सम्पादकीय : अब के पाउँछन कर्णालीबासीले ?

कर्णालीसहित समग्र देशकै सत्ताको खेल पनि केटाकेटीको रुमाल लुकाईवाला खेल भन्दा खासै फरक भएको छैन । अब फेरी सत्ता कांग्रेस र एमालेको पोल्टामा हुनेछ । भने कर्णालीमा ९ बर्षपछी नेकपा माओवादी सत्ताविहीन हुनेछ । फेरिने सत्ता साझेदारी जो वर्षदेखी भागवण्डामा सरकारको रस्वादान गरिरहेका एमाले र काङ्ग्रेस फेरी एक पटक सरकार बनाउन सरकार नामक जुवामा नारीएका छन् । जनताका लागि हो या त आफ्नै लागि हो त्यो त अगाडी पनि नारिएका यिनका चरित्र र कामको आधारमै मुल्याङ्कन हुने हो फेरी पनि तै विषेश सास रहुन्जेलको आश त हो नि फेरी पनि केही गरी पो हाल्छन कि भनेर आश गर्नुको विकल्प पनि त छैन नि ।

सत्ताको स्वाद पनि कस्तो हँुदो रहेछ कुन्नी ? जबसम्म चाख्न पाउँदैन तबसम्म केही गर्न छोड्दैन यसो सुन्दा पनि ओ हो नि यो जत्तिको बिकासवादी कोही छैन कि झै लाउने । जब उ सत्तामा पुग्छ कस्तो खालको हर्मोन उत्पन्न हुन्छ कुन्नि कि केही पनि सही र आवश्यक काम नहुने ? त्यहि व्यक्ति फेरी बाहिर हुँदा फेरी पुरानै प्रबृत्तिको हर्मोन उत्पादन हुन सुरु गर्ने ? खासमा त्यहाँँ उपलव्ध हुने कुर्चिमा मात्र त्यो विकासवादी सोचको हर्मोन काम नगर्ने हुन्छ कि क्या हो है ? कर्णालीबासीलाई त्यस्तो नेतृत्वमा पुग्नेहरुसंग छुट्टै केही आशा छैन झैं लाग्छ । किनकि जति हली फेरिए पनि गोरु उनै हुन मेलो पनि त्यही अनुसार बन्छ । र जति सरकार परिवर्तन भए पनि सरकार भएको अनुभूत गर्न नपाएका कर्णालीबासीलाई आशा भनेको दिगो सरकार बनेर गतिलो अगतिलो जे गरेपनि सरकारस्थिर भएपछी आ–आफ्नो काम त ढुक्कले गर्न पाउथे । बनेका बजेट नीति कार्यक्रम नगर्ने बाहानाबाजी गरेर एकले अर्कालाई सरापेर ठग्ने प्रबृत्तिमा कमि आउने थियो कि भन्ने बाहेक कर्णालीबासीलाई त्यती मात्र झिनो आशा छ ।

त्यो आशा अब बन्ने सरकारसंग चाहान्छन कर्णालीबासीहरु । त्यति आशा राख्ने अधिकार त तिमीहरुलाई भ्रष्टाचार, सेवा, सुविधाका लागी आफ्ना बालबच्चाको गास काटेर आफु ऋणमा चुर्लुम्मै डुवेर पनि तिम्रा नाममा अनेक थरिका कर दाखिला गरेका छन् हैन र ? त्यसैले आफ्नो दुनो सोझ्याउँदा कहीं कतै ति आम नागरिकलाई पनि सम्बोधन हुने खालका नीति बनाउ । पुर्खेउली सम्पत्ति बेचेर हामीलाई विकास चाहियो भन्दैनन जनताले ।

आफुले तिरेको करको रक्षक वन भनेर पठाएकाहरु भक्षक नभए त्यही ठूलो कुरा हो । तिरेको करको संरक्षण होस । मितव्ययी होस । दुरुपयोग नियन्त्रण होस । अत्यावश्यक बाहेक सुविधाभोगी कोही नहुन । जनताको पसिनामाथी कसैले मस्ति नमारुन । करको सही सदुपयोग हुँदै जे जति पुग्छ त्यसबाट विकासको अनुभूति जनताले पाउन । जनताले सुशासन पाउन, विधिको शासन, कानूनि राज्य, नेता तथा नेतृत्व उच्च नैतिकवान, चरित्रवान होस । देशको राष्ट्रियता, सार्वभौमिकता, अण्डताको संधै संरक्षण र जगेर्णा होस । नेतृत्व रोलमोडल होस । सबै हिसावले अरुले अनुकरण गर्ने खालको आचरण, विचरण होस । नकी सत्तामा पुग्दा धन सम्पत्ति थुपार्ने, लोभी पापी, उधोगी व्यापारी, विचौलीको अनुकुलतामा देशका नीति निर्माण प्रभावित हुने व्यवस्था र अवस्था चाहिएको हैन ।

त्यसैले नयाँ बन्ने गठबन्धनको सरकारले सरकारका निति तथा कार्यक्रम यसका पालामा आएको यसलाई किन सफल हुन दिने भनेर ईगोको रुपमा लिन भन्दा पनि आम चासो र विकास के के हुन कुन कुरा आवश्यक हो कुन आवश्यक होईन छुट्याएर आवश्यक कुराहरुलाई सफल बनाउन लागि परे भने त्यो भन्दा छुट्टै केही गर्नु पर्दैन । आफ्नो जिम्मेवारी अनुसारको भूमिका ईमानदारिताका साथ निर्वाह गरेमा त्यो नै असल र सफल नेतृत्व हुनेछ ।

तपाईको प्रतिक्रिया