कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्वीर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रुपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । मन्त्रिपरिषद्ले उनीहरुको परिवारका १/१ जनालाई रोजगार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।
प्रदेशले आफ्नो नवौं स्थापना दिवसको अवसरमा उक्त निर्णय गरेको हो । प्रदेशले मंगलबार दिवस मनाइएको छ । प्रदेश राजधानीस्थित कभर्ड हल एक कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
युग संवाददाता । सुर्खेत । ४ भाद्र २०८१, मंगलवार १५:००