हिउँमा अलपत्र परेकालाई उद्वार लागि पहल

जुम्लाको तातोपानी गाउँपालिकाले हिउँमा अलपत्र परेकाको उद्वार लागि पहल गर्न लागेको छ । जडिबुटि संकलन गर्न पाटन गएकाहरु अलपत्र परेपछि उद्वारका लागि गाउँपालिकाले स्थानीय प्रशासनलाई गुहार गरेको छ ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार हेलिकप्टर व्यवस्थापन गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेको बताए।तातोपानी गाउँपालिका– ७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका थिए ।

जसमध्ये ६ महिला र २ पुरुष छन्।जडिबुटि संकलन गर्न गएका उनिहरु तातोपानी–४ को धप्के पाटनमा अलपत्र अध्यक्ष चौलागाइले बताए । उनले भने, ‘सोमबार दिउँसो पाटनमा अलपत्र परेका अत रावत संग कुरा गरेको थिए, हामी सुरक्षित छौँ, खाधन्न पनि छ । कुनै जोखिम छैन । भनेर भने । मंगलबार गाउँका मान्छे आधाबाटो सम्म ल्याउन गए, तर लेखमा एक्दमै बाक्लो हिउँ भएकोले सम्बन्धि ठाउँ सम्म पुग्न सकेनन् ।’
मंगलबारदेखि सम्पर्क हुन सकेको छैन ।

अत रावत, संसार थापा, दिपा रावत,गोरी रावत मुछलदेउ, हरिशोभा रावत, शसिला रावत, गोरी रावत र जगमती रोकाया बारागाउँका स्थानीय फसेका हुन । यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिउँमा फसेकाहरु लागि उद्वार गर्न सरकारलाई हेलिकप्टर व्यवस्था गरिदिन पहल गरिएको बताए ।

तपाईको प्रतिक्रिया