आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । त्यस्तै सुर्खेतको स्थानीय तहले पनि आफ्ना मिठा र चिल्ला योजना तयार गरेर बजेट तथा कार्यक्रम पेश गरेका छन् । अनी समर्थकबाट वाहवाही र विपक्षीबाट पुरानै नीति, कार्यक्रमको निरन्तरता मात्रै हो नयाँ केही छैन भन्ने आलोचनात्मक कुरा आएका छन् । हुन पनि संधै नै ल्याएर कार्यान्वयन नभएका योजनालाई हरेक साल निरन्तरता दिएका छन् तर कार्यान्वयन शुन्य छ । यो पटक भने धेर गर्न लाग्यौ भने अलिकती पनि काम नहुने संधैको अवस्था नहोला भन्न सकिन्न । त्यसैले यो पटक वीरेन्द्रनगरले ल्याएका पूर्वाधार निर्माणमा मंगलगढीमा आकाशे पुल बनाउने र आफ्नै नगर बस चलाउने यि दुई योजनालाई पूर्णता दिएमा पनि धेरै काम हुन्छ ।
नीति, कार्यक्रममा खुब गजव ल्याएर केही हुँदैन त्यो कार्यान्वयनको पाटो कस्तो रह्यो त्यो चाँही सबैभन्दा महत्वपूर्ण कुरा हो । वीरेन्द्रनगरले २०८१/०८२ का लागी कुल ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत आवको भन्दा धेरै हो । बजेट जति नै भए नी कार्यान्वयन गर्ने निकायले कसरी कार्यान्वयन गर्छ उपलव्धी हेर्छ कि खर्च हेर्छ ? रिजल्ट खोज्छ कि योजना ल्याएका छौं भनेर मख्ख पर्छ भन्ने कुरामा भर पर्छ । भौतिक विकासका लागि २५ करोड ८५ लाख ५० हजार बजेट छुट्याएको छ ।
कर्णाली प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिँदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति समेतको स्वामित्वमा रहेका स्थानहरुको समेत उपयोगीतामा ध्यान दिनु पर्छ । नीति तथा कार्यक्रमबाट नै वाहवाही कमाउने काम नगर्दा नगरको विकास पनि हुने र आप्mनो समेत बिकास हुने कुरामा दुईमत छैन किनकि धेरै युवाले विभिन्न देशको विकास मोडल देखेका छन् सन्तानले कामका आधारमा आगामी निर्वाचनमा जनप्रतिनीधि छान्नलाई आफ्ना अभिभावक र आफन्तलाई मनाएर जिउहजुरी भन्दा पनि कामको मुल्याङ्कन गरेर नेता बनाउने चलनको विकास पक्कै गर्नेछन ।
त्यसैले ठूला ठूला भाषण भन्दा पनि बरु थोरै काम गर तर देखिने र जनताले महशुस गर्ने खालका काम गरेका योजना हजारमा काम संख्यामा हुनुभन्दा त्यो बरु जाती होला की ? योजना बनाउने बेलामा लहडका भरमा सबैलाई खुसी पार्ने नाममा कार्यान्वयन पनि नहुने योजना हाल्ने तर बर्षै साल त्यहीलाई दोहो¥याउनु त त्यति राम्रो मानिँदैन नि ? त्यसैले गफ कम गर, काम चुपचाप गर तर जनताले महशुस गरुन ।
हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधी रैछन भन्ने महशुस मात्रै गर्न पाए पनि तिम्रो राजनीति राजाको पुस्तान्तरण भए झैं पुस्तान्तरण नै हुनेमा २ मत छैन तर काम देखीने हुनुपरो । न कि हरेक साल पुरानै योजना दोहो¥याउने तर काम कहिल्यै पनि नगर्ने गरेउ भने तिम्रा राजनीति पनि चम्चेहरुले दादागीरीले नै चलाईदिँदासम्म चल्नेछ जुनदिनज्यूहजुरी सक्किन्छ त्यही दिन राजनीतिमा पूर्णविराम लाग्ने छ । त्यसैले वीरेन्द्रनगरले यो पटकमा मंगलगढीमा आकाशे पुल र नियमित नगरबस मात्रै व्यवस्थित चलावस जनताको लागी बहुत ठूलो कुरा हुन्छ ।
याे पनि पढाै :-
दिपक बुढा । सुर्खेत । १८ असार २०८१, मंगलवार ११:२१