घटना–१
२२ असोज २०७८ मा दैलेखको नारायण नगरपालिका–४ कि साढे दुई वर्षिया बालिका कसुम कटुवाल कर्णाली प्रदेश अस्पाल सुर्खेतमा भर्ना भइन । नाकमा मकैको दाना अड्किएर श्वासप्रस्वासमा समस्या आएपछि थप जटिलता नहोस् भनेर परिवारले जिल्ला अस्पताल दैलेख पु¥याएका थिए ।
तर, दैलेख अस्पतालमा उक्त मकैको दान निकाल्ने औजार नभएपछि प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । परिवारका सदस्यले कुशुमको सहज उपचार हुने आशसहित प्रदेश अस्पताल पु¥याएका थिए ।
किन भने प्रदेश अस्पतालमा स्तरीय उपचार हुने दावी गरिएको थियो । अस्पताल भर्ना गरिएकी कशुमलाई खासै समस्या नरहेको तर नाकमा अड्किएको मकैको दाना निकाल्न असहज भएको र आइसियु खाली नभएको भन्दै अस्पतालले त्रिवि शिक्षण अस्पताल लैजान सुझाएको थियो ।
यद्यपी आइसियु खालि भएमा प्रदेश अस्पतालमै उपचार हुने आश्वासन अस्पतालले दियो । अस्पतालको आश्वासनमा परेका परिवारले नजिकै उपचार हुन्छ भने किन काठमाण्डौं लैजाने भन्दै आइसियु खालि हुने आशामा बसे । तर, २३ असोज २०७८ राति कुशमको उपचारमा संलग्न चिकित्सकहरुले अकास्मात उनको मृत्युको घोषणा गरिदिए ।
एकछिन अघिसम्म बोलचाल गर्ने बालिकाको एक्कासी मृत्यु भएको खबर पाएपछि आफन्तहरु अच्चमित भए । डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाए । तर, अस्पताल मान्न तयार भएन । आक्रोसित आफन्तले अस्पताल भित्रका भौतिक संरचनामा तोडफोड गरे । बालिकाको उपचारका क्रममा ओभर डोज औषधी प्रयोग गरिएको आफन्तको आरोप थियो । उतिबेला बालिकाको अप्रेसन गर्नुअघि बेहोस बनाउन लगाईने एनएसथेसिया औषधीको मात्रा बढी दिएपछि मृत्यु भएको आफन्तको आरोप थियो ।
तर, अस्पतालले बालिकाका आफन्तले गरेको दावीको प्रतिवाद गर्न अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्यो न त मृत्युको कारण नै । उति बेला अस्पतालले बालिकाको मृत्यु प्रकणमा कुनै पनि अनुसन्धान रिपोर्ट सार्वजनिक नै नगरी घटना थामथुम पारेको आफन्तले अझै पनि आरोप लगाउने गरेका छन् ।
घटना–२
२९ भदौं २०८० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–२, स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका–४, बस्दै आएकी जानकी रेग्मीलाई सुत्केरी बेथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसुति वार्डमा भर्ना गरियो ।
उनी सोही दिन प्रसुति वार्डमा सुत्केरी भएकी थिइन् । सुत्केरी भए पश्चात एक्कासी समस्या देखापेपछि उनलाई अप्रेसन वार्डमा लगेर शल्यक्रिया गरियो । तर, ३१ भदौंमा अस्पतालले उनलाई एक्कासी मृत्युको घोषणा गरिदियो ।
‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो’, मृतक जानकीका सुसुरा तिलकराम अधिकारी भन्छन्, ‘छोरालाई दूधसमेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासी बेहोस भइन्, अनि उनलाई आइसियुमा राखिएकी बुहारीलाई अस्पतालले एक्कासि मृत घोषणा गरिदियो ।’
बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको अधिकारीको बुझाई छ । ‘प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो,’ उनी भन्छन्, ‘के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन ।’
अस्पतालले सुत्केरी अवस्थामा गरिने अप्रेसनमा विरलै घट्ने नयाँ घटना भएको जवाफ दिए पनि अधिकारीले अस्पतालको लापरवाहीले नै आफ्नी बुहारीको मृत्यु भएको दावी गरे ।
घटना–३
केही दिनअघि पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्षीया भिमा गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् ।
वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।
बुधबार बिहानै उनी अस्पताल भर्ना भएकी उनी हिँडेर आफैं अस्पताल पुगेकी थिइन् । अस्पतालमा चेकजाँच गराउँदा चार महिनाअघि प्रसुति गराउँदा बखत् पाठेघरमा केही सालनाल रहेको चिकित्सकहरुले जानकारी दिए । भिमाको पेटमा केही महिनाको बच्च समेत थियो ।
शल्यक्रिया गरेर पाठेघर सफा गर्नुपर्छ भनेका चिकित्सकले केहिबेरमै भिमालाई मृत घोषणा गरिदिए । शल्यक्रियापछि भिमा निको हुने आशा बसेका उनका आफन्त एक्कासी मृत्युको खबर पाएपछि झस्किए । उक्त घटनापछि भिमाका आफन्त चार दिनदेखि वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । घटनाको विरोधमा आइतबार दैलेखको आठबिस नगरपालिका–५, स्थित कर्णाली राजमार्ग अवरुद्ध गरेर आन्दोलन जारी राखेका छन् । दैलेखका डिएसपी सुनिल दाहालले सुर्खेतको घटनापछि मृतकका आफन्तहरुले आन्दोलन गर्दै राजमार्ग अवरुद्ध गरको जानकारी दिए ।
‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासी शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’ उनले भने, ‘हिँडेर अस्पताल गएकी भाई बुहारीको एक्कासी शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’
अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिएको थियो ।
आफन्तहरुले डाक्टरहरुको लापरबाहीका कारण नै उनको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् । ‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कस्का लागि र किन,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवारी डाक्टरहरुलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ भिमाको मृत्यू भएसँगै अस्पतालमा प्रहरी परिचालन भएको छ भने परिवारले शव बुझ्न मानिरहेका छैनन । उचित क्षतिपुर्तीसहित छानविनको माग आफन्तहरुले वीरेन्द्रनगरस्थित यरीचोकमा आन्दोलन गरिरहेका छन् ।
भिमाको मृत्यु भएपछि करिव ९ महिने बालिकाको बिचल्ली भएको छ । मृतक भिमाका आफन्त शुक्रबारदेखि सडक आन्दोलनमा छन् ।
उल्लेखित यी घटना देशकै सेवा प्रवाहमा उत्कृष्ट भनिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सामान्य अवस्थामा पुगेपछि अस्पतालको लापरवाहीले मृत्यु वरण गरेको भनि आफन्तद्वारा आरोप लगाइएका प्रतिनिधिमुलक घटना हुन् ।
पछिल्लो समय कर्णालीको स्वास्थ्य मेरुदण्ड मानिएको प्रदेश अस्पताल विवादमा तानिदै जान थालेको विभिन्न समयमा हुने विरामीको मृत्यु र आफन्तले लगाउने आरोपले पुष्टि गर्छ ।
उपचारका लागि अस्पताल आउने विरामीको मृत्यु भएपछि आफन्तले लगाउने आरोपका सन्दर्भमा प्रदेश अस्पतालले त्यस्ता घटनामा अनुसन्धान गरी चित्त बुझ्दो जवाफ सार्वजनिक गर्न नसक्नु अस्पतालको ठुलो कमजोरी रहेको आफन्तहरुले आरोप लगाउँदै आएका छन् ।
के भन्छ अस्पताल
बिहिबार घटेको घटनाको सन्दर्भमा अस्पतालले भिमाको मृत्युमा कुनै त्रुटि नरहेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । तर, आफन्तहरुले अस्पतालको सो कुरा मान्ने पक्षमा देखिदैनन् ।
अस्पतालले शनिवार जारी गरेको प्रेस विज्ञप्तीमा शल्यक्रियामार्फत पाठेघर सफा गरेपछि ओरल प्रग्नेन्सी अवस्थामा जटिल पल्मोनरी एम्बोल्सिम देखापरेपछि बचाउन नसकिएको जनाएको छ ।
‘रगत बग्ने समस्या लिई आउनु भएकोमा भिडियो एक्सरे गर्दा पाठेघरमा सालको ट्युमर देखिएको र सोको उपचारको लागि सोहि दिन प्रसुती वार्डमा भर्ना गरी बिशेषज्ञ चिकित्सकहरुको सल्लाह बमोजिम थप परिक्षण गरिएको अस्पतलाले दावी गरेको छ ।
‘मिति २०८०÷१२÷२९ का दिन एक पिन्ट रगत चढाए पश्चात पाठेघर सफा गर्नाको निम्ति अपरेशन थिएटर लगि सफा गर्ने कार्य पनि सपन्न भई सकेको अवस्थामा बिरामीमा ओरल प्रग्नेन्सीको एक गम्भिर जटिलता पल्मोनरी एम्बोल्सिम देखा परेको र सोको पहिचान गरी विशेषज्ञ चिकित्सकको टिमले बचाउने भरमग्दुर प्रयास गर्दा गर्दै मिति २०८०÷१२÷२९ गते महिलाको मृत्यु हुन गएको व्यहोरा जानकारी गराउदछौं ।’ अस्पतालले सार्वजनिक विज्ञप्ती जारी गर्दै भनेको छ ।
तर, विरामीका आफन्तले अस्पतालको लापरवाही नै भएको भन्दै छानविन गरी उपचारमा संलग्न चिकित्सकलाई कारवाही, उचित क्षतिपूतिसहित बालिकाको सुरक्षा र पालनपोषणको पूर्ण व्यवस्थापन नभएसम्म मुतकको शव नबुझ्ने बरु सडक संघर्षलाई थप चर्काउने चेतावनी दिदै आएका छन् ।
यता प्रदेश अस्पतालले पीडित पक्षसँग छलफल गरी विवाद समाधान गर्ने प्रयास जारी रहेपनि निस्कर्ष निस्कन नसकेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए ।
‘पाठेघर सफा गर्न आउनु भएकी उहाँको एक्कासी जटिल समस्या देखापरेपछि बचाउन नसकिएको हो,’ उनले भने, ‘उहाँहरुले आन्दोलन गरिरहनु भएको छ, हामीले छलफलमार्फत विवाद समाधान गर्न खोजिरहेका छौं, उहाँहरु उचित क्षतिपूति, बालिकाको पालन पोषणको ग्यारेण्टी तथा उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग राख्नु भएको छ, यो अस्पतालले पुरा गर्न सक्ने विषय पनि रहेन ।’
आफन्तहरुले अस्पतालका विरुद्धमा आन्दोलन चर्काउदै जादा नियामक निकायले विवाद समाधानमा चासो नदिदा आन्दोलन अराजकतातर्फ उन्मुख हुने जोखिम बढेको छ ।
ओम शाही । सुर्खेत । ३ बैशाख २०८१, सोमबार १२:३८