेर रुघाखोकीको बिराम पनि कम हुन्छ,’ उनले भने । शुक्रबारदेखि जुम्लाका सबैजसो उच्च गाउँबस्तीमा हिमपात भएको छ ।लामो समय हिउँ नपर्दा यहाँका किसानले डरैडरले स्याउको बगैंचा व्यवस्थापन गरेका थिए । हिउँले जमिन चिसो राखेर स्याउ बगैंचामा सिँचाइको काम गर्ने भएकाले भण्डारी निकै खुसी छन् ।

विष्णुबहादुर भण्डारीले ५ सय स्याउ विरुवा लगाएका छन्। भने,५० हजार वर्गमिटर क्षेत्रफलमा गहुँ र जौँ लगाएको बताउँछन्।खडेरीले पहेँलो थिए,अब राम्रो भयो,हिउँ वर्षाले खुसी छायो।हिउँसँगै वर्षा भएपछि हिउँदे बालीनाली सप्रिने आसले किसानहरूमा उत्साह छाएको छ । हिमपातका कारण जनजीवन प्रभावित, पशुचौपाया गोठभित्रै भए पनि खेतबारी सेताम्मे भएपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । ‘केही दिनअघिसम्म काला हिमाल देखेर मनै खसक्क हुन्थ्यो ।

हेर्नै मन लाग्दैनथ्यो,’ ‘अहिले बल्ल हिउँले हिमाल हिमालजस्ता देखिन थालेको बताउँछन् अर्का किसान सोही गाउँका भैरबहादुर भण्डारी। जुम्लाको पातारासी, काञ्जिरोवा, भुरीचुला र चिमारामालिका हिमालहरू सेताम्य देखिन्छन्, खेतबारीसमेत सेताम्मे छन् ।’ हिउँदे वर्षा भएसँगै माटो रसिलो भएको बताउँदै उनले खेतीपाती पनि सप्रिनेमा आशा जागेको बताए । लामो समयपछि जुम्लामा हिउँदे वर्षा भएको छ । वर्षासँगै परेको हिमपातले केही महिना अगाडिको अघिसम्म यी हिमालहरू काला र उराठलाग्दा देखिन्थे, उनले भन्ने हराएको निद्रा हिउँदे वर्षासँगै फर्किएको छ ।

लामो समयसम्म हिउँदे वर्षा नहुँदा बाली सुक्न थालेपछि अनिकालको चिन्ताले उनलाई निद्रा पर्न छाडेको थियो । ‘यत्रो खेती त्यसै सुक्ने भयो भन्ने चिन्ताले मलाई मात्रै होइन, सबै गाउँलेलाई सताएको थियो,’ हिउँदे वर्षापछि राहत महसुस भएको छ, ‘ढिलै भए पनि अलि अलि धर्ती भिजाएको छ ।’ आकाशे पानीको भरमा खेती गर्ने किसानको चिन्तालाई हिउँदे वर्षाले केही राहत दिलाएको हो । हिउँदेबाली सुक्न थालेको थियो।सिँचाइको सुविधा कम भएका क्षेत्रका स्थानीयलाई खडेरीपछिको सम्भावित भोकमरीले सताउन थालेको थियो।

खडेरीले गहुँ–जौँ र उवा लगायत बाली सुक्न थालेपछि चिन्तित अर्की पातारासी गाउँपालिका –५ की पुनिमा बुढा यसै साता परेको हिमपातले राहत दिएको बताउँछिन् । ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ बुढाले भनिन्, ‘हिउँले सुविकालको आशा पलाएको छ । ‘बाली सपार्न हिउँकै प्रतीक्षामा थियौं,’ उनले भनिन्, ‘लामो खडेरीले बाली सुकेको थियो, अब उब्जनी बढ्ने आश छ ।’
यसअघि माघ तेस्रो साता कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत जिल्लामा हिमपात भएको थियो । तर,सन्तोषजनक परेन् । यो पटक किसानको मागअनुसार परेको छ ।

बालीमा रोगकिराको प्रकोप कम हुने र उत्पादन बढ्ने भन्दै किसानले हिमपातलाई सुविकालको रूपमा लिने गरेका छन् । ‘अहिले परेको हिमपातले जमिनमा डेढ महिनासम्म चिस्यान हुने कृषि विज्ञहरू बताउँछन्, यतिबेला भने हिउँले किसानमा उत्साह ल्याएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुखको बालकराम देवकोटाले बताए । स्याउ उत्पादन बढ्ने,रोग किराको संक्रमण हुने, स्याउ नफल्ने र कालोतुसारोले स्याउ सुकाउने गरिरहेको हुन्थ्यो ।
हिउँले चिस्यान प्राप्त हुने भएकोले स्याउको गुणस्तरीय उत्पादन हुने प्रमुख देवकोटा बताउँछन्।जुम्ला समुन्द्रसतह देखि झन्डै २ हजार १ सय वर्गमिटर भन्दा बढी उचाइमा छ। ३ हजार हेक्टर जमिन मात्रै सिँचाइ सुविधा पुगेको उनले बताए ।

अधिकांश बालि सुख्खा पाखोवारि खेती गरिन्छ।हिउँदे बालीको रुपमा रहेको जौँले १ हेक्टर क्षेत्रफलमा १ हजार ५ सय केजी उत्पादन हुन्छ । भने गहुँले प्रति हेक्टर २ हजा १ सय केजी उत्पादन दिइरहेको तथ्यांकले देखाएको छ । यो बर्षाले स्याउ र ओखरका विरुवा रोप्न महत्त्वपूर्ण भुमिका खेलेको कृषि प्राविधिकहरु बताउँछन् । जुम्लाको कुल खेतीयोग्य जमिन हेक्टर २४ हेक्टर क्षेत्रफलमा फैलिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। जसमध्ये २१ हजार हेक्टर क्षेत्रफल पाखोबारीले समेटिएको छ ।

तपाईको प्रतिक्रिया