वीरेन्द्रनगरमा एक जना पुरुष घाँटी काटिएको घाँटी काटिएको अवस्थामा मृत फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन् । मंगलवार बिहान ११ बजे पट्टेल आफु सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ । साथै घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ । पट्टेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।
घटनास्थल पुगेका एक जना प्रहरीले भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, ब्लड बगिरहेको थियो, उनकै कोठामा ब्लड लागेको चुलेसी फेला परेको छ ।’
ति प्रहरीका अनुसार उनी लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा उनले आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पट्टेलका घरपरिवारले आफुहरु सुर्खेत आउँदै गरेकाले शवलाई सुरक्षित कोठामै राख्न प्रहरीलाई अनुरोध गरेका छन् ।
युग संवाददाता । सुर्खेत । २९ फाल्गुन २०८०, मंगलवार १६:२५