बिमल हमाल।
गाउँ र यार्सा लुटदै हिडने लुटेरा समुहलाइ नेपाल प्रहरिले अत्याधुनिक हतियारसहित पक्राउ गरि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरि जिल्ला प्रहरि कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाइ सार्वजनिक गरेको हो ।
जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो ।
पक्राउ परेका ६ जना मध्य ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरिले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिएको जानकारी अनुसार घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका छन उनिहरुलाई नियन्त्रणमा लिन प्रहरिले खोजी तिव्र पारेको छ ।
गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटन तिर गएको मौका छोपि लुटेरा उक्त आठ जनाको हतियारधारी समूहले गाउमा लुटपाट गरेको थिए ।
लुटेरा समुहले गाउका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला,चादि ९९४ दशमलव ५ तोला,बुद्धको मुर्ती,रिणिमोक्क्ष माइको मुर्ती,मुगाको माला ९५ तोला,यार्सा,मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानियहरुले प्रहरीमा जाहेरि दिएका थिए ।
घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिह कमाण्डमा प्रहरि खटिइ विभिन्न ७ वटा स्थानमाअनुसन्धान सुरु गरेको थियो । यो अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, ,हुम्ला,कालिकोट र डोल्पाका प्रहरीसङ्ग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।
घटना भएको झण्डै एक महिनापछि गाउँ र यार्सा लुटपाटमा संलग्न आठ जनाको टिम मध्य प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाले जनाए ।
प्रहरिका अनुसार यार्सा तथा गाउँ लुटन संलग्न रहेका आठ जनाको टिम जुम्ला जिल्ला कै भएको पृष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका छन ।
यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान,सुन कै माडुली २ थान ( विक्री गरेर पश्चात् जुम्ला प्रहरि मार्फत बरामत)पनि बरामत गरेको छ ।
पक्राउ परेका जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाका पुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
युग संवाददाता । मुगु । २४ असार २०८१, सोमबार १३:३२