सम्पादकीय: मुख्यमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना

कर्णालीको मुख्यमन्त्रीको रुपमा नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य यामलाल कँडेल नियुक्त भएका छन् । कर्णालीको राजधानी समेत रहेको सुर्खेत जिल्लाले चौंथो मुख्यमन्त्रीका रुपमा सुर्खेतबाट प्रदेशसभा सदस्य बनेका कँडेलले मुख्यमन्त्री हुने अवसर पाएका हुन् ।

कर्णालीको पहिलो मुख्यमन्त्रीका रुपमा कालीकोटका महेन्द्रबहादुर शाही, दोस्रो हुम्लाबाट निर्वाचित जीवनबहादुर शाही र तेस्रोमा रुकुमपश्चिमका राजकुमार शर्माले पूर्व मुख्यमन्त्रीका रुपमा आफ्नो कार्यक्षमता प्रदर्शन गरी नाम दर्ज गराईसकेका छन् । प्रदेश हाँक्ने मुख्य ड्राईभर कति सफल कति असफल त्यो त समिक्षाको विषय रह्यो । तर जुन जिल्लाबाट मुख्यमन्त्री बने त्यो जिल्लामा तुलनात्मक रुपमा बिकास निर्माणका काम बेसी हुनु स्वभाविक नै हो ।

मुख्यमन्त्री बनेका कँडेल बि.स. २०१८ मा जन्मेका, २०३६ सालमा सुर्खेतको दशरथपुरमा पंचयाती शासकविरुद्ध किसान आन्दोलनबाट राजनीतिमा होमिएका उनी त्यतिबेला शिखर मा.वि. रामघाटमा पढाउने काम गर्थे । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुख समेत बनेका थिए ।

अनि निरन्तर उनी राजनीति र विभिन्न समयमा सरकारी विभिन्न लाभको पदमा समेत रहेर काम गरेका छन । २०५१ को मध्यावधी चुनावमा सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित भएका थिए, याद रहोस उनी त्यतिवेला वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखबाट राजिनामा दिएर चुनावमा होमिएका थिए । २०५४ सालमा नेपाल सरकारको पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री समेत बनेका थिए । विभिन्न समयमा जेलजिवन समेत बिताएका छन् ।

हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज समेत रहेका छन् । टर्कि, चिन, क्यानडा, श्रीलङ्का बेलायत लगायतका देशमा उनले भ्रमण समेत गरेका छन् । तर यति धेरै देश भ्रमण गरेर देश दुनिया देखेका, विकास र विश्वको कुदाईको महसुस गरेका उनलाई उनका पार्टीभित्रैकाले आरोप भने एउटा वडाध्यक्ष जत्तिकै स्तरको व्यवहार र अर्को वडाको आफुलाई मतलव नरहेको जस्तो व्यवहार गर्छन भन्ने आरोप समेत लगाउने गरेका छन् ।

अनि आफूलाई जसले प्रश्न गर्छ उसलाई ठहरै पार्ने निति पनि उनको आलोचित निति अन्तर्गतकै हो भन्छन । पटक पटक स्थानीय तह, केन्द्र र प्रदेशमा समेत रहेर केन्द्रीय राजनितिमा प्रभाव राख्ने सिमित व्यक्ति मध्येका एक हुन उनी । तर आफ्नो विकास के कति गरेर आम नागरिकको विकास कति गरे ईमानदारितापूर्वक उनलाई नै थाहा होला । तर विगतदेखी नै राजनीतिमा कुटनिति खुब जानेका मध्येका के.पि. ओलीका नजिक नजिकका व्यक्ति हुन उनी भनेर भन्ने गर्छन उनका निकतस्थहरु ।

सुर्खेतलाई लामो समयदेखि जाने, बुझेको र ईमानदार रहे उनी मुख्यमन्त्री हुँदा सुर्खेत र सिङ्गो कर्णालीको विकासमा केही थप नयाँ प्रगति हुने आम अपेक्षा रहेको छ । नेता भैकेपछी समर्थक र विरोधी हुनु स्वभाविक नै हो त्यो सबैका हुन्छन् । तर समर्थक भन्दैमा अनावश्यक नजिक र बिरोधी भन्दैमा हर कुरामा दुष्मनी देख्नु नेताको गुण होईन । त्यसैले अब पार्टी जुन भएपनि समग्र कर्णालीबासीको अभिभावक हो त्यो कुर्सिमा बस्ने व्यक्ति, कुन समयमा के भन्यो ? मलाई भोट हाल्यो कि हालेन ? यसलाई त कुनैपनि कुरामा असहज बनाउनुपर्छ भनेर ईगो लिन नहुने स्थानमा भएपछि पद अनुसारको समानता र समताको लागि सद्बुद्धी आओस् ।

अलि सकारात्मक सुझाव र आलोचनात्मक खवरदारी दुवै सहने क्षमताको विकास होस् । सल्लाहकारहरु पनि आफ्नै जिन्दगीको राम्रो व्यवस्थापन गर्न नसकेका लथालिङ्गवाला नपरुन, कमसेकम सिङ्गो कर्णाली प्रदेश चलाउने व्यक्तिका सल्लाहकार पनि समाजले पत्याउन लायक र सकारात्मक सन्देश बोकेका छनौंटमा परुन ।

झट्ट तितो लाग्ने चिज नै स्वास्थ्यका लागि लाभदायक भएझैं सौहार्द आलोचना गर्नेहरु शुभचिन्तक हुन न कि घोर दुष्मन । भन्ने कुरा मनन गर्ने वातावरण बनोस् कर्णालीको चौथो मुख्यमन्त्री र सुर्खेतको आशाको एउटा दियो बलेको दिनको हार्दिक शुभकामना । हार्दिक बधाई कार्यकाल अन्त्यमा कामका आधारमा हुने नै छ, अहिलेलाई कार्यकुशलता र कार्यकाल सफलताको हार्दिक शुभकामना छ ।

तपाईको प्रतिक्रिया