जेठ ४ गतेदेखि माओवादी केन्द्र जिल्ला कमिटी कालिकोटको वैठक जारी छ । जिल्ला इन्चार्ज जीवन वुढाको उपस्थितिमा र निवर्तमान संयोजक लक्ष्मी चौलागाईंको अध्यक्षतामा वैठक संचालन गरिएको हो । वैठकमा जिल्ला नेतृत्व चयन , आगामी कार्ययोजना , केन्द्रिय अभियानको कार्यन्वयन लगायतका विषयमा छलफल चलिरहेको छ ।
जिल्लाको संयोजक र सचिवमा दर्जनौं नेताहरुले आकांक्षा प्रकट गरेका छन । संयोजकको लागि आकांक्षा प्रकट गर्नेहरुमा सरोज बोगटी विपिन, डम्वर शाही डिबि, दुर्गाप्रसाद काफ्ले, जगत शाही शिखर , रतन वहादुर शाही, खेम वहादुर सिंह, गोगन मल्ल, गणेश शाही आकाश , रहेका छन ।
सचिव पदको लागी अग्र विष्ट सुनिल, जय महतारा, रतन वम , मान बहादुर भण्डारी, मिठ्ठु वम शैलेजा, धनलाल अधिकारी, पौरख विक, मनसोभा बुढा, भानुभक्त संजाल र तारा न्यौपाने रहेका छन । आकांक्षीहरुको विचमा छलफल गरि नेतृत्व चयन गरिने र ६ महिने भावी कार्ययोजना तयार गरि फिल्डमा होमिने कुरा माओवादी श्रोतले वताएको छ ।
वैठकमा पार्टी केन्द्रिय सदस्यहरु, केन्द्रिय आयोगहरुका सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जेष्ठ कम्युनिस्ट मन्चका सवै तहका सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, जिल्ला समिती सदस्यहरु, पालिका अध्यक्ष उपाध्यक्ष र सचिवहरु, जवस मोर्चाका जिल्ला इन्चार्जहरुको समेत उपस्थिति रहेको छ । संगठन निर्माणको लोकतान्त्रिक अभ्यासमा जुटेको माओवादी पार्टीले चयन गर्ने नेतृत्व कस्तो रहला यो जिज्ञासा आम पंक्तिमा छ ।
हस्त चाैलागाँई । कालिकोट । ४ जेष्ठ २०८१, शुक्रबार १३:१२