जनप्रतिनिधिलाई कामको प्रतिवेदन दिन माओवादीको निर्देशन


नेकपा (माओवादी केन्द्र) जुम्लाले जित हाशिल गरेका जनप्रतिनिधिलाई प्रतिवेदन दिन निर्देशन गरेको छ ।
जनप्रतिनिधि सँग प्रशिक्षण कार्यक्रममा पार्टी ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले वडा देखी पालिका सम्म माओवादीले नेतृत्व गरेका जनप्रतिनिधिहरुले गरेका काम पार्टीलाई जानकारी दिन निर्देशन गरेका हुन् ।

उनले पार्टीबाट नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुले अरु भन्दा फरक र राम्रा कामको अपेक्षा गरिएको बताउदै प्रतिवेदन दिनु पर्ने र राम्रा काम गर्ने जनप्रतिनिधिको पार्टीले राम्रो मुल्यांकन गरिनुपर्नेमा जोड दिए ।

संघीयताले स्थानीय सरकारलाई बलियो बनाईदिएको अवस्थामा जनताको नाममा आएको बजेट माओवादी निकट जनप्रतिनिधिले अरु भन्दा फरक र सही सदउपयोग तथा थप प्रभावकारी हुनुपर्ने बताउदै ठोस र प्रभावकारी काम गरिरहेको अपेक्षा गरिएको बताए ।

संयोजक नवराज न्यौपानेले अवका दिनमा जनप्रतिनिधिका राम्रा काममा पार्टीले साउने बताउदै राम्रा काम गर्न, सृजनात्मक काम गर्न अनुरोध गरे । न्यौपानेलाई नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशलाई संयोजकको रुपमा जिम्मा दिएको छ ।

न्यौपानेले आफु सँग कुनै स्वार्थ र गुठ नभएको बताउदै जनताको विकास र पाटीका लागि कुनै गुट उपगुट नहुने दाबी गरे । प्रशिक्षण कार्यक्रममा सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया, तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा सहित माओवादीले नेतृत्व गरिरेका पालिका, वडाहरुले भईरहेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद छिरिङ ल्यामु लामा तामाङले संघीय सरकारमा आगामी बजेटमा भईरहेका काम र विकास निर्माणका विषयमा आफ्नो धारणा राखेका थिए । उनले आगामी बजेट बृहत र विशेष हुने बताउदै जिल्लाका लागि ठोस योजनामा जोड हुने बताइन् ।

भर्चुअल माध्यामबाट सांसद लामाले सरकारले कर्णालीलाई ठोस योजनामा सहयोग गर्ने अपेक्षा गरिएको र सोही अनुसार पहल भईरहेको बताए । माओवादीले जुम्लामा २ वटा स्थानीय तहमा अध्यक्ष, चार तहमा उपाध्यक्ष, १९ वटा वडाध्यक्षको नेतृत्व गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र जुम्लाले जिल्लामा प्रशिक्षण सहित ३ महिने अभियान समेत गर्ने भएको छ । जनता सँग जनप्रतिनिधि र जनता सँग जनबर्गिय संगठन कार्यक्रम गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया