वीरेन्द्रनगर नगरपालिका–१० का डिल्लीप्रसाद सापकोटा जब उमेर बढ्दै गर्दा सबै कुरा आफुले थाहा पाउने भए । उनलाई लाग्ने गथ्र्यो कृषि पेशा अङ्गालौ की ? तर त्यति बेला डिल्लीप्रसादले कृषि नै तत्काल अङ्गाल्न भने सकेनन् । जागिर गर्नुपर्छ भन्ने पनि भयो । जागिर गर्ने तर्फ लागे । सरकारी शिक्षक पनि भए । तर शिक्षक भएपनि शिक्षण पेशातिर त्यति टिक्न भने सकेनन् । किनकी उनलाई आफुमा प्रविधिमूलक कृषि पेशा गर्न मन थियो उनलाई ।
आफ्नो शिक्षकको जागिर छोडेर उनले प्राविधिक लाईन पढ्ने चाहना भएका कारण नै सिविल इन्जिनियर सव–ओभरसियर पढ्नका लागि शिक्षकको सरकारी जागिर समेत राजिनाममा दिए उनले । डिल्लीप्रसादले सिभिल इन्जिनियर सव–ओभरसियर पढेर सके । पढाई सकेपछि उनले नेपाल विद्युत प्राधिकरणमा पनि पाँच बर्ष जति काम गरे ।
काम गर्दै गर्दा उनलाई मनमा लागेको कृषि पेशाले छुट्कारा भने दिएन् किनकी उनलाई त्यतिबेला पनि कृषि पेशा गर्न मन थियो । विद्युतमा काम गर्दा गर्दै कृषि पेशा अङ्गाल्न पाए, आफुलाई मात्र नभएर २÷४ जना अन्य मान्छेलाई पनि रोजगार गराउन मन थियो उनलाई । उनको नेपाल विद्युत प्राधिकरणमा भने करारमा काम गर्ने गर्थे । विद्युतको काम पनि उनले छोडे व्यापारसँगै कृषि गर्न थाले उनले । उनले भने, ‘सरकारी जागिरमा अर्काको अन्डरमा चल्नुपर्ने, आफ्नो तरिकाले काम गर्न नपाउने पनि हुन्छ त्यस कारण पनि मलाई जागिर गर्न मन लागेन् । सिप र दक्षता भने हाम्रो प्रयोग हुने, मान, मर्यादा भने ठुला मान्छेको हुने । त्यसले गर्दा मलाई कत्ति पनि चित्त बुझेन् र जागिर तिर चाँसो नै भएन् ।’
सनराईस कृषि तथा पशुपंक्षि फर्म सञ्चालन गरेर कृषिमा नै व्यस्त हुने गरेका छन् डिल्लीप्रसाद सापकोटा । नेपाल कृषिमुलुक देश भएको हुनाले र कृषिमा सरकारले पनि लगानी गर्ने भएको हँुदा असल कृषक बन्ने मन पक्कै थियो डिल्लीप्रसाद सापकोटालाई । सापकोटा आफु असल कृषक भएर काम गरे आफुलाई मात्र होईन् देशलाई नै टेवा पुग्ने गरी कृषि गर्न चाहेको बताउँछन् ।
सरकारले कृषकको लागि लगानी गर्छ तर वास्तविक कृषकले भने सरकारबाट पाउनुपर्ने सेवा, सुविधा र अनुदान भने नपाउने गरेको कृषक सापकोटाले गुनासो गरे । उनले भने, ‘सरकारबाट पाउनुपर्ने सेवा, सुविधा र अनुदानमा जसको पावर, जसको नजिकको मान्छे छन् उसले मात्र पाउने गरेको देखेको छु । जुन कृषकले मेहनत गरेका छन्, कृषिमै लागि परेका छन् उनीहरुले भने पाएको देखिँदैन् ।
डिल्लीप्रसाद सापकोटाले सुरुमा ब्रोइलर कुखुरा पानल गरे । उनको ब्रोइलर कुखुराको लागि दुई वटा फर्म थियो । दुई वटा फर्मबाट उनको एक लटमा चार हजार बराबरको चल्ला निस्कने गर्दथ्यो । चल्ला निस्कन करिब ४५ दिन लाग्ने गरेको उनले बताए । बर्षमा चार लटसम्म निकाल्ने गरेको बताए । उनले २०६९ सालदेखि नै सुरु गरेका थिए । त्यतिबेला पातलो गाउँघर, समुदाय पछिल्लो समय बाक्लिदै गयो । कुखुरा पाल्दा गन्ध धेरै आउने भएका कारण पनि उनले कुखुरा हटाउनुपर्ने भयो ।
साढे तीन लाख भैँसीमा लगानी, मासिक दुई लाख आम्दानी
डिल्लीप्रसाद सापकोटाले तीन वटा भैँसीलाई तीन लाख ४५ हजार रुपैयाँ लगानी गरी भैँसीपालन शुरु गरे । उनले भैँसीपालन गर्न थालेको तीन बर्ष भयो । उनले तीन बर्षको बिचमा कम्तिमा ३ देखि ५ वटा सम्म पाल्ने गरेका छन् । सडकदेखि ३ किलोमिटर भित्र उनले भैँसीपालन गरेका छन् । घाँसको समस्या त हुने नै भयो ।
घाँस हुने र प्रसस्त पानी हुने बेला उनले ५ वटा सम्म बढाउने गर्छन् । अन्य सिजनमा भने उनले ३ वटासम्म पाल्ने गरेको उनले बताए । भैँसीपालनबाट त्यति खर्च नआउने भएको र भैँसीको मल समेत बिक्रि हुने गरेकोले भैँसीबाट राम्रो आम्दानी हुने गरेको डिल्लीप्रसाद सापकोटाले जानकारी दिए । उनले दुध भने नियमित रुपमा दुध डेरीमा लग्ने गरेका थिए । डेरीमा लग्दा मासिक उनको एक लाखसम्म हुने गर्दथ्यो ।
पछि उनले आफ्नै दुध डेरी उद्योग पनि खोले । आफुले खोलेको डेरी उद्योगमा आफुले उत्पादन गरेको दुध मात्र विक्रि गर्ने गरेका छन् । आफ्नै डेरी सञ्चालन गर्दा मासिक रुपमा दुई लाख रुपैयाँ हुने गरेको उनले जानकारी दिए ।
श्रीमतिले समेत छोडेकी थिईन् सरकारी जागिर
डिल्लीप्रसादले मात्र होइन् उनको श्रीमती चन्द्राकुमारी ढकालले पनि सरकारी जागिर छोडेकी छिन् । उनी सामाजिक शिक्षक थिईन् बाँके जिल्लामा । दुबै जना मिली कृषिमै रमाएका छन् । एक जना फर्ममा त एक जना डेरीमा ।
उनीहरु दुबैलाई जागिर भन्दा पनि कृषि तिर नै आनन्द लागेको बताउँछन् । सरकारी जागिरमा मानसिक दुख हुन्थ्यो भने कृषिका शरिरलाई दुख हुन्छ तर यो दुख केहि लाग्दैन् यहिमा दुख गर्दा रमाईलो लाग्छ । कृषि पेशा गर्दा आफ्नो घर परिवार, बालबच्चासँग बस्न पाउँदा र आयस्रोतको रुपमा पनि घर खर्च सबै पुगेकोले कृषिमा सन्तृष्ट भएको डिल्लीप्रसाद सापकोटाले बताए ।
जागिर छोडेर कृषि पेशा गर्दा
जागिर गर्दा र कृषि गर्दा मान्छेहरुले हेर्ने व्यवहार भने फरक भएको डिल्लीप्रसादले बताए । समाजमा कृषि पेशा फोहार हो भन्ने छ, हेर्ने दृष्टिकोण पनि फरक छ । उनले भने, ‘धेरैले खुरुखुरु जागिर गरेको भए स्टेन्डर भएर बसिन्थ्यो र आनन्द हुन्थ्यो, अहिले यो कृषि तिर लागरे भन्ने गर्छन्, म मतलब राख्दिन् । म आफै जागिर छोडेर यो पेशा रोजेको हुँ र जागिर छाडेर यो पेशा गर्दा मलाई कुनै पस्चाताप पनि छैन् ।’
मल पनि ट्रयाक्टरको हिसाबले ७÷८ हजारसम्ममा लाग्ने गरेको र कठ्ठामा भने ६० देखि एक सय ५० सम्ममा लग्ने गरेको उनले बताए । अनुदानको रुपमा वीरेन्द्रनगर नगरपालिकाबाट घाँस काट्ने मेसिन र काउम्याट पाएको उनले बताए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २७ चैत्र २०८०, मंगलवार १२:४१