माेवाइल एपसहित जब कर्णाली, टेण्डर कर्णाली र इबजार सुरुवात

युगआह्वानको २४ औं वार्षिकोत्सव : प्रेमदेव गिरी बने वर्ष व्यक्ति–२०८०

प्रविधिमा जोड दिन आग्रह

सुर्खेत, २ बैशाख ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुँदै आएको राष्ट्रियस्तरको (ख) वर्गमा वग्रीकृत युगआह्वान राष्ट्रिय दैनिकले आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा रहेर आम नागरिकका सवालमा राज्यलाई खबरदारी गर्दै आएको दैनिकले स्थापनाको २३ औं वर्ष पुरा गरेको अवसरमा शनिवार वीरेन्द्रनगरमा भव्य कार्यक्रमका बिच वार्षिकोत्सव मनाएको हो ।

उक्त वार्षिकोत्सवका अवसरमा सुर्खेती रंगमञ्चमा ५७ वर्षदेखि अनवरत योगदान पुरयाएका रंगकर्मी प्रेमदेव गिरी युगआह्वान वर्ष व्यक्ति २०८० बाट सम्मानि भएका छन् । दैनिकले यस वर्षबाट सुरु गरेको समाजका विभिन्न विधामा रहेर महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिलाई वर्ष व्यक्तिका रुपमा छनौट गरी नगद रकमसहित पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तर्गत गिरी यस वर्षको वर्ष व्यक्ति बनेका हुन् । उनलाई जनही १५ हजार नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

गिरीलाई युगआह्वान राष्ट्रिय दैनिकका प्रकाशक एवम् प्रधान सम्पाद दीपककुमार बुढाक्षेत्रीले दोसल्ल ओडाएर सम्मान गरेका थिए । यस्तै उक्त कार्यक्रममा साहित्य, पत्रिका मुद्रण, वितरणमा उत्कृष्ट योगदान पुरयाएका एक जाना साहित्यकार तथा दुई जना कर्मचारीलाई नगद रकमसहित सम्मान गरिएकोे थियो भने, पत्रिकामा निरन्तर विज्ञापन प्रकाशन गरेर योगदान दिएका एक जना विज्ञापनदाता पनि सम्मानित भएका थिए ।

जसमा साहित्य विद्यामा योगदान पुरयाएका लेखक पृथ्वीबहादुर सिंह, कोभिड महामारी जस्तो संकटमा पत्रिकाको निरन्तर मुद्रण र वितरणमा उत्कृष्ठ योगदान पु¥याएकी हिरा आचार्य र मिना शाही रहेका छन् । उत्कृष्ट विज्ञापनदातका रुपमा इन्टरनेशल इङ्लिस ल्याङ्ग्वेजका निर्देशक डिबी राना सम्मानित भएका थिए । सामाजिक क्षेत्रमा योगदान पु¥याए वापत कोपिला भ्याली समाजका निर्देशक टोपबहादुर मल्ल, स्याक नेपालका महासचिव गंगा गरुङ्ग, लगायत अन्य प्रतिष्ठित व्यक्ति तथा पत्रिकामा कार्यरत पूर्व तथा वर्तमान पत्रकाहरुलाई वाषिकोत्सवको अवसरमा सम्मान गरिएको थियो ।

यस्तै सोही कार्यक्रममा अवसरमा युगआह्वानले आफ्ना चार वटा डिजिटल संकसरणसमेत सार्वजनिक गरेको छ । जसमा युगआह्वान मोवाइल एप, रोजगारी दिन र खोज्न जव कर्णाली, कर्णालीका रैथाने बालीको बजार व्यवस्थापनका लागि इ–बजार तथा सरकारी निकायबाट प्रकाशित हुने टेण्डरका सूचनाहरुलाई एकिकृत गर्न टेण्डर कर्णाली नामक डिजिटल प्लाटफर्म रहेका छन् ।चारै वटा डिजिटल संस्करणको नेपाल प्रत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले उद्घाटन गरेका थिए ।

प्रविधिमा जोड दिन आग्रह
पछिल्लो समय प्रविधिको उच्चतम विकासले धरासायी बन्दै गएका प्रिन्ट मिडियाहरु संकटसँग जुध्न समायनुकुल डिजिटल प्लाटफममा रुपान्तरण हुँदै जानुपर्ने कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारीले प्रिन्ट मिडियाहरु समयानुकुलको प्रविधिमा जान नसक्दा सामाजिक सञ्जालहरु हावी हुँदै जान थालेका प्रति सजक रहनु पर्ने बताए ।

नेपालमा प्रिन्ट मिडियाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अधिकारीले विस्तारै पत्रिकाको अनलाईन संस्करणलाई पनि थप व्यवस्थित बनाउदै लैजानु पर्ने सुझाव दिए । यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले सुर्खेतको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले कोराना महामारी जस्तो संकटमा पत्रिकाले आम नागरिकमा सूचना सम्प्रेषणमा पुरयाएको यागदानको प्रशंसा गर्दै आगामी दिनहरुमा निरन्तरताको कामना गरे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्याक्ष बालाराम शर्माले पत्रिका स्थापनाको क्षणलाई स्मरण गर्दै संकटमा पर्दै गएको मिडिया उद्यमलाई जोगाउन युगआह्वानको व्यवस्थापन टिमले खेलेको भुमिकाले मोफसलको व्यवसायिक पत्रकारिताको साख जोगिएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष पीताम्बर ढकालले पछिल्लो समय व्यवसायिक पत्रकारितामा विविध कारणले संकटमा पर्दै गएको अवस्थामा युगआह्वानले तय गरेको अनवरत यात्राले नागरिकका आवाजहरु बुलन्द हुनमा थप टेवा पुगेको बताए ।

दलिय मानसिकताबाट ग्रसित मिडिया हाउसले नागरिकमा निराशा छाएको परिपेक्षमा स्वतन्त्र सम्पादकीय र लेखकीय भुमिका निभाएर आशा जोगाउनतर्फ युगआह्वानले खेलेको भुमिकाको ढकालले प्रशसा गरे ।

पछिल्लो समय सामाजिक सञ्जालमा आएका युवा पिढीमाझ मिडिया हाउस तथा पत्रकारहरुले आफ्नो औचित्य पुष्टि गर्नतर्फ ध्यान नदिदा गुम्दै गएको प्रत्रकारिताको साख जोगाउन बलैमा सचेत भएर लाग्नु पर्ने प्रेस सेन्टर नेपाल कर्णालीका अध्यक्ष देविराम देवकोटाले बताए ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारिता क्षेत्रमा छाएको संकटसँग जुध्न युगआह्वानले खेलेको भुमिकाको चर्चा गरे । आगामी दिनहरुमा प्रविधिमैत्री समाचार सामाग्री बनाउनतर्फ अग्रसर हुनुपर्ने धारणा शर्माको थियो ।

पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष एवम् भूमि आयोग सुर्खेतका निर्वतमान अध्यक्ष श्रीधर पौडेलले युगआह्वानको व्यवसायिक पत्रकारिता निरन्तरताको कामना गरे । स्याक नेपालकी महासचिव गंगा गुरुङ्गले समाज रुपान्तरणमा युगआह्वानले खेलेको भुमिका एकदमै महत्वपूर्ण रहेको उल्लेख गर्दै सूचना सम्प्रेषणको यात्रालाई निरन्तरता दिनुपर्ने बताइन ।

मिडिया उद्योगमा कोभिड–१९ ले ठुलो संकट सिर्जना गरेको अवस्थामा मोफसलमा रहेर राष्ट्रियस्तरको (ख) वर्गमा सुचिकृत हुन सफल भई नागरिकले खबरदारी गर्ने माध्ययम बनेको युगआह्वानले श्रमजिवी प्रत्रकारलाई पलायन हुन नदिनु नै नेपाली प्रत्रकारिता जगतमा ठुलो योगदान रहेको कार्यक्रमका प्रमुख अतिथिसमेत नेपाल प्रत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए ।

स्थानाकालमा राजनीतिक दलमा आवद्ध भएका व्यक्तिबाट सञ्चालित पत्रिका कसरी जनताको आवज बोल्छ भन्ने लागेता पनि अहिले आएर युगआह्वानले उतिबेला आफुभित्र भएको त्यो कौतुहल्ता चिरेको सेजुवालले बताए । मोफसलमा रहेर संकटसँग जुधेको युगआह्वानले आगमी दिनहरुमा आमनागरिकका सवालमा थप सशक्त आवाज बुलन्द गरी राज्यलाई खबरदारी गर्ने तहमा आफूलाई स्थापित गर्नमा कुनै पनि कसरत बाँकी राख्न नहुने सेजुवालको सुझाव थियो ।

मिडिया उद्यममा आएको संकटको सामाना गर्दै सीमित स्रोत र साधनका बिच नागरिकको आवाजलाई दब्न नदिन अहोरात्र लागि परेको युगआह्वान दैनिकका प्रकाशक एवम् प्रधान सम्पादक दीपककुमार बुढाक्षेत्रीले बताए ।

मोफसलका मिडिया उद्यमीलाई राज्यले हेने नजर फरक हुँदा संकट छाउँदै गएको उल्लेख गर्दै आफूसँग भएको स्रोत साधनको प्रयोग गरी नागरिकको पक्षमा खबरदारी गर्ने भुमिकामा अबिचलित नभएर निरन्तर लाग्ने प्रतिवद्धता उनको थियो ।

संचार क्षेत्रमा भित्रिदै गएको प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको उल्लेख गर्दै युगआह्वान मोवाइल एप, कर्णाली जब, इ–बजार, टेण्डर कर्णाली यसैका उदाहरण भएको उनको भनाई थियो । आगामी दिनहरुमा वक्ताहरुबाट प्राप्त भएका सुझावलाई आत्मसाथ गर्दै पत्रिकालाई थप प्रविधिमा आधारित बनाएर लैजाने उनले बताए ।

तपाईको प्रतिक्रिया