कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले सर्वदलीय बैठक बोलाएका हुन् । उनले जेठ ४ गतेको लागि बैठक बोलाएका छन् ।
प्रदेशको विकास र समृद्वि सबैको साझा सरोकारको बिषय भएकोले सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठककको आयोजना गरिएको मुख्यमन्त्री कँडेलले बताए ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
युग संवाददाता । सुर्खेत । २९ बैशाख २०८१, शनिबार १५:२५