जनहितकारीको बार्षिक समीक्षा गाेष्ठी

जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आ.व. २०८०/०८१ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आथित्यतामा जनहितकारी साकोसको सभाहलमा सम्पन्न भएको थियोे ।

संस्थाका सचिव यामराज गिरीद्धारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक समिति, लेखा समितिका पदाधिकारी एवं सदस्यहरु लगायत उपसमितिका संयोजक एवं सदस्यहरु, संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथिद्धारा ब्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष राधा कार्कीले राखेका थिए । त्यसैगरी संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगीले संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

लेखा तथा प्रशासन विभाग प्रमुख बसन्त बहादुर बुढाले बार्षिक बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी हरिहरनाथ योगीले यस परिस्थितिको प्रतिकुलतालाई चिर्दै भएपनि संस्थाले वित्तिय लक्ष्यको नजिक पुगेकोमा धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।

समापन मन्तव्य राख्र्दै कार्यक्रमका सभापती तथा सञ्चालक समितिका अध्यक्ष नवराज कंडेलले आर्थिक बर्ष २०८०/०८१ को सफलतापूर्वक सम्पन्न गर्न आफनो तर्फबाट खट्नु हुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै आगामी आ.व. मा पनि विगतका अनुभवहरुबाट पाठ सिक्दै अगाडी बढ्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया