बुधबारदेखी औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता-२०८१ हुँदै


सुर्खेतमा ‘औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता २०८१’ हुने भएको छ । ‘स्थानिय कच्चा पदार्थ, स्वदेशी उत्पादन तथा रोजगारीको अभिवृद्धी’ भन्ने मुल नाराका साथ पहिलो पटक सुर्खेतमा ‘औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता २०८१’ हुन लागेको हो । यहि वैशाख २० गते बिहिवार देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लामा रहेका उद्योगहरुलाई बजारिकरणको सहयोग प्रदान गर्दै स्थानिय उत्पादन, कच्चा पदार्थ, पराम्परागत प्रविधी आदीको प्रवर्द्धन गर्न चालू आ.व. ०८०÷८१ मा कर्णाली प्रदेशका सबै उद्योग तथा उपभोक्ता हित संरक्षण, निर्देशनालय÷कार्यालयहरुमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता नामक कार्यक्रम तथा बजेट विनियोजन भएकोले कार्यक्रमको कार्यविधीको व्यवस्था अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख मुकुन्द नाथ योगीले जानकारी दिए ।

उनले भने, ‘यो कार्यक्रम कर्णाली प्रदेश सरकारद्वारा पहिलो पटक व्यवस्था गरिएको कार्यक्रम हो ।’ यो कार्यक्रमको लागि निर्देशनालयमा ५ लाख र जिल्लामा ३ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको कार्यालय प्रमुख योगीले बताए ।

जिल्ला भित्रका लघु, घरेलु तथा साना उद्यमीहरु बिच वस्तु तथा सेवाको उत्पादन, सोको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवम् सरकारी निकायहरुलाई प्रदर्शनीको माध्ययमबाट जानकारी एवम् सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गराउनु एवम् बजारिकरण गराउनु नै यो कार्यक्रमको मूल उद्देश्य रहेको छ ।
यस कार्यक्रममा सरकारी निकाय, गैह्र सरकारी निकाय, सरोकारवाला निकाय, सहकारी संस्था, सञ्चार माध्ययम तथा आम सर्वसाधरण सहभागि हुन पाउने उनको भनाई छ ।

कार्यालय प्रमुखका अनुुुुसार प्रदर्शनीको लागि सहभागी उद्योग एवम् उत्पादनलाई अवलोकनकर्ताहरुले छनौट गर्नेछन र छनौट भएका मध्ये उत्कृष्ट तीनलाई ४० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र समेत उपलब्ध गराइनेछ । उक्त दिनहरुमा प्रदर्शनी हुने समय विहान ८ देखि साँझ ६ बजे सम्म हुनेछ । पहिलो दिन उद्घाटन कार्यक्रम गरिनेछ, दोश्रो दिनमा प्रदर्शनी अवलोकन÷मूल्यांकनका कार्यहरु हुनेछन भने तेश्रो दिम समापन, पुरस्कार तथा प्रमाण पत्र वितरण हुनेछ ।

कार्यविधीको व्यवस्थामा के छ ?
कार्यविधीको व्यवस्था अनुसार जिल्ला स्थीत कार्यालयले २ दिने र निर्देशनालयले ३ दिने कार्यक्रम गर्नुपर्ने व्यवस्था रहेको छ । साथै जिल्ला स्थीत कार्यालयले कम्तीमा १५ र निर्देशनालयले कम्तीमा २० गोटा उद्योगलाई सहभागी गराई प्रदर्शनी कार्यक्रम गर्नुपर्ने व्यवस्था रहेको छ ।

सूचना अनुसार कुल ४१ उद्योगको आवेदन परेको थियो । कार्यविधीको व्यवस्था अनुसार कम्तीमा २० उद्योगलाई सहभागी गराउने रहेकोमा श्रोत र ब्राधनाको अनुकुलताको आधारमा कुल २९ उद्योगलाई कार्यक्रममा सहभागिताका लागि छनौटमा गरिएको छ ।

जस अन्तरगत दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक उर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उद्योग आदी मुख्य रहेका छन्, भने भौगोलिक सहभागिताको हकमा वीरेन्द्रनगरका अतिरिक्त चिङ्गगाड, गुर्भाकोट, लेकबेशी, चौकुने तथा बराहताल समेतबाट सहभागिता जनाइएको छ ।

सोका अतिरिक्त लघु औद्योगिक ग्राम स्थीत उद्योगलाई समेत प्रदर्शनीको सहभागी मानिने छ र ग्राम अन्तरगतका उद्योग÷उत्पादन समेतको अवलोकनकर्ताले मुल्यांकन गर्न पाउने छन् । छनौट भएका उद्योगहरुलाई देहाय बमोजिमको सुविधा उपलब्ध हुनेछ ।

अपेक्षित उपलब्धीः
स्थानिय कच्चा पदार्थ, उत्पादन, उद्योग, प्रविधी तथा जनसाधनको प्रवर्द्धन गर्ने, विषयगत क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरुलाई कार्याशाला, प्रदर्शनी, अन्तरक्रिया आदीको माध्ययमबाट शिक्षित हुने अवसर रहेको छ ।

सरोकारवाला क्षेत्रहरुबीच समन्वय, सहकार्य एवम् सम्बन्ध विस्तार गर्ने, कर्णालीको मौलिकतामा आधारित कला संस्कृतीको प्रवर्द्धन गर्ने र बजारिकरणमा आधारित उद्योग प्रवर्द्धनको अभ्यासमा विकास गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख मुकुन्द नाथ योगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया