सिलाईकटाईबाट स्वरोजगार बन्दै : पातारासीका महिला


जुम्लाको पातारासी–५ की सरिता बुढा सिलाई कटाई गरिरहेकी छिन् । उनले सिलाई कटाई सँगै आफ्नो व्यावसायिक रुपले अगाडि बढाइ रहेको बताउँछिन् । विभिन्न प्रकारका कपडाका सामानहरुको पसल व्यवसाय शुरु गरिरहेकी सरिताले सिलाई कटाई तालिम लिएपछि आएका ग्राहकका कपडा समेत सिलाउन सक्षम छिन् ।

उनले पछिल्लो समयमा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएर अहिले विधुतीय मेशिनबाट सिलाई कटाई व्यवसाय थालेकी हुन् । सरिताले मासिक १५ हजार सिलाईकटाईबाट आम्दानी हुन थालेको बताउँछिन् । पहिला आधारभुत तालिम दिएका ग्रामिण महिलाहरुलाई पुर्नताजगि तालिम दिएपछि पछि पातारासी गाउँपालिकाको लासी बजारमा उनी जस्तै एक दर्जन महिलाहरुले व्यवसाय सुरु गरेका छन् ।

गाउँपालिकाको केन्द्र भएको लासी बजारमा सोही गाउँपालिकाका पसल गरिहेका गुठिचौर –२ का तारादेवी ऐडि ३ बर्ष देखी सामान्य सिलाईकटाई व्यवसाय गर्दै आएका थिए । अहिले उनले १५ दिने पुर्नताजगि तालिम लिएपछि व्यवसाय राम्रो हुन थालेको बताइन् । ऐडिले वैकल्पिक उर्जाले सो तालिम दिएपछि सीप थप बढेको बताउदै विजुलीबाट बल्ने विधुतबाट संचालन हुने सिलाईकटाई मेशिन निशुल्क प्राप्त भएको छ ।

यो मेशिनले छिटो काम गर्न र सजिलो भइरहेको छ । पातारासी गाउँपालिकाको केन्द्र लासी बजारमा अहिले उनिहरु आधारभुत कपडाहरु सिलाउदै तथा आफ्नो व्यवसाय बढाउन थालेका छन् । नर्वे सरकार र संयुक्त राष्ट्र विकास संघको आर्थिक तथा प्राविधि सहयकोगमा सञ्चालित वैकल्पिक उर्जा प्रर्वधन केन्द्र कृषि खाद्य कार्यक्रमका लागि नविकरणीय उर्जा कार्यक्रम अन्तर्गत १४ जना महिलाहरुलाई सुर्खेतमा १५ दिने सिलाई कटाई शिप विकास तालिम सहित विजुलीबाट संचालन हुने आधुनिक जुकि मेशिन वितरण गरिएको फिल्ड संयोजक पृथ्वीबहादुर शाहीले बताए ।

सो तालिम र मेशिन उपलब्ध गराएपछि उनिहरु आफ्नो व्यवसाय झन बढाउदै गरेका छन् । उनका अनुसार प्रति व्यक्ति ४८ हजार मुल्यको विधुतबाट सञ्चालन हुने मेशिन उपलब्ध गराईएको हो।तारादेवी ऐडिका श्रीमानले समेत सिलाईकटाई व्यवसायमा सघाइरहेका छन् । श्रीमान् गोरबहादुर ऐडिले ४ बर्ष देखी आफुले व्यवसाय गरिरहेको समयमा अहिले वैकल्पिक उर्जाले श्रीमति तारालाई पुर्नताजगि तालिम दिई विधुतीय मेशिन उपलब्ध गराएकाले व्यवसाय झन चम्किएको छ ।

तारादेवीले मासिक ३५ हजार आम्दानी सिलाईकटाईबाट हुने गरेको बताउदै अहिले विद्यालयका पोषाक, भोटो, सुरुवाल, बुलाउज, सट पईन्ट, कुर्ता सुरुवात यतै सिलाउन थालेका छौ । ग्राहकहरु बढि आउने भएकाले विधुती मेशिनले धेरै छिटो हुने गरेको छ । पातारासीका मानिसहरु सामान्य कपडाहरु सिलाउन एक दिन लगाएर जुम्ला बजार आउने गरेका थिए ।
अव हामीले यहाँ सेवा दिन थालेपछि सजिलो र सस्तो भइरहेको छ । १४ जना पुर्नताजगी तालिम लिएका महिलाहरु आफ्नो पसल खोलेर व्यवसाय गरिरहेका छन् । पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट ९ सय ९८ किलोवाटको परिक्षण प्रसारण सफल भएकाले सो विधुतको दिर्घकालिन प्रयोग गरि काम गर्ने उद्देश्यले लासीबजारका महिलाहरुलाई व्यवसायी बनाउने उद्देश्य रहेको वैकल्पिक उर्जा फिल्ड संयोजक शाही बताउँछन् ।

अहिले बजारमा डिल्लाीचौर विधुत सहकारी संस्था तथा साना जलविधुत आयोजनाबाट ५८ किलोवाट विधुत संचालन भईरहेकोमा अव चुकेनीको विधुत जोड्ने तयारी भईरहेको छ । ९ सय ९८ किलोवाट चुकेनी विधुतले बत्तिको चरम अभाव भोगिरहेको जुम्ला सदरमुकाम अहिले उज्यालिएको छ ।

तपाईको प्रतिक्रिया