उनि फिस्स हाँस्दा , उनको मुस्कानमा माछापुच्छ्रे हिमालको रौनक्ता भेटिन्छ । भाषा साहित्यको सागरमा फेवातलको गहिराई भेटिन्छ । प्रेमको कसौंडीमा परिवारको आभाष भेटिन्छ । अमृत क्षत्री साहित्यकार र एक अभिवक मात्रै होइनन् । उनी सेवा निवृत भारतीय सैनिक जवान पनि हुन ।
अवकास प्राप्त हुनुअघि ४ गोरखा राइफल रेजिडेन्टमा कार्यरत सिपाही हुन् । बोडरको सुरक्षागर्दा उहाँले समाउने बन्दुकको ट्रिगरको निशानामा के कति आतंककारी परे थाह भएन । तर उहाँको कलमले विरेचन गरेका साहित्यका बाङ्कीहरुले जो कोही पाठकको मन निशानामा पर्छ । उहाँको पहिलो कविता कृति “एकान्त भिड “ अध्यान पश्चात् हामी नजिक हुने चाँजोपाजो मिलेको थियो ।
एकान्त भिड कविता संग्रहमा संग्रहित कविताहरुको नसा उत्रन नपाउँदै । एकाएक यादको कोलाजलाई माया पब्लिकेसन्सले बजारमा अवतरण गरायो । एकान्त भिड कविता कृतिको स्वाद मेटिन नपाउँदै यादको कोलाज अध्ययन गर्ने अवसर प्राप्त भयो । कोलाजको अर्थ रहेछ सप्तरंगी वा रंगिन कलात्मक वृत्र चित्र । यसरी त हरेकको जिन्दगी रंगिन नहुन पनि सक्छ । तर फिक्का जीन्दगीलाई रंगिन बनाउनु ठूलो कुरा हो । पर्वतमा जन्मेका कविलाई बाल्यकाल अवस्थामा सेनामा भर्ती हुने मन थिएन । श्री नवदुर्गा प्रावि पर्वतबाट प्राथमिक शिक्षा हासिल गरेपछि हाइस्कुल तहको शिक्षा श्री वीरेन्द्र माध्यामिक विद्यालयमा गएर गरे।उनले त्यहीँबाट एसएलसी पास पनि गरे ।
नागरिकता किन बनाइन्छ । नागरिकता बनाएपछि नागरिक्ताले के दिन्छ थाह थिएन उनलाई । साथिको लहैँलहमा लागेर बृट्रिस सेनामा भर्तीहुने सपना बुने पछि बल्ल थाह पाए उनले नागरिकताको रहस्य । बुवा भारतिय सेनाका रिटायर्ड सिपाही हुन् । परिवारको एकलो छोरा भएर पनि होला सेनामा जागिर खुवाएर लाहुरे बनाउने इच्छा आमाबुवाको थिएन । एकदिन बुवा घरको काममा आगनमा व्यस्त थिए । कवि अमृत पनि टुप्लुक्क आगनमा आइपुगे । बुवाको सामु सबै कुरा राखेपछि छोराको लाहुरेहुने कुराले बुवाको मन खाएन । बुवाले उनका कुरालाई नकारी पनि दिए । बुवा चाहदैन थिए एकलो छोरालाई दुःखको सन्दुक बोकाउन ।
रंगरुडको जीवनमा बुवाले तमाम दुःखका पहाड छिचोलेर सेवानिवृत भएका उदाहरणहरु बुवाको आँखा अगाडि माछापुच्छ्रे हिमालझै उभिएका थिए । कविको कुरा प्रति आमाको एक मन पनि फर्किएको थिएन । बुवा भन्दा छोराछोरी माथि आमाको मन सधै कोमल हुन्छ । त्यसैमा एकलो छोरालाई सेना बनाउने मन नहुँदा नहुँदै पनि अमृत जीको बालहट प्रति आमाको पनि केही जोर चलेन । आमाले पनि इजाजत दिएपछि बुवा पर्वत कुस्मा पुगेर नागरिकता बनाई दिए । बृट्रिस सेनामा तिनपटक सम्म गेटपास लिएर छनौटको अन्तिम मुखमा आएर फालिनु परेका घटनाले कवि निकै दुखित पनि भए । बढ्दै गरेको उमेरले पनि उनलाई समयमै जागिर खानुपर्ने बाध्यता सृर्जाना गरेको थियोे ।
उच्च शिक्षा अध्ययनको लागि उनी पर्वतबाट पोखरा आउँछन् । विद्यार्थी जीवनको फकिर यात्रा यहीँ बाट उनको शुरुहुन्छ । पढ्नुको उदेश्य जागिर खाएर ठूलो मान्छे बन्नुत होनै । जीवनको गोरेटोमा गन्तव्यको टुङ्गो देखिएन भने जो कोहीलाई अट्टास लाग्नु स्वभाविक नै हो । विद्यालयको दिनचर्या त छदै थियोे । सुरक्षित जीवनको गुण पनि भेटाउनु थियो अमृत लाई।
लक्ष्मण बेसुमार पोखराको गर्मि पचाएर निदाई रहेको छ । प्रेसर कुकरमा खाना पाक्ने कुनै सुरसार छैन । मक्किएको धोद्रो आवाजलाई हल्लाबोल गरेर लक्ष्मण जी को निन्द्रा भङ्ग गर्न प्रेसर कुकरलाई रहर छैन । पेटको हल्लाबोल सुनिदैन तर पेटको हल्लाबोल भयङ्कर हुन्छ । पेटले हल्ला गर्यो भने राज्यका सासकनै धुलोपिठो हुन बेर हुदैन । अमृत मुरमुरिन्छन कुम्भकर्णको जस्तो निद्रा देखेर लक्ष्मण संग ।
सडकहरुले हरेक ययावरको गन्तव्य देखाउँछन् । जो समयमै पैतालाको सहराले सडकको आयतन नाप्न उद्दत हुन्छ उसैले सफलताको गन्तव्य भेटाउँछ । एक दिन अमृत उहीँ थोत्रो रुम , उहीँ जुठा भाडाकुडा र प्रिय साथि लक्ष्मणलाई पोखरामा छोड्दै उनी सडकहरु नापदै ठेलमठेल रेलगाडीको यात्रामा अम्बाला रेलबे स्टेसन पञ्जाव हुँदै सिमला पुग्छन् । उनले भेटाएको भावी जिवनको गन्तव्य यहीँबाट सुरुहुन्छ । रिगरुडको जीवन हुदैन ।
रिगरुड काचो माटोहो । काचो माटोलाई कुमालेले जस्तो पनि बर्तनको आकार दिन सक्छ । हो फौजमा भर्ना भएका नौजवानहरुलाई गुरुबाले त्यही काचो माटोको दृष्टिकोणले हेर्ने गर्छन् । जस्ले आफुलाई कुमालेको बर्तनझै ढाल्न सक्छ ऊ देशको सैनिक भएर निस्कन्छ जसले सकैदन ऊ भगौडा भएर घर फर्किन्छ । दुःखका पहाड छिचोल्नेहरु मात्रै एउटा पूर्ण सैनिक जवान हुनछ । गुरुबा हरुको टर्चरमा आफुलाई नगाली सैनिक बन्न सजिलो नभएको कुरा अमृत जीले बहुत सुन्दर रुपमा सुक्ष्म तरिकाले लेख्नु भएको छ । सिपाही हुने लाल्सा पालेका जोकोही युवायुवतीका लागि यादको कोलाजमा संग्रहित लेखकको अनुभव र भोगाई प्रेरणा हुन सक्छ ।
योङ्ग सोल्जर ट्रेनिङ लिनको लागि ३२ जनाको टोली अम्बाला रेलबे स्टेसनबाट पठानकोट निस्कने सुरसारमा छ । पठानकोट पाकिस्तानको सिमा नजिकै पर्ने एउटा संवेदनशील ठाउँ हो। पठानकोटमा भएको उरी हमाला जो कोही भारतीले भुल्न सक्दैन। फेब्रुअरी महिनाको जाडो पचाएर पहाडको विचभागमा अवस्थीत सर्थली हुँदै खुरदुवा निस्की रहेकाछन् अमृत । हिउँको पहिरोले बाटो अबरोध हुनु र आफ्नो वरीपरिका हिउँको पछेउरी ओढेर निदाई रहेका हिमाल देखेपछि माछापुच्छ्रेको झल्कोले आमा बा , गाउँ , समाज र देशको सम्झनाले जति गालेको छ त्यति डर दुश्मनको डरले उनलाई गालेको छैन । हुन त प्रेम भन्दा संसारमा अर्को के नै छ र ।
जम्बुको अन्तिम गाउँ रहेछ खुरदुवा । खुरदुवा गाउँमा बाटो भरी पहारा दिएर सैनिक ड्युटी गरिरहेका छन् । नदी, नाला आफ्नै लय पछ्याउँदै बाटो छिचोली रहेका छन्। न यिनाई पहरा र बिकट्टताको भएछ । नत कुनै देशका सैनिको जवानसंग । नत भए छ आतंककारी संग । न रोकिनु पर्छ दुई देशको सिमानामा । न देखाउनु पर्छ यिनले पासपोर्ट न लगाउनु पर्छ भिसा । यहाँका नदीनालाहरु भारत पाकिस्तान सिमा भएर निर्वाद दगुरी रहेका छन् । डरको त्रासमा बाँचिरहेका छन् खुरदुवा र जम्बुका मान्छे ।
डरकै सन्त्रासमा बारुदले मुख धुन्छ जम्बु । रगतकै बुर्खा ओढेर सधैसधैका लागि निदाउँछन् जम्बुका निर्दोष मान्छेहरु । डिउटिको बेला नौसेरा , कल्सिया हुँदा दोहोरो भिडन्तमा आफू मरेर बाचेको खबर राकेश भुजेलले सुनाउँदा साहित्यकार अमृत जीको शरीरभरी काँडा उम्रेका बिषयले जो कोही पाठकको मन सिरिङ्ग हुन्छ । सिपाही हुनु कसैको ज्यान लिनु भन्ने हुदैहोइन । सिपाही भएकै भरमा बिद्रोही हरुले सिपाही माथि हमाला गर्नु पनित राम्रो होइन । आखिर यो किन र कसरी भईरहेको छ । लेखकले मिनरुपमा उठाएको प्रशंगलाई कस्ले बुझ्ने ?
पिडिमा बसिरहेकी आमाले लाहुरे छोरोलाई देखेपछि ममताको आँसु पोखेर मातृत्वको भाव देखाउनुले सन्तान माथि आमाको स्नेहको गहिराई प्रस्ट देखाएको छ । रतिखोलाको सम्झना । मने गाउँ नहुनुको न्यास्रो । कति छिटै विदाका दिन सकिए पछि आमाबुवाले बिदाई गरेर छोरालाई लाहुर पठाउँदाका तिता क्षण र भक्कानिदै लेखक लाहुर लागेको यात्राले पाठको मन अमिलो बनाउँ छ ।
ए हिउँ नखेला । हिउँ लागेपछि औंला काट्नु पर्ला । ब्यारेक भित्रबाट आएको आवाज कानमा ठोकिन्छ ।हातमा खेलाउँदै गरेको हिउँ फ्वात्त भुइमा फाल्छन् अमृत । हिउँले कतै औंला त खाएन । औला वरिपरि चारै तिर दुगुराउँछन् । त्यसपछि उनले हिउँ खेलाउन छोडे। सुन्दरताको आनन्द छोएर होइन हेरेर लिनुपर्छ भन्ने गम्भीर पाठ सिके भित्र बाट आएको चेतावनी युक्त आवाजमा । त्यसपछि उनी हिउँ देखे टाढै बस्न रुचाए तर ।
हिउँकै घरमा डिउटी पर्ला कहिल्यै सोचेका थिएनन् । कुरा सन् २००६ तिरको हो ल्हे लद्दाख हुँहै जुजिला पहाडको मार्ग हुँदै अमृत जीको पलाटुन अगाडि बढ्छ कारगिलको लागि। जुजिला पहाडको बाटो सधैभर खुल्ला रहदैन । अत्याधिक हिउँ पर्ने भएकाले अक्टोबर देखि जुन सम्म बाटो नै बन्द हुन्छ। ल्हे लद्दाखमा अक्सिजन को मात्रा कमि हुने भएकाले मान्छेले ठाउँ अनुसार बसेर शरीरको युनिट पावर बढाउदै लिनु परेका किस्साहरुले जो कोहीलाई ल्हे लद्दाख पुग्ने सहास आउदैन । मुटु लुछ्ने द्रासको चिसो रातमा टेण्ट भित्र नअटापछि गाडी मुनि सुतेर रात कटाएको बिषयले सैनिक हुन त्यति सजिलो छैन भन्ने कुरा घटनाले प्रस्टाएको छ ।
प्रतिकुल्ता भित्र अनुकुल्ता खोज्नेहरुनै सैनिक बन्न सकछन् भन्ने कुरा स्पस्ट पारेको छ । ल्हे लद्दाख वन्जर ठाउँ हो । सुख्खा पहाड र पहाडको थाप्लोमा जमेका हिउँका दृष्य र हिउँ पग्लेर बगेगा नदी र नदीमा डुबुल्की मार्ने चराहरुको लुकामारी देख्दा मनमा आन्नद थपिन्छ नै तर आन्नद मन लिएर सधै भर त्यहाँ जिन्दगी गुजार्न त्यति सजिलो छैन । ओम माने प्यामे हुङको भजन धुन गुम्बामा बजि रहेको छ । शान्तिको कामना गर्दै गुम्बा माथी फहराई रहेका लुङ्दारहरु । स्वर्ग जस्तो ठाउँका दृष्यहरु नियाल्न नाङ्गा खुटा र नाङ्गा आँखाले हेर्न बर्जित छ । स्वर्ग जस्तो ठाउँमा पनि बाच्नको लागि पसिना बगाउनै पर्छ भन्ने कुरा साहित्यकारले ओकलेका छन्।
केही बर्ष पहिले जमिनको बिषयलाई लिएर चिनियाँ सैनिक र भारतिय सैनिक बिच युद्ध नै भएको थियोे । साहित्यकार अमृत उक्त सियाचिन ठाउँमा ज्यानलाई हत्केलामा राखेर नुनको सोझो गर्न सम्म पुगेका छन् । नुनको सोझो गर्ने सवालमा यात्रामा सुरेन्द्र भेटिन्छन् । कहिल्यै सुख्खा कहिल्यै बर्फिला फाट र कहिल्यै टोपी खस्ने पहाड चढ्नु सियाचिनमा पहरा दिने जोकोही जवानको बसको कुरा होइन । समुद्री सतह देखि ५७५३ मिटर उच्चाईमा रहेको सियाचिनमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा हावा चलि रहन्छ । चिसो याममा यहाँको तापमान माइनस ७० डिग्री सम्म पुग्ने गर्छ । फोनको टावरले राम्रोसँग काम गर्दैन । दुश्मनको गतिविधिको हरेक क्षणको निगरानी गर्नु पर्छ ।
फोनको टावर भए पनि धित मरुन्जेल फोनमा घण्टौ सम्म कुराकानी गर्ने छुट न कोही कसैलाई छ । नत छुट्टिको दिन बजार गएर घरमा कुराकानी गर्ने सहरनै छ सियाचिनमा । एक दिनको कुराहो । सुरेन्द्र र लेखक घर विदा सकेर पल्टनमा संगै फर्कि रहेका थिए । रेलगाडी हावाको रफ्तारमा सुर्यलाई भेटाउन पश्चिम दिशा दगुरी रहेको छ । घर जादा जस्तो खुशी सुरेन्द्र फर्कदा छैन । निन्याउरो मुख लगाएर रेलको सिटमा सुरेन्द्र शालिक झै मौन छ । उस्को मौनता प्रति लेखक अमृत अच्मबित हुँदै सुरेन्द्रको मौन हुनुको राज जान्न चाहान्छन् ।
तैलेत आफ्नो विवाहमा पनि बोलाइनस यार । सुरेन्द्रका आँखाबाट एकनास अविरल आँसु बग्छन् र उस्ले भन्छ शकुन अर्कैकी भई । सियाचिन हुँदा फोनमा हाम्रो कुराकानी हुन सकेन । सन्चार दुनियाबाट नियतिले टाढा बनाएपछि उस्ले के सोचि खै आमा बुवाको दबाबमा उस्ले पराईसंग विवाह गरेर गहि छे । प्रेमको वियोगमा क्रन्धन मिसिएको सुरेन्द्रको आवाज सुनेपछि साहित्यकार अमृतका जी आँखा पनि एकाएक गण्डकी नदी झै बग्छन् । शुकुनलाई के थाह सियाचिन हिउँको घर हो । त्यहाँ फोनले काम गर्दैन र आफुले चाहे जस्तो छोडुवा भएर लाहुरेलाइ हिड्ने छुट हुदैन भन्ने कुरा।
धर्तिमा स्वर्ग छ भने त्यो कश्मीर हो एउटा महात्माले भनेका थिए । भारतियहरु भ्याकेसनका दिन कटाउन कश्मीर त जान्छन् नै । साथै फरेन कन्ट्रीबाट आउन पर्यटकहरुको गन्तव्य पनि कश्मीर हो । सुन्दर बस्तु माथि हरेक मान्छेहरुको नजर गढेको हुन्छ । सुन्दर बस्तुलाई टाढैबाट हेर्न जति आन्द हुन्छ उक्त बस्तुलाई आफ्नो बनाउने गलत नियत भयो भने त्यो भन्दा खतरा अरु हुँदैन रहेछ भन्ने लेखकले औल्याएका छन् । दिल्ली र कराचिको इसरामा तनाब ग्रस्त रहने कश्मीर सुन्दरताको फेहर ओढेर बिच सहरमा मान्छे माथि ज्यानलिने हमालाले कश्मीलाई त्रशित बनाएको छ । त्यति मात्रै होइन सुन्दरता माथी हरेक दिन रगतको दाग लाग्ने गर्छ ।
जति कश्मीर सुन्दर छ बारुदको गन्धले कश्मीरलाई त्यतिनै दुर्गन्धित बनाएको कुरा पनि लेखकले बोलेका छन् । माया पब्लिकेसन्सले बजारमा ल्याएको अमृत क्षेत्रीको यादको कोलाज भावनामा लेखिएको संस्मरणात्मक नियात्रा संग्रह मात्रै होइन । भारतिय सेनामा कार्यरत सैनिक जवानहरुको अनुभुति पनि हो । अनुभुती लाई रोचक र कलात्मकरुपले लेख्नु जोकोही लेखकको बसको कुरा होइन । प्राकृतिक सौन्दर्य , जीवन भोगाइ र सुखदःखलाई साहित्यको आवरणमा सजाएर लेख्नु अमृत जीको सबै भन्दा ठूलो तागत हो ।
नियात्रा पढ्दै जादा पुस्तक अध्ययन गरिसेको थाहै नहुन उहाँको बौद्धिक कलाको जति तारिफ गरे पनि कम नै हुन्छ । व्यबहारमा उहाँ जति शालिन र भद्र हुनुहुन्छ पुस्तक लेखनी भाषा त्यति नै सालिन हुनुले चमत्कार मात्रै थपेको छैन हुने विरुवाको चिल्लो पात भन्ने उदाहरण चरितार्थ भएको छ ।
कमजोरीलाई औल्याउनु पर्दा त्यति साह्रो नभए पनि कुनै बिषयहरुको प्रसंग हतारमा टुङ्गिएको जस्तो आभाष हुन्छ । आगामी दिनमा उक्त बिषय बस्तुमाथी करेक्सन गर्दै लिनुहोला । हार्दिक शुभकामना छ ।
धिरेन अनुपम । सुर्खेत । २२ बैशाख २०८१, शनिबार १६:२२