अध्यक्ष सितल कवंरको अध्यक्षतामा अखिल क्रान्तिकारी नगर स्तरीय ३३ सदस्य कमिटी गठन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा आयोजित कार्यक्रममा अध्यक्षमा कंवर, उपाध्यक्षमा धनविर कंवर, चन्द्रा वसढाथोकि, डिल्लीराज वुढाथोकि, सचिवमा नारायण रावत, स–सचिवमा पुष्पा वुढाथोकि, शितलि यरि, सन्तोष नेपाली र कोषाध्यक्षमा टिका खत्री चयन गरिएको अखिल क्रान्तिकारिले जनाएको छ ।
कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख तथा नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कर्ण वहादुर वुढाथोकि, विद्यार्थी नेता केन्द्रीय सदस्य राजेन्द्र भण्डारी, अटल आचार्य, माओवादि केन्द्रका प्रदेश सचिवालय सदस्य कृति वहादुर राना, धनवहादुर पुनमगर, नगर कमिटी अध्यक्ष दुर्गा वुढाथोकि, अखिलका जिल्ला अध्यक्ष रमेश वुढाथोकि, जाजरकोट जिल्लाका पुर्व अध्यक्ष धुर्वराज आचार्य, सुर्खेत अध्यक्ष टिकाराम विश्वकर्मा लगाएतले कार्यक्रममा स्वागत मन्तव्य गरेको थिए । अजय विष्टको सभा अध्यक्षतामा भएको नगर अधिवेशनको सञ्चालन नगर इन्चार्ज मनोज वुढाले गरेको जनाइएको छ ।
दुर्गा विसी । सल्यान । ५ भाद्र २०८१, बुधबार ११:०४