सम्पादकीय : विद्यालयमा सरकारी लगानीको प्रतिफल शुन्य ?

एसइईमा सुर्खेतका ४ निजी र १७ सामुदायिक गरी २१ वटा विद्यालयले एक जना पनि विद्यार्थी पास गराउन सकेनन । आवश्यकता भन्दा पनि आफ्ना मान्छेलाई सुगम र घरपाएक जागिर खुवाउनकै लागी स्थापना भएका विद्यालयहरुको हालत यस्तो भएको देखियो । एउटै भौगोलिक दुरिमा रहेका विद्यालयहरुका विषयमा अव स्थानीय सरकार, शिक्षा कार्यालय, शिक्षा विभागले समेत यो विषयमा ध्यान दिन आवश्यक देखियो । यि विद्यालयबाट एसइईमा सहभागि विद्यार्थी जम्मा ४२६ जना थिए । ति मध्ये १ जना पनि पास नभएर विद्यालय निल भएका हुन । विद्यालय निल भएपछी आप्mनो नाक कुन दुलोमा हालेर चोखै राख्न सकिन्छ भन्ने चिन्तामा छन् विद्यालय व्यवस्थापन र प्रधानाध्यापकहरु दोषजती विद्यार्थीलाई थोपरेर ।

वीरेन्द्रनगरको मुटुमा रहेका सरकारको थुप्रै लगानी भएका विद्यालयहरु समेत यस निल हुनेको सुचिमा लामबद्ध छन् । य बाबा अरु त ठिक छ आफ्नै जागिर त जोगाउने मेसो गर्नुपर्ने हैन र भन्या ? बराहताल गाँउपालिका–८, दमारस्थित जनजागृत माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकाराम सुवेदीले भन्नुभएछ अभिभावक र विद्यार्थीको गल्तिको कारण विद्यालय निल भएको हो । एसइई लक्षित गरी निःशुल्क कक्षा चलाएका थियौं विद्यार्थी आएनन । त्यसैले निल भो ? त्यहि सरकारी तलवका अतिरिक्त कक्षा चलाउनुभाथ्यो कि ? सहयोग पचाएर निःशुल्क कक्षा चलाउन सक्नुभएन ? एक अर्कालाई दोषारोपण गर्नु समस्याको समाधान हो त ?

त्यही कोर्ष पढाएका अन्य विद्यालयले उत्कृष्ट नतिजा ल्याउदा भलै उनीहरु बराबर गर्न नसकिएला तर ५६, ४९, ४० जना विद्यार्थी भएका विद्यालयका सबै विद्यार्थी क्षमता विहीन नै थिए त ? छ यसको उत्तर ? सरकारले बर्षेनी विद्यालय शिक्षाको लागि भनेर ठूलो धनराशी छुट्याएको छ । तर नतिजाको हालत यस्तो छ । विद्यालयमा बाार्षिक कार्यपात्रो बनेको छ ? विषयगत बार्षिक पात्रो बनेको छ ? लेसन प्लान बनेको छ ? बनेको छ भने सोही अनुसार शिक्षण भएको छ ? शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिको काम के हो ? करार शिक्षक नियुक्ति दिँदा चलखेल गर्ने ? स्वच्छ रुपमा गराउन खोजे शाखा प्रमुखहरुको जागिर खाईदिउँ भनेर पावर सो गर्ने ?

शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति खुला रुपमा छनौंट गर्नुभाथ्यो कि पार्टीको टिका लगाएर ? जवाफ कसले दिने ? यत्रो संयन्त्र हुँदा हुँदै विद्यार्थी र अभिभावकमाथी दोष थुपारेर पानी माथिको ओभानु बन्न मिल्छ ? वीरेन्द्रनगर नगरपालिकाहरुले यो विषयमा सोच्ने कि नसोच्ने ? १५ मिनेट दुरीमा शिक्षक नामक जागिर खाने थलो बनाएको छ नतिजा शुन्य छ । राज्यको करोडौं लगानीलाई बालुवामा पानी सरह बनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको सुगमस्थानको नतिजाको हरिगति यस्तो छ अन्तको हालत के होला ?

अझै ढिला गर्ने समय छैन ढिला भैसक्यो । अब यि विद्यालयहरुलाई नजिकैका अन्य विद्यालयसंग मर्ज गर्नुपर्छ । राज्यको करोडौं लगानी लगाएर आफ्नो राजनिति गर्ने र आफ्ना कार्यकर्ता भर्ति गर्ने थलो बनाउनु हुँदैन विद्यालय जस्तो पवित्र स्थानलाई । जहाँ देशका कर्णधार निर्माण गर्ने पवित्र मन्दिर हो त्यो तर राजनिति गर्ने र जागीर खाने थलो बनाएकै हुनाले नतिजा यस्तो आएको हो ।

वीरेन्द्रनगर भित्र निल भएका विद्यालयका त १० मिनेटको दुरीमा २/३ वटा अन्य विद्यालय छन् । आवश्यकता कि रहर ? राज्यको सार्वजनिक शिक्षा सुधारको नाममा भएको ठूलो धनराशी बालुवामा पानी सरह नै भएको यो नतिजाले पुष्टि गर्छ । समग्र शिक्षा नितिको समेत खिल्ली उडेको आम नागरिकलाई समेत महसुस भएको छ । बरु आवासिय रुपमा पढाउँ अर्को विद्यालयमा १० जना शिक्षक पाल्ने पैसाले विद्यालय बस सेवा सञ्चालन गर तर यो रमिता कृपया नदेखाउ ।

सम्बन्धित समाचार :-

खस्कदो शैक्षिक गुणस्तर

एसइईमा सुर्खेतका चार निजि, १७ सामुदायिक विद्यालय निल

तपाईको प्रतिक्रिया