कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ स्थानीय तहमा अल्लोको कपडा बनाउने कामको सुरुवात गरिएको छ । स्थानीय स्रो,त साधन र जनशक्तिको प्रयोगमार्फत कर्णालीको बिकासमा उनीहरु आ–आफ्नो स्थानबाट जुटेका छन् ।
आप्mनै ठाउँमा भएका यि र यस्ता सम्भावनाहरुको खोजी गरेर हामी आफै अग्रसर हुने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका, दैलेखका गुराँस, महावु, नौमुले, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकामा यो अभियानमा स्थानीयहरु जुटेका छन् । स्थानीयरुपमा प्रसस्त पाउने अल्लो अहिलेसम्म खेर गैरहेको थियो ।
कर्णालीको दैलेख, जाजरकोट नेपालकै धेरै अल्लो उत्पादन हुने जिल्लासमेत हुन । तर यसको उपभोग नहुँदा बर्षेनी करोडौं रुपैयाँ बराबरको कच्चा पदार्थ कुहिएर खेर गैरहेको थियो । अहिलेको सबैको मुख मुखमा झुण्डीएको कुरा भनेको देशमा रोजगारी छैन । युवा सबै बेरोजगार भए । नेपालमा गरिखाने वातावरण नै छैन । तर यहाँका सम्भावनाको खोजी कसैले गरेको छैन । अलिअलि गर्लान झैं देखिएका युवाहरुमा पनि धैर्यताको कमी छ । अनि सकारात्मक कार्यमा हात समाउने भन्दा खुट्टा समाउनेको सङ्ख्या धेरै भएका कारण पनि उर्जावान युवाहरु हरेस खान्छन र पासपोर्ट समातेर बिदेश जान्छन । यो पनि कतिको रहर त कतिको बाध्यता हो ।
अल्लो वा चाल्ने सिस्नो कर्णाली प्रदेशको पहाडी भू–भागका जंगलहरुका खुला स्थानमा, खोला तथा बाटोको छेउछाउका ओसिला स्थानमा पाईने गर्छ । यो बहुबर्षिय पोथ्रा जातको बुट्यान हो । अल्लोबाट बनेका कपडा लगाउँदा चिसो मौसममा न्यानो र गर्मी मौसममा सितल हुन्छ । यसको स्थानीयदेखी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत उच्च माग रहेको छ । यस्तो राम्रो बजार राष्ट्रियदेखी अन्तर्राष्ट्रियस्तरका विदेशी मुद्रा आर्जन गर्ने यस्तो राम्रो माध्यमका विषयमा स्थानीयहरु बल्ल कम्मर कसेर जुटेका छन् । यो खुशीको कुरा हो । यसलाई वडा, स्थानीय, प्रदेश र संघ सरकारले समेत स्थायित्व र समस्याका विषयमा चासो र चिन्ताका साथ सहयोग गर्नुपर्छ ।
न कि उनीहरुको व्यक्तिगत प्रयासले १० प्रतिशत सफलता पाउन सक्छन भने सरकारको सकारात्मक सहयोग रहेमा यसले कयौं गुणा सफलता पाउँछ । अहिले कर्णालीमा उत्पादित अल्लोको कपडाको विश्व बजारमा समेत उच्च माग रहेको छ । प्रशस्त मात्रामा उत्पादन भएर पनि सदुपयोग हुन नसकेर बर्षेनी खेर गैरहेको अल्लोको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारले समेत ध्यान दिनु जरुरी छ । ७ वटा स्थानीय तहका प्रत्येक स्थानीय तहमा २०० जनाले रोजगारी पाएमा उनीहरुसंग आश्रित १००० जनाको आर्थिक स्तरवृद्धि हुन्छ । प्रदेशको आय विकास र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्छ । हरेक बर्ष यति हजार र उती हजारलाई सिपयुक्त बनाएका छौं हेर्ने हो भने त कर्णालीमा दक्षता विहिन कोही देखिँदैनन । तर अबको सरकारले आवश्यकता र सम्भावनाका आधारमा आफ्ना नागरिकलाई दक्ष बनाएर सहि ठाँउमा प्रयोग गर्नुपर्छ ।
यसरी बर्षँैंदेखी कर्णालीमा प्रशस्त उत्पादन भएर पनि खेर गैरहेको अल्लोबाट धागो र कपडा बनाउने जुन थालनी गरेको छ त्यो असाध्यै स्रहानीय छ । यसको सुरुवात त खुशीपूर्ण हुने नै भयो त्यसमा पनि निरन्तरता अर्को ठूलो कुरा रहन्छ । त्यसैले कर्णालीकै लागी गौरवको यो कुरामा सबैले आ–आफ्नो तर्फबाट र विषेशतः सरकारले ध्यान दिन जरुरी छ । पाँच जना परिवार भएको एक घरको एक जना बैदेशिक रोजगारीमा जाँदा खाडीको ५० डिग्रीमा काम गरेर ३०÷४० हजार कमाउला तर त्यो ५ जनाले यहीं आफ्नै घरको मानो खाएर आफ्नै ठाउँमा यसरी अवसरको सदुपयोग गरेमा जिवन उसै सुधार हुन्छ ।
न कोही विदेश जानुपर्छ न त युवा पुस्ता कुलतमा फस्लान कि ? गलत बाटो हिड्लान कि भन्ने नै तनाव हुन्छ ? जब मानिस खाली हुन्छ तब यि सबै समस्याहरु आउने हुन तर जब मान्छे एउटा काममा खटिन्छ उसलाई कामकै लागि समय ठिक्क हुन्छ र उसले बिग्रने समय नै पाउँदैन । त्यसैले कर्णालीका रहेका यस्ता अवसरहरु खोजेर सरकारले हरेक कर्णालीबासीलाई यहिं काम गर्ने वातावरणको निर्माण गर्नुपर्छ ।
युग संवाददाता । सुर्खेत । १५ श्रावण २०८१, मंगलवार १०:२८