हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास


जुम्लाको हिमा गाउँपालिकाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गरेका छन् ।

प्रशासनिक भवन सिलान्यास भएपछि अव हिमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाँडामा पक्का भएको छ । लामो समय देखी जुगाँडमा रहेको सो केन्द्र हिमा गाउँपालिकाको विच सेन्टरमा नभएका कारण जग्गाको खोजी समेत भएको थियो । गाउँपालिकाले सो क्षेत्रमा करिब ३९ सय मिटर जग्गा गाउँपालिकाको नाममा दर्ता गरिएको थियो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका–५ निवासी स्थानीय दानबहादुर शाहीले तिनहजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई निशुल्क प्रदान गरेका६ करोड संंघीय सरकारको र ४ करोड स्थानीय सरकारको लगानीमा प्रशासनिक भवनको शिलान्यास गरिएको हो । १४ वटा सटर सहित प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरिएको हो । संघीयता कार्यान्वयन पछि सात वर्षदेखि भाडाको भवनबाटै सेवा प्रवाह गर्दै आएको हिमाको सरकारले आफ्नै प्रशासनिक भवन निर्माणको सुरुवात गरेको छ ।

गाउँपालिका अध्यक्ष शाहीले १२ औ गाउँसभामा ऐतिहासिक निर्णय गरेर बाजागाडा स्थायी केन्द्र तोकिएपनि कार्यान्वयन हुने नहुने डर थियो । यस अभियानमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाही सहित गाउँपालिका कार्यपालिका सहित सवैलाई विशेष धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष शाहीले प्रशासनिक भवन निर्माणका लागि बनाएको कार्यविधि अनुसार भवन अगाडि बढाईएको छ । उनले भवनको लगानी ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत हिमा गाउँपालिकाको लगानीमा प्रशासनिक भवन नर्माण हुनेछ । गाउँपालिकाका भवन अपांगतामैत्री, वालमैत्री वनाईने छ । भवन शिलान्यास भएपछि अव हिमा गाउँपालिकाले स्थायी संरचनाको बाटो खुलेएको छ ।

१० करोड बरावरको लगानीमा सो भवन निर्माण हुने भएको छ।कार्यक्रममा नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले गाउँपालिकाको स्थायी संरचना निर्माण गर्नका लागि गाउँपालिकाले गरेको दुखको प्रशंसा गर्दै यो अभियानमा लाग्ने जग्गादाता देखी सवैलाई विशेष दिए ।

तपाईको प्रतिक्रिया