सत्तालिप्सा र धोकाको राजनीति

पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी दर्ज भएबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल टोपी र कोट लगाउने परम्परामाथि शुट पाइन्ट र टाइ लगाइ प्रधानमन्त्री पदका लागि ईश्वरको नाम उच्चारण नगरी जनताको नाममा शपथ खाँदै गर्दा आफ्नै सङ्कल्प खण्डित भैरहेको थियो । राजनीतिमा बोलिने एउटा गरिने अर्कै हुन्छ भन्ने भाष्य बनिरहेको बेला, ओहो ? कतै माओवादी पनि अन्य पुराना संसदवादी दल जस्तै पदमा आसक्त हुन खोजेको त होइन भन्ने शंसय पैदा हुन गयो । किनकि एउटा पत्रिकामा पढेको दाहालको अन्तर्वार्ता मनमा ताजा थियो ।

यदि सरकारमा नगइनहुने अवस्था आयो भने पनि अन्य साथी हरुलाई पठाउँछौ बाबुरामजी र म जाँदैनौं बरु बाहिरै बाट निर्देशन गर्छौं । भूमिगत अवस्थाको पछिल्लो समय कालमा चर्चित पत्रकारद्वय नारायण वाग्ले र प्रतीक प्रधानलाई अज्ञात स्थलमा प्रचण्डले दिएको पहिलो अन्तर्वार्ताले राजनीति बजारमा सनसनी फैलाएको थियो । कति ठूलो आदर्श कति महान विचार ? माओवादीले भनें झैं यो जनयुद्ध साँच्चै नेपाली को मुक्ति उन्नति प्रगतिको लागि पो रहेछ भन्ने छाप परेको थियो मनमा । ऐतिहासिक जनआन्दोल सफल भएपछि प्रचण्ड र बाबुराम भट्टराई बालुवाटारबाट सार्वजनिक हुँदा उनीहरु प्रति जनताको मनमा श्रद्धा र सम्मान भरिएको थियो । पछि राजा विरुद्धको आन्दोलन गर्न दिल्लीमा १२ बुँदे सहमति गरे तापनि पहिला संसदीय दलका खलपात्र र अपुतालीमा गद्दी पाएका राजा बीचको सत्ता खिचातानीले जनजीवन कष्टकर भैरहेको थियो । दुस्ख र कष्ट नेपालीले बाध्यतापूर्वक सहन गर्न परिरहेको थियो, जसलाई मिल्काउन जसरी पनि एउटा निकास चाहिएको थियो । त्यसकारणले पनि प्रचण्डलाई राजनेताका रूपमा हेरिएको थियो, यद्यपि उनको गतिविधि कार्यशैली स्वभाव चरीत्र सबै भविष्यको गर्भमै थियो ।

आफ्नो वचनमा अडिग रहेर प्रधानमन्त्री पदबाट विमुख हुन नसके पनि प्रधानमन्त्रीको स्वकीय सचिवमा आफ्नै पुत्रको सट्टा नियम बमोजिम पठित, योग्य र सक्षम व्यक्ति कसैलाई नियुक्ति गरेको भए कार्यसम्पादनका कोही कसैले शंका गर्न पाउँदैथ्यो । सुरुमा नै लाखौं पर्ने पलङ र विलासी सामनको उपभोगमा प्रचण्डको नाम मोलिनु भनेको अवश्य राम्रो कुरा थिएन । छोरी बुहारी भाइ भतिजा ज्वाईं सम्धी र नातागोताले राजनीतिक नियुक्तिमा रहर गरे भन्दैमा प्रचण्डले प्रश्रय नदिएर सुरुमै त्यसलाई रोक्न खोजेको भए अत्यन्त उत्तम हुने थियो । परिवारवादको आरोप खेप्नुपर्छ, पार्टी भत्किन्छ, हामीलाई विश्वास गरेका जनताको मन खलबलिन्छ भन्ने ढंगबाट पदमा आँखा लगाउने परिवार सदस्यलाई सम्झाएको भए जुझारु कार्यकर्ता पलायन भएर परिवार र नातागोताले पार्टी यति भद्रगोल हुँदैनथ्यो । सुन्नमा आएको सामाजिक वा आर्थिक कारण जे भए पनि माओवादीका शिर्षस्थ नेताहरू प्रचण्डको हैकमवाद ले दिनदिनै पार्टीबाट बाहिरीन थाले । पार्टी निरन्तर ओरालो झरेको तथ्य पनि सत्ता मोहमा ध्यान गाढेका प्रचण्डले बुझ्न चाहेनन् ।

दोस्रो संविधानसभाको निर्वाचन परिणाममा माओवादीले ८९ सभासद जितेर तेस्रो स्थानमा आयो, जबकी पहिलो संविधान सभा निर्वाचनमा २३४ सिट संख्या थियो । प्रचण्डको अहंकार र उन्मादका कारण पार्टीको अधोगती सुरु भएको संकेत बुझेर बेलैमा रोक्नुपर्ने थियो, सच्चिन सुध्रन सक्ने अवस्था थियो । सत्ता त्यागेर जनतामा फेरि विश्वास भर्दै संगठन विस्तारमा ध्यान दिनुपर्ने थियो । पहिलो कार्यकालमा सेनासँग जोरि खोज्दा शेखी झरेको कुरा बिर्सेर मनोगत स्वार्थ सिद्ध गर्न नसक्दा तत्कालीनअख्तियार प्रमुख लोकमान सिंह कार्की, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र अर्का प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई प्रचण्डकै पहलमा महाअभियोग लगाइयो । व्यक्ति सानो ओहदाको होस ठूलो ओहदाको अपराध गरेकोमा कारबाहीको भागिदार हुनुपर्छ , यसमा कसैको दुईमत छैन तर अपराध नखुट्याइ सजाय गर्न पनि मिल्दैन । कसुरको खास विषय पनि प्रकाशमा आएन, महाअभियोगको कारबाही तार्किक निष्कर्षमा पुगेन र त्यसको कारण पनि खोलिएन । के गणतन्त्रमा राज्य यति निर्मम हुन मिल्छ रु के यस्तै हुन्छ त समाजवादको यात्रा रु यस्ता प्रश्नले प्रचण्डलाई छुदैनथ्यो,किनकि उनी सत्ता मोहमा थिए ।

जनताबाट दिनानुदिन विश्वास हराउँदै गएको माओवादीले निर्वाचनका पछिल्ला परिणाममा सफलता झनझन कमजोर पाउन थालेपछि प्रचण्डले आफू र आफ्ना निश्चित भजन मण्डलले साम दाम दण्ड भेद जसरी पनि चुनाव जित्ने र दल दलहरुमा छलाङ हानेर सत्ता समीकरण गर्ने नीति तय गरे । यही नीति अनुरुप २०७९ को संसदीय निर्वाचन परिणाम पछि पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको कांधमा पालैपालो बुइ चढ्दै तेस्रो दल माओवादीले सत्ताको लगाम समायो । प्रधानमन्त्री प्रचण्डले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था दोहोरी रहँदा संकोच लागेन, हिनताबोध पनि भएन बरु विजय हासिल गरेको अर्थमा लिए । प्रचण्डले चारौंपटक विश्वासको मत लिंदै गर्दा सहकारी ठगीको मुद्दा उठाएर कांग्रेसले संसद अवरुद्ध गरिरहेको थियो । विश्वासको मत लिने वातावरण असहज भएकोमा कांग्रेस सांसदहरलाईआक्रो पोख्दै थिए, तपाईंहरुको गतिविधि कलंकको रूपमा स्थापित हुने छ । तपाईंहरुले आज बहुत गलत गर्नुभयो, म गहिरो दुस्ख व्यक्त गर्न चाहन्छु । जरुरी परे १०र१२ पटक पनि विश्वासको मत लिन्छु । नेपालमा मात्र होइन विश्वको मत लिन्छु कांग्रेसले अर्को चुनावमा देख्छ । विश्वासको मतसँग उनको उन्माद त्यसरी उम्लेको थियो ।

सत्तालिप्सा र प्रधानमन्त्री पदको लालसामा कांग्रेसलाई चक्मा दिएर प्रचण्ड एमालेमा आए एमालेको गुणगान गाए । एमाले लाई धोका दिएर फेरि कांग्रेससँग गए कांग्रेसकै स्तुति गानमा रमाए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भनी आपत्ति जनाएर प्रचण्डको अगुवाइ मा अन्य केही नेताले समेत विरोध गरि अलगथलग भएको अवस्था थियो । पछिला दिनमा समेत संसद वा अन्य मञ्चमा जताततै संसद विघटन जायज थियो भनेर ओलीले उच्चस्वर मा अभिव्यक्ति दिइरहेका छन । यस्तो परिस्थितिमा पनि फेरि प्रचण्डले कांग्रेसलाई धोका दिएर एमालेमा मिसिन आइपुगे । प्रचण्डलाई जसरी पनि पाँच वर्षको कार्यकाल प्रधानमन्त्रीकै कुर्सीमा बिताउनु थियो, उनको आसय र अभिव्यक्तिबाट यो प्रष्ट बुझिन्छ । धोकाधडीका एक माहिर खेलाडी प्रचण्डलाई ओलीले जाल थापेको पटक्कै भनक हुन सकेन । कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवासँग ओलीले यही असार १५ गते प्रारम्भिक छलफल गरि १७ गतेका दिन सत्ता समीकरण गर्ने सहमति गरेपछि प्रचण्डको राजनीति ठूलो जोखिममा परेको विश्लेषण हुन थालेको छ । अन्तमा धोकाको राजनीति प्रचण्डमाथि नै भारी पर्‍यो ।

राजनीतिको दुर्गन्धित खेलले को कतिखेर सत्तामा पुग्छ र को सत्ताबाट पछारिन्छ एकिन गर्न नसके पनि समीकरण मिलाइ सत्तामा पुग्न प्रचण्डलाई अब मुस्किलै देखिन्छ । अन्य उपाए खोज्दाखोज्दै र अभ्यास गर्दागर्दै माओवादीबाट सत्ता धेरै टाढा पुगिसकेको हुनेछ किनकि समय रोकिदैन । प्रचण्ड परिवार र नातागोतालाई समाजले हेर्ने दृष्टिकोण पनि बदलिंदै जाने छ । बलेको आगो ताप्नु अधिकांशको स्वभाव हो, त्यसमाथि हिजो सत्ताको दुरुपयोगमा गरिएको कुकर्म पनि जनताले बिर्सदैनन् ।

न्यायीक निकायहरुमा प्रचण्डका विरुद्ध धेरै मुद्दा विचाराधीन अवस्थामा छन प्रतिपक्षी नेताका हैसियतले पहिला जस्तैगरि दबाबमा राख्न सक्छन् कि सक्दैनन् ? द्वन्द्वकालीन न्यायलाई उपेक्षा गरिरन सम्भव होलाकी नहोला ? संगठन विस्तार गर्न कार्यकर्ताको मन पलाउलाकी नपलाउला ? जनताको विश्वास जाग्लाकी नजाग्ला ? प्रतिपक्षको कित्तामा उभिएर प्रतिपक्षीको भूमिका निभाउन प्रचण्डलाई त्यति सजिलो देखिदैन ।

यही असार २८ गते काठमाण्डौबाट रौतहट जाँदै गरेको र वीरगन्जबाट काठमाडौ जादैगरेको दुईवटा यात्रुवहाक बस नारायणगढ र मुङ्लिन बीचमा पर्ने सिमलतालमा लेदो सहित को पहिरोले पुर्दै बर्खाले उर्लिरहेको त्रिसुली नदिमा मिसाइदिए पछि देशमा शोक पसेको छ । दैवीप्रकोप हो दुखद घटना हो, मान्छेको नियन्त्रण बाहिरको कुरा हो भनौला चित्त बुझाउँला । तर बाटो समयमै निर्माण गर्ने कुरा त मान्छेको नियन्त्रण भित्रै पर्छनी । सत्ता चलाउने ठालुहरु ठग ठेकेदारको घरमा डेरा नजमाउने हो भने, ठेकेदारसँग मोटो कमिसन नमाग्ने हो भने, र काम नस्क्ने बदमास ठेकेदारलाई समय थप्दै नजाने हो भने बाटो नबन्ने कुरै हुँदैन । अपुरो अधुरो बाटामा जनतालाई नहिडी पनि हुँदैन । जोखिम उठाएर हिडन बाध्य बनाइएपछि यस्तो नियती भोग्न अभिशप्त छौं हामी । गणतन्त्र चलाउनेले पनि जनतालाई रुवाउनु रुवाएका छन ।

नेपाली सेना, नेपाल प्रहरी र मद्दतगार जनता अहोरात्र खटिदा पनि उद्धार हुन कठिन भैरहेको छ । यात्रु कति हुन एकिन छैन,गहिराईमा अडिएको छकी बस बगिरहेको छ, भेटाउन सकिएको छैन । यस्तो विषम र कठिन परिस्थितिलाई पनि राजनीतिले आफ्नो अनुकूल पारेर भजाउन खोजिरहेको छ ।

दैवीप्रकोप परेको बेला सरकार उद्धार गर्न खटिनु पर्नेमा आज विश्वासको मत नपाएर बाहिरीनु परेको छ भन्ने ढंगले संसदमा रोइलो गरिरहेका थिए प्रचण्ड । समयमै प्रचण्डले राजीनामा दिएर मार्गप्रसस्त गरिदिएको भए अर्को सरकार निर्माण भएर उद्धारमा लागिरहेको हुनेथियो भन्ने तर्क गरिरहेका थिए एमाले का कोही नेता । जनताको रोदन र विलौना नेतालाई तमासा भेको छ । त्यसैले जसको सरकार गए पनि जसको सरकार आए पनि जनताको जीवनगतिमा परिवर्तन हुने संकेत कतै देखिदैन । गर्ने सरकारले यो गर्छु र त्यो गर्छु भन्दै डिङ हाँक्नु पर्दैन । विगतमा जे भयो सो भयो, अब कामले नै परिणाम देखाउने हो, पहाडै फोड्न पनि पर्दैन । अलिकति नैतिकताको ख्याल राखी कानुनको पालना गरिदिए केही काम फत्ते हुन्छ । जस्तैस् कसैका श्रीमती हुन चाहे भाइ भतिजा नातागोता या आफन्त, अपराध कर्ममा बात लागेका पात्रलाई मन्त्रीमा नतान्ने प्रण गरे तब देखिन्थ्यो जनतामा भरोसा । भ्रष्टाचारजन्य कर्ममा डामिएका केही पात्रहरु चस्मा लगाएर हाँसिरहेका देखिन्छ्न संसदमा तिनलाई कठालो समाइ खोरमा हुलिदिए तब विश्वास पलाउँथ्यो देशमा । कथनी र करनीमा एकरूपता नहुदासम्म सरकारको फेर बदलबाट सार्थक उपलब्धि पाउन सकिँदैन ।

तपाईको प्रतिक्रिया