जुम्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँका ४३ वर्षीया गोपाल रोकायाको दिनचर्या स्ट्रबेरी (भूईं काफल) खेतीमै बित्ने गरेको छ । उनी अहिले स्ट्रबेरी टिप्ने बेच्ने गर्छन् ।,’ उनले भने्, ‘टिपेको स्ट्रबेरी बारीमै लिन आउँछन् केहीले बजार तिर,त कसैले सरकारी कार्यालय अडर गर्छन् ।’ जति बिरुवा लगाउन सक्यो, उति फाइदा हुने उनी बताउँछन् ।
यो वर्ष मात्रै रोकायाले ९० हजार रुपैयाँ भन्दा बढी बेचे । ‘जतिसक्दो बिरुवा रोप्न सक्यो,आम्दानी हुन्छ,’ उनले जुम्लाको सदरमुकाम खलंगामा ८ सय वर्ग मिटर जग्गामा १ लाख बिरुवा लगाएका छन् ।
अब विरुवा पनि बेच्ने बताए । प्रति बिरुवा ५ रुपैयाँ पर्छ । १० वर्षका लागि भाडामा लिएर खेती सुरु गरेका हुन् । पहिलो वर्ष १२ बिरुवा लगाएर यसको खेती सुरु गरेका थिए । ‘मार्सी चामल रोप्ने हो, भाउ पनि आउँदैन,’ उनले भने्, ‘स्ट्रबेरी त फलकै किलोको ५ सय रुपैयाँमा बिक्री हुन्छ । बाहिर फाट्टफुट्टमा १ गिलासको ५० रुपैयाँमा सम्म बिक्री हुन्छ ।’
अन्य खेतीभन्दा स्ट्रबेरीले फाइदा भएको बताउँछन् । स्ट्रबेरीकै कमाइले बच्चा पढाउने,घर् खर्च चलिरहेको छन् ।२०७६ सालमा देखि गोपाल रोकायाले व्यावसायिक रुपमा लागेका हुन् । फलफूल उत्पादन तथा नर्सरी जडीबुटी प्रशोधन उद्योग समेत सुरु गरेका छन् ।
रोकायाले जुम्लामै व्यावसायिक हिसाबले पहिलोपटक स्ट्रबेरी खेती गरेको दाबी गरे । उनले भने, ’जुम्लाको हावापानीमा स्ट्रबेरीको खेती हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न खेती सुरु गरेको हुँ । स्ट्रबेरीको अनुसन्धानकै लागि खेती गरेको हुँ ।’
‘पहिलो वर्ष अलिअलि फलेको थियोे, प्रचारप्रसार मात्रै भयो,पछिल्लो वर्ष ६० देखि ७० हजाररुपैयाँ आम्दानी भयो,’यो वर्ष १ सय ८० केजी उत्पादन भयो,‘धान, मकै,आलु,सिमी जौ,गहुँ र कोदो बेच्दा पनि रुपैयाँ आउँदैन,’ उनले भने, ‘यो खेती फाइदा छ ।’
वैदेशिक रोजगारीभन्दा स्वदेशमा कमाइ हुने उनी बताउँछन् । ‘विदेशमा गए पनि दुःख गर्नुपर्छ,’ उनले भने, ‘दुःख गर्दा यहीँ पैसा छ ।’ स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम नभएको उनको गुनासो छ।उत्पादित स्ट्रबेरी जुम्ला,नाग्मा र सुर्खेत,मुगु बजारसम्म पुग्ने गरेको छ ।
सरकारले उत्पादित स्ट्रबेरीलाई बजारीकरण गर्ने र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र माध्यमबाट बाहिर निकासी गर्न सके किसान र बिक्रीकर्ताले राम्रो आम्दानी लिन सक्ने रोकाया बताउँछन् । विशेष गरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन बढी हुने गर्छ । बजारमा पनि स्ट्रबेरीको माग बढ्दो देखिन्छ ।
बजारीकरणको समस्या नदेखिएको र यसको व्यावसायिक उत्पादन आवश्यक छ । यो बढी बालबालिकाको रोजाईमा परेको छ । यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पु¥याउनु पर्दछ ।
माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनुपर्ने उनको अनुभव छ । जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन ।
गाेल्डेन बुढा । जुम्ला । २७ जेष्ठ २०८१, आईतवार १४:२८