मौसममा सुधार संगै हिमाली जिल्लामा हवाई सेवा सुचारु

मौसममा सुधार आएसंगै हिमाली जिल्लामा हवाई सेवा सुचारु भएको छ । जुम्लामा सोमबारदेखि सुचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने, ‘बुधबार देखि हवाई सुचारु भएको हो । हिजोमात्रै चार फ्लाइट उडान भएका थिए ।नेपाल एयरलाइन्स, दुईवटा समिट र तारा एयरले उडान गरेका हुन् ।’

मंगलबार एक फ्लाइट समिट उडान भएको बताए । नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले नेपालगन्जदेखि जुम्ला उडान भरिरहेका छन् । यता रारा हवाई नागरिक उडडयन प्राधिकरणका प्रमुख श्रीकृष्णले मुगुस्थित रारा विमानस्थलमा मंगलवारदेखि हवाई उडान सञ्चालन भएको बताए । उनले अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान मंगलवारदेखि पुनः सञ्चालनमा आएको बताए ।

मौसममा सुधार भई घाम लागेपछि नेपालगञ्जबाट समिट र तारा एयरले रारा बिमानस्थलमा दुई फ्लाइट उडान गरेका छन् ।
भीषण वर्षाले गर्दा मुगुमा हवाई र सडक यातायात अवरुद्ध हुँदा जिल्लाबासी आवत जावत गर्न सकिरहेका थिएनन् ।
यस्तै हुम्लामा पनि वर्षाले हवाई सेवा बुधबार देखि सुचारु भएको छ । भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार सोमवार ताराले उडान भरेको थियो । हुम्लामा नेपालगन्जबाट तारा, समिट र सीता एयरलाइन्सहरुले उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया