नेकपा एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशन भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट ब्युरो सदस्य मोहन बानियाँले गरेका थिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने भनिए पनि नेपालगन्ज देखि प्लेन नआउँदा महासचिव पोखरेल नेपालगंजबाटै काठमाण्डौँ फर्केका थिए ।
उनले टेलिफोनद्वारा अधिवेशनको भव्य सफलताको शुभकामना दिएका थिए । नयाँ नेतृत्व एकता र सर्वसहमतिको आधारमा टुंगाउन आग्रह गरेका थिए । उनले भने,झनेकपा एमाले राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने पार्टी हो ।
नेतृत्व एकता र सर्वसहमतिबाट आउनुपर्ने बताए । समृद्धि र आर्थिक क्रान्ति एमाले विना संभव नहुने उनको तर्क थियो । यता नेकपा एमालेका पोलिट ब्युरो सदस्य मोहन बानियाँले जुम्लाको अधिवेशनले एकता विधि पद्धतिको सन्देश दिनुपर्ने बताए ।
नेकपा एमालेका प्रदेश उपाध्यक्ष तथा जुम्ला क्षेत्र (ख) का सांसद टेकराज पछाईले जुम्लाको राजनीति अवस्था बदल्नको पार्टी एकद्वार प्रणाली बाट जानुपर्ने बताए । गुटबन्दीले पार्टी कमजोर हुने उनले जनाए ।
नेकपा एमालेका नेता देविलाल थापा, नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व कर्णाली प्रदेश मन्त्री पदम वहादुर रोकाया, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने र नेमकिपाका जिल्ला अध्यक्ष पूर्णलाल खत्री लगायतका नेताहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत र नेता धिरेन्द्रराज गिरीले अध्यक्ष पदको आकांक्षी छन् । जुम्लाका आठवटै स्थानीय तह र जनवर्गिय संगठनबाट गरी ३ सय ४४ जना प्रतिनिधि उपस्थिति छन् । उक्त प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने छन् । जसमा खुल्ला प्रतिनिधि २ सय ६३ जना छन् । यस्तै दलित प्रतिनिधि ५० जना मध्ये ३३ प्रतिशतका दरले १६ जना महिला प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिदै छन् ।
विभिन्न जनसंगठनबाट ३१ जना, गैर दलित महिलातर्फ ८७ जना प्रतिनिधि मध्ये १५ प्रतिशत युवा महिलाहरु जिल्ला प्रतिनिधिमा छन् । २ सय ६३ प्रतिनिधि मध्येबाट ३९ जना युवाहरु जिल्ला अधिवेशनमा आउने छन् । जिल्ला अधिवेशनले पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ ।
गाेल्डेन बुढा । जुम्ला । १६ बैशाख २०८१, आईतवार १३:२१