समाज सेवाबाट राजनीतिमा उदाएका राजीव शाहको मन्त्रीसम्मको यात्रा

‘राजनीति पेशा होइन्, सेवा हो, म जनताको सेवाका लागि राजनीतिमा आएको हुँ’ नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह जनतासँग बारम्वार यी शब्द दोहोर्याउँछन् । हो, शाहले भनेजस्तै राजनीति सेवा हो । शाह जे बोल्छन्, त्यो गरेर देखाउँछन् ।

सेवाकै कारण राजनीतिमा आएको छोटो समयमै उनले गरेका मानवीय, विकास निर्माण र अन्य सामाजिक कामले उनको भनाई र गराईमा समानता छ भन्ने देखाउँछ । चाहे त्यो दुर्घटनामा होस्, चाहे झाडापालाको महामारीबाट जनतालाई बचाउँन आफ्नै खर्चमा हेलिकोप्टर ल्याउँदा नै किन नहोस् । स्वास्थ्य पहुँच पुर्याउन अस्पताल निर्माणदेखि शिक्षामा पुर्याएको योगदानलगायतका कारणले उनलाई साँच्चै यो पदसम्म ल्याई पुर्याएको छ ।

उनले गरेको सेवाले गर्दा नै राजनीतिमा आएको एक दशकमै राजीवलाई जनताले पहिलो पटक २०७० सालमा संविधान सभा सदस्यमा जिताएका थिए । वामगठवन्धनका कारण २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा झिनो मतले पराजीत भएका उनी फेरी २०७९ सालमा भारी मतान्तरले प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

इतिहास रच्न सफल

नेपाली काँग्रेसको चौधौ महाधिवेनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य भएका उनी जाजरकोटबाट पहिलो काँग्रेसको केन्द्रीय सदस्य भएर इतिहास रच्न सफल भएका छन् । झाडापखालाले धेरैको ज्यान लिदा जाजरकोटबासीको उद्दार र उपचार दिएको योगदानलाई जाजरकोटबासीले सधैँ सम्झिरहेने गर्छन । सानोतिनो स्वास्थ्य समस्याले गर्दा अकालमै कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले जाजरकोटको दुर्गम गाउँ वडावनमा उनले एउटा अस्पताल निर्माण थालेका छन् ।

राजनीतिमा कहिल्यै फाइदा नहेरेका राजीवको प्राथमिकता सधैं जनताको सेवा नै रहेको छ । अस्पताल निर्माण, भौतिक र मानविय विकासप्रति उनको चासो र चिन्ता त्यसैको एक पाटो हो । सेवा गर्छु भनेर राजनीतिमा आइसकेपछि नाफा हेर्नुहुन्न, उनी भन्छन्, पदमा हुँदा होस् या नहुँदा जनताका लागि थुप्रै काम गरेको छु र गरिरहने छु । राजनीतिमा प्रवेस गरेको छोटो समयमै शाहले धेरै स्मरणयोग्य काम गरेको जाजरकोटबासी बताउँछन् ।

आफ्नै खर्चमा हेलिकोप्टरमार्फत डाक्टर र औषधी गाउँमा पुर्याए

झाडापखाला नियन्त्रण गर्न उनले झाडापखाला प्रभावित क्षेत्रमा आफ्नै खर्चमा हेलिकोप्टरमार्फत डाक्टर र औषधी गाउँमा पुर्याए जनताको ज्यान बचाएका थिए । दशेरा आरनमा काम गर्दै गर्दा बम विस्फोटनमा परी घाइते भएका ५ जनालाई तत्कालै हेलिकोप्टर उद्धार गरी काठमाडौ पुर्याएर उनीहरुको ज्यान बचाएका पनि थिए ।

२०७१ मंसिर ४ गते भएको बस दुर्घटनाको वेला तत्काल हेलिकोप्टरबाट दक्षता प्राप्त गोताखोर ल्याई खोज तथा उद्धार कार्यमा प्रभाबकारिता ल्याउन सहयोग गरेका उनले समस्यामा परेका नागरिकलाई सधैँ सहयोग र साथ दिदै आएका छन् । २०७१ चैत महिनादेखि २०७२ बैसाखसम्म जाजरकोटमा फैलिएको स्वाईनफ्लु प्रकोपका समयमा प्रधानमन्त्रीलाई भेटेर रोग नियन्त्रणमा ल्याउनको लागि प्रभावकारी भुमिका पनि निर्वाह गरे ।

२०४३ सालमा स्थापना भएको जाजरकोटको खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणको लागि पनि शाहले विशेष सहयोग गरेका थिए । राजीवकै पहलमा भारतीय राजदूताबासले क्याम्पसको भवन निर्माणको लागि ५ करोड रुपैया सहयोग गरेको थियो । अहिले क्याम्पसको प्रशासनिक र शैक्षिक गरी दुई वटा भवन निर्माण भैइरहेका छन । २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएपछि उनले सांसदको हैसियतमा प्राप्त सबै सुबिधा बापतको रकम जेहेन्दार बालबालिकाको शैक्षिक बिकासका लागि खर्च गरेका थिए ।

मन्त्री शाहसँग कर्णालीबासीका अपेक्षा

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शाहले कर्णाली प्रदेशको आर्थिक विकासको आधार तयार गर्ने, प्रदेशको विकास र समृद्धिको लागि स्वदेशी र विदेशी लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्ने र भित्याउन पहल गर्ने, आफुहरुको आयस्तर बृद्धिमा टेवा पुर्याउने खालका विशेष योजना र कार्यक्रम ल्याउन अपेक्षा कर्णालीबासीले गरेका छन् ।

सबैको अपनत्व कामय हुने गरी काम गर्ने
आफ्नो जिम्मेवारी समाल्दै मन्त्री शाहले कर्णालीबासीको वृहत्तर हित र भलाईको लागि आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म काम गर्ने बताए ।  उनले कर्णालीको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्ने, सवैको विचार र आइडियालाई आत्मसाथ गर्ने तथा सबैको अपनत्व कामय हुने गरी कर्णालीको विकास र समृद्धिको मार्गलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भ्रष्टाचारमा शुन्य सहनशितला अनपाउने बताउदै उनले भ्रष्टाचार हुन नदिन सक्दो प्रयास गर्ने उल्लेख गरे । जाजरकोटी राजाका सन्तान समेत रहेका मन्त्री शाह नेपालका पहिलो जेटविमान चालक स्वर्गिय बवि विक्रम शाहका एक मात्र छोरा हुन ।  फोटो  : दिपेन्द्र शर्मा

तपाईको प्रतिक्रिया