जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिन जोड

व्यक्तिको दैनिक तथा व्यावसायिक जीवनका लागि आवश्यक पर्ने व्यावहारिक सिपको लागि जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिन जोड दिइएको छ ।

नीतिमा शिक्षा, कार्यान्वयनको अवस्था र पत्रकारको भुमिका विषयक दुई दिने तालिममा शिक्षाक्षेत्रमा चिनाउन खोजिएको जीवनोपयोगी शिक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

गुणस्तरीय शिक्षा भन्नेबित्तिकै शिक्षालाई उत्पादनमा जोड दिने शिक्षा भनेर परिभाषित गरेको पनि पाइन्छ । अहिले औपचारिकरुपमा पठनपाठन हुँदै आएको शिक्षालाई गुणस्तरीय शिक्षा मान्ने कि नमान्ने एउटा पाटो छ भने अर्को व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक विकास गर्दै दैनिक जीवनलाई सुखमय एवं स्तरीय बनाउन शिक्षालाई,जीवनोपयोगी शिक्षाको साँचोमा ढाल्नुपर्ने अर्को पाटो रहेको छ ।

कार्याशालाको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री विरबहादुर शाहीले शिक्षाको आवश्यकता भनेको ज्ञानको एकातिर विकास गर्ने हो भने अर्कोतिर त्यही शिक्षाले जीवन सहज बनाउन जीविकाको श्रोत प्राप्ति गर्ने साधनको भूमिका रहेको बताए ।
शिक्षालाई जीवन निर्वाहका लागि चाहिने ज्ञान, सीप अभिवृद्धि, समालोचनात्मक चेत विकास गर्न सघाउ पुर्याउने कडी, जीवनमा आइपर्ने विभिन्न समस्याहरूको स्व–विवेक तथा तार्किक रुपले समाधान गर्न सिकाउने साधनको रुपमा स्थापित हुनुपर्ने मन्त्री शाहीको भनाई छ ।

कर्णालीका कुना काप्चारमा भएका बालबालिकाले कस्ता खालका शिक्षा लिएका छन् उनीहरुको शिक्षा बढाउन यस तालिमले मदत पु¥याउने अपेक्षा लिएको मन्त्री शाहीले जानकारी दिए ।

यस्तै सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले जुन ठाउँमा बालवालिकाको आवाज आएको छैन उनीहरुको आवाज वुलन्द गर्नको लागि यो क्षेत्रमा काम गरेको जानकारी दिए । शिक्षा, सोच, विचार परिवर्तन गर्न सबैले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।

तालिमको पहिलो दिन प्रशिक्षक गणेश वलीले राष्ट्रिय नीतिमा शिक्षाको बारे जानकारी दिएका थिए । जसमा कानूनका प्रकार, शिक्षा सम्वन्धीका कानून, प्रावधान, ऐनका कुरा समावेश गरिएको थियो ।

यसैगरी वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले स्थानीय तहमा शिक्षा नीति निमार्ण र कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिएका हुन् । पछिल्लो समय कर्णालीमा विद्यार्थिको टिक्ने दर न्यून रहेको बताए । अहिले विद्यार्थिको टिकाउ दर हेर्दा कक्षा ८ मा ८६ प्रतिशत, कक्षा १० मा ६९ दशमलव ९ प्रतिशत, कक्षा १२ मा ३७ प्रतिशत रहेको जानकारी दिए ।

आर्थिक वर्ष २०८१÷८२ मा शिक्षामा बजेट पनि १० दशमलव ९४ प्रतिशत मात्र रहेको बताए । उनले आधारभूत र माध्यमिक शिक्षा नीति बनाएको र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिने, नेपालमा शिक्षा क्षेत्रमा सुक्ष्म योजना अभ्यास गर्नुपर्ने लगाएत प्रस्तुत गरेका थिए । कर्णालीको १० जिल्लाको तालिम दिने संस्था शैशिक तालिम केन्द्रमा नै प्रशिक्षक नहँुदा गुणस्तरिय शिक्षा हुन नसकेको बताइएको छ ।

सेभ द चिल्डे«नकोे आयोजना र शिक्षा पत्रकार समुहको सहकार्यमा संचालित उक्त तालिममा कर्णाली प्रदेशका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया