२०५५/०५६ सालतिरको शिक्षक दरबन्दीले अहिलेसम्म धानेको हालको शिक्षा प्रणालीले न धानेको छ । रिजल्ट वर्षेनी बिग्रिँदै गएको छ । राज्यले आफ्नो बजेटको ठूलो हिस्सा शिक्षामा खर्च गरेको भनेर ढोल पिटेको पिटेई छ । संघ, प्रदेश र स्थानीय तह शिक्षाप्रति त्यति चासो दिएको देखिँदैन ।
न सरकारका निकाय जिम्मेवार छन् नत शिक्षक नै, अभिभावकलाई आफ्ना नानीबाबु विद्यालय गएकै छन् भन्ने भएको छ, पढाईदिएकै छौं नि भन्ने छ । अनि विद्यार्थीलाई पढाईमा भन्दा अहिलेको चिरपरिचित सोसल मिडिया चलाउन पाए पुगेको छ । न सरकारलाई आफ्ना नागरिकका वालवालिकालाई किन पढाउने भन्नेमा चासो छ ?
सरकारी मानो खाएका शिक्षकलाई तिनै अभिभावकले खुन पसिना एक गरेर तिरेको करबाट तलब खाएर राजनीती गर्न ठिक्क छ । आधारभूत रुपमा किन पढ्ने ? पढेर के हुन्छ ? पढेका र नपढेकामा फरक के हुन्छ भन्ने कुरा सम्म अहिलेका बच्चालाई बुझाउन नसकेको अवस्थामा कस्लाई गुनासो गर्ने ? के चाहीं कुराको कमी छ र ६० हजार तलव खाने सामुदायिक विद्यालयमा कर्णालीका ५८ प्रतिशत विद्यार्थी असफल हुन्छन र त्यहींका निजी विद्यालय तिनीभन्दा धेरै अगाडी हुन्छन ?
कहिल्यै सरकारले यो विषयमा ध्यान दिएको छ ? बल्लतल्ल २० हजार तलब खाने र बर्षैसाल फेरिने निजी विद्यालयको गुणस्तर राम्रो र लाखौंमा प्रतिस्पर्धा गराएर सयको सङ्ख्यामा छनौंट हुने सामुदायिक विद्यालयका शिक्षकमा कमीका कारण होला कि ? के कारण होला ? कि विद्यार्थी आफ्नै कारणले पो होला कि ? फेरी तिनै महङ्गो शुल्क तिरेर निजीमा पढ्दा असाध्यै राम्रो र सरकारीमा पढ्दा कमजोर कसरी हुन सक्छन र ?
शिक्षा नीति मै सुधार्नुपर्ने छ की ? शिक्षक सुधार्नुपर्ने हो की ? अभिभावक सुध्रिनुपर्ने हो की ? कि त विद्यार्थीलाई नै पो सुधार्दा रिजल्ट राम्रो आउँछ कि ? के को सन्तुलन बिग्रीएको होला ? यो कसले खोजिदिने ? कसले सुधारिदिने ? यसको विषयमा सरकारले पहिलो प्राथमिकता दिएर खोजी गरेर सोही अनुसार के लाई कसरी सुधार्नुपर्ने हो ? त्यो समेत नमूनाको रुपमै भएपनि लागु गरेर सोही रिजल्ट अनुसार अगाडी बढे हुँदैन र ?
संधै रिजल्टको बेलामा रोईलो गर्ने अरुबेला कानमा तेल हालेर सुतेकै कारण यो दिन देख्न परेको हो भन्दा अत्युक्ति होला र ? भर्खर २ वर्ष कोभिडको समयमा कक्षा सजिलै पार गर्न पाएका विद्यार्थीहरु सोसल मिडियामा बढी ध्यान र पढाईमा कम ध्यान दिनुको परिणाम पनि काहिंकतै होईन भन्न मिल्ने अवस्था चाँही छैन ।
यसरी सबैलाई आफ्नो कर्म भन्दा पनि अहिले धेरैलाई बर्बाद बनाएको टिकटक फेसबुक लगायतका सोसल मिडियालाई सदुपयोग भन्दा दुरुपयोग बढ्नुको असर पनि हो । त्यसैगरी न बाउआमाको डर, न शिक्षकको डर, न भगवानको डर, गतिछाडा र स्वतन्त्रताको नाममा गतिछाडा संस्कारहिन हुनुले पनि यो रिजल्टमा असर पारेको हो ।
पहिला पहिला मातापिता, गुरु, अग्रजप्रती आदरसम्मान र नम्रता थियो खराव भनेको शिष्य पनि झुक्नुपर्छ भन्ने संस्कार थियो । अहिलेकामा त्यो छैन बरु तलाँई पख्लास् भनेर धम्की दिनेमा बरु अगाडी छन त्यसको असर पनि हो अहिलेको एसइईको नतिजा त्यसैले शिक्षा सङ्गसङ्गै बालबालिकामा सही, गलत छुट्याउने र हाम्रा धर्म, परम्परा र संस्कार पनि शिक्षा सङ्गै दिनु अत्यावश्यक छ ।
याे पनि पढ्नुहाेस :-
दिपक बुढा । सुर्खेत । १९ असार २०८१, बुधबार १४:००